विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारलाई आदेश………

चैत ८, २०७४   काठमाडौं–विदेशमा रोजगारी वा अध्ययनका लागि गएका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चका तर्फबाट अधिवक्ता प्रेमचन्द्र राईले २०७४ साल वैशाख १४ गते दायर गरेका रीटमाथि बुधबार सर्वोच्चले यस्तो आदेश दिएको हो । विदेशमा बसेर देशमा अर्बौँ रेमिट्यान्स पठाउने तर उनीहरुलाई आफ्नो नेतृत्व छान्ने...

सरकारी सुविधा दुरुपयोग गर्नेमाथि कारबाही सुरू……….

०९ चैत २०७४,  काठमाडौं – गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढाएको हो। कानुनविपरीत बहालवाला तथा सेवा निवृत्त पदाधिकारीले सेवासुविधा प्रयोग गर्दा राज्य...

ओली र मोदीबीच चैत २४ गते भेटवार्ता हुने………

चैत ९, २०७४   काठमाडौं - प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, ...

एसपी साप’ नै चोरीको गाडीमा ……….

चैत ८, २०७४  काठमाडौं– ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ ? समाजमा शान्ति–शुरक्षा र अमन–चयन गराउने कसम खाएर राज्यको बर्दीमा सजिएका प्रहरीका एक एसपी नै चोरीको गाडीमा हिँड्ने गरेको तथ्य फेला परेको छ । महानगरीय अपराध महाशाखाले २०७३ पुस पहिलो साता तीनओटा गाडी नियन्त्रणमा लिएको थियो । भारतबाट चोरेर नेपालमा नक्कली ब्लूबुक र नक्कली नम्बर प्लेट बनाएर प्रयोगमा ल्याइएको गाडीहरु फरक–फरक ब्यक्तिहरुबाट बरामद...

आजवाट एसइइ परीक्षा……..

०८ चैत २०७४,  काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज (बिहीबार)देखि सुरु हुँदै छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परिक्षाको सबै तयारी पुरा भएको र बिहान ८ बजेदेखि परिक्षा सञ्चालन हुने जनाएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार देशभरबाट परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्...

सरकारलाई ‘निल्नु कि ओकल्नु’……..

०८ चैत २०७४,   काठमाडौं – निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो। ५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघ...

विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया……..

चैत ७, २०७४   काठमाडौँ । सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ । सोफियालाई कम्पनीले खासमा बृद्धवृद्धाहरुको हेरचाह गर्न र भीडभाडयुक्त कार्यक्रममा सहभागीहरुलाई सघाउने हिसाबले...

अवाञ्छित झमेलामा फस्ने खतरा………

चैत ७, २०७४  काठमाडौं -  भारी बहुमत प्राप्त सरकारलाई दुईतिहाइ बहुमतको सरकारमा रुपान्तरित गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली अवाञ्छित झमेलामा फस्ने खतराका संकेतहरु देखिन थालेका छन् । प्रचण्डको चरित्र विश्वासयोग्य नरहेको हुँदा ओलीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा समावेश गर्न चाहेको बुझिन्थ्यो र, यतिसम्मलाई अीस्वभाविक मानिएको पनि थिएन । सरकारमा मधेसकेन्द्रित समूहको समेत ...

अबोध बालकको हत्या सगै राजनीतिक ?

०६ चैत २०७४, धनगढी – रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्। आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाइ छ। ‘अपराधीलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्यको महसुस हुन्छ,’ टीकापुर घटनामा मारिए...

प्राइभेट’ नम्बर परिवर्तन गर्न निर्देशन………

०५ चैत २०७४,  काठमाडौ- गृह मन्त्रालयले अस्थायी रुपमा रातो नम्बर प्लेट बनाएका सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गर्न निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापाको मन्त्रिस्तरीय निर्णयबाट सरकारी सवारी साधनको रातो नम्बर प्लेट हटाउन निर्देशन दिएका हुन्। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै रातो नम्बर प्लेट भएका सवारी साधनलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएका...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३६ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१८ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३६ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ५ जना ब्लाक बेल्ट सेकेण्ड डान, ११ जना ब्लाक बेल्ट फष्ट डान सहित २६१ जना कलर बेल्टका खेलाडीहरु सहभागी । सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण...

पूर्वप्रधानन्यायाधीश पराजुलीविरूद्ध प्रहरीमा उजुरी………

५ चैत २०७४ काठमाडौं,   पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।गुल्मीका मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएका हुन्। पराजुलीले नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएको, शैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको...