कोभिशिल्ड नआउँदा थोरै संख्याका नागरिकले दोश्रो डोज पुरा गर्न पाएनन्…..

पोखरा, हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् । कोभिशिल्ड खोप अभावमा थोरै संख्याका नागरिकले मात्र खोपको मात्रा पुरा गर्न नपाएको स्वास्थ्य कार्यालयको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यका अनु...

तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता,केसीलाई मुख्यमन्त्री प्रस्ताव…..

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर...

छानबिनका लागि संसदीय समिति गठन गरियोस्…..

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमालेले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन 'काटिदिँदा' जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन एमालेले मंगलबार संसद्‍मा माग गरेको हो । सांसद ठगुन्नाले दार्चुला खलङ्गा-तिंकर-कालापानी सडकलाई राष्ट्रिय गौरव आयोजनामा राख्न माग गरेका छन् । उनले त्यो सडक खन्ने जिम्मेवारी नेप...

मेलम्चीले फेरि ७ वटा घर बगायो…..

सिन्धुपाल्चोक, मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम...

डेढ करोड डोज खोप किन्ने सम्झौता…..

काठमाडौँ — सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०/४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् । खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकबीच १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृतिको चरणमा रहेको उनले बताए । चैतसम्म सबै नेपालीले खोप लगाइसक्ने उनको दाबी छ । १२ देखि १८ ...

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक…..

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको छलफलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको भागबण्डा र मन्त्रिपपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेका थिए । बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का...

चीनमा कोरोना भाइरस संक्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो……

चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ। कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ। चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ। ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ। चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ। त्यसै...

सेना प्रमुखले आफैलाई प्रधानमन्त्री घोषित गरे…..

काठमाडौँ — ‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् । यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो । सेना प्रमुख ह्लाइङले म्यानमारमा २ वर्ष संकटकाल थप्ने संकेत पनि गरेका छन् । सन् २०२...

मुस्ताङमा खोप तारेर जेनेभासम्म चर्चा पाए…..

काठमाडौँ — हिमालपारिको जिल्ला मुस्ताङको कोबाङस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक काम गर्दै आएका २३ वर्षे लालबहादुर रोक्का रातारात ‘भाइरल’ बने । त्यो पनि जेनेभासम्म । यसको कारण एउटै थियो– लेते र कोबाङबीचको छाप्ताङ खोला बाढीले उर्लिएपछि रोक्काले कोभिड खोपका बट्टा तार्न अपनाएको उपाय । मुस्ताङको छाप्ताङ खोलामा फलामे डन्डीको सहायताले कोरोनाविरुद्धको खोप तार्दै लालबहादुर रोक्का र उनका साथी गगन विक । ...

बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशि…..

काठमाडौँ, सहिद स्मारक ए डिभिजन लिगको पुरस्कार राशि बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो।यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख ...

दार्चुला घटना छानबिन गर्न समिति गठन…..

काठमाडौँ — सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक...

पार्टीलाई एकतावद्ध बनाउने एमाले स्थायी समितिको निर्णय…..

काठमाडौँ, नेकपा एमालेमा देखिएको विवाद समाधान गर्नका लागि पार्टीले थप प्रयास गर्ने भएको छ। पार्टीलाइ एक बनाएर्र लैजानका लागि सबै प्रयासहरु गर्ने निर्णय सहित पार्टीको स्थायी समिति बैठक सकिएको नेकपा एमालेले जनाएको छ। आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले एमालेलाई एकतावद्ध बनाएर लैजानका लागि थप छलफल गर्ने निर्णय भएको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए।...