आगामी ५ महिनामा करिब २ लाख संक्रमित थपिने…..

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् । स्वास्थ्य मन्त्रालयको प्रक्षेपण अनुसार मसिंरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना छ । ३८ हजार ...

३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल…..

काठमाडौँ, रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्र्याकबेड बनाउने ठेक्कामा चलखेल गरेका छन्। रेल विभागले पूर्व पश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा–काँकडभिट्टा (एक सय ५ किमि) खण्डको रेल्वे ट्र्याकबेड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। महानिर्देशक मिश्र र ‘क’ वर्गका केही ठेकेदारबीचको मिलेमतोमा सीमित व्यवसायीले ...

ओलीले भत्काएको प्रणालीलाई ‘लिक’मा ल्याइने…..

काठमाडौँ — पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भत्काएका प्रणालीलाई ‘लिक’मा ल्याउने मुख्य उद्देश्यसहित सरकारको न्यूनतम कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिताको प्रस्ताव तयार भएको छ । सत्ता गठबन्धनले बनाएको कार्यदलले बुधबार आचारसंहिता, सरकार सञ्चालन कार्याविधि र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुलाई का...

मेरा कारणले विद्युत प्राधिकरण बद‍्नाम नहोस्…..

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले बुधबार केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राखे । कार्यकारी निर्देशक शाक्यले सरकारले उचित जिम्मेवारी दिए सहयोग गर्ने बताए । सीमित पत्रकारसँग अनौपचारिक भेटघाट कार्यक्रमको आयोजना गरेका शाक्यले सरकारले जुन जिम्मेवारी दि...

भारतले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ : माओवादी केन्द्र

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सा...

इन्दिरा चेम्जोङको ‘एकलौटी बजार’ सार्वजनिक

एकलौटी वजार झै केवल तिम्रै माया कै मूल्य वढ्दै थियो । त्यो वजारको भिडसंगै मेरो माया हे वरिलै वेवारिसे भो ...... नेपाली साँगितिक आकासको दुनियाँमा गीतको कोसेली लिएर कहिले काही उदाउँछिन् इन्दिरा चेम्जोङ । सरल भाषा तर मर्मस्पर्षी अनि मन मुटु छुने शैली उनको परिचय हो । गाउँले परिवेशमा हुर्केकी इन्दिरा शहरिया वातावरणमा आइपुग्दा प्रतिविम्वित हुने माया पिरतीका यथार्थतालाई गीतमार्फत व्यक्त गर्न चाहे...

प्रधानमन्त्रीको आवास नै भाडामा लगाइँदै…..

काठमाडौं, पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य इभेन्टका लागि मानिसहरुले भाडामा लिन सक्नेछन् । सन् २०१९ को अगस्तमा सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) को सरकार बन...

पारस खड्काको निर्णय अप्रत्यासित…..

काठमाडौं, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन् । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका ल...

देउवालाई मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगर्न सुझाब…..

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगर्न सुझाएको छ । पौडेल पक्षको मंगलबार बसेको बैठकले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा सार्वजनिक आलोचना बढ्नुका साथै सरकारको प्रभावकारिता नदेखिएको निष्कर्ष निकालेको छ । नेता रामशरण महतले पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई समेत ध्यान दिएर तत्काल मन्त्रिपरिष...

कोरोनाका बिरामीले भरिन थाले उपत्यकाका अस्पताल…..

काठमाडौँ — काठमाडौं उपत्यकाका अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दै गएको छ । सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको चाप केही सातायता बढ्दै गएको हो । कोरोना बाहेकका बिरामीको संख्या पनि वृद्धि भएको छ । निषेधाज्ञा खुकुलो हुनु, जनस्वास्थ्यका मापदण्डको पालना नहुनुले पनि संक्रमण बढ्दै गएको विज्ञहरु बताउँछन् । सिभिल अस्पतालका आईसियू इन्चार्ज डा. विदेश विष्टका अनुसार हाल अस्पतालमा खोप लगाउने अनि प्रमाणीकरण...

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन…..

काठमाडौं ,प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर लगे...

कोभिशिल्ड नआउँदा थोरै संख्याका नागरिकले दोश्रो डोज पुरा गर्न पाएनन्…..

पोखरा, हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् । कोभिशिल्ड खोप अभावमा थोरै संख्याका नागरिकले मात्र खोपको मात्रा पुरा गर्न नपाएको स्वास्थ्य कार्यालयको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यका अनु...