लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन…..

लण्डन — गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै बुधबार दिउँसो एक बजेदेखि लण्डनमा रिले अनसन गर्ने भएको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गर्न लागेको हो । सुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनशन र त्यसपछि भोक हड्ताल गरिने समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । ...

चीनमा भीषण बाढी : १२ को मृत्यु, हजारौं विस्थापित…..

काठमाडौँ — भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई उद्धार गरी सेल्टरमा राखिएको छ । बाढीका कारण दर्जनौं सहर प्रभावित भएका छन् । बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । झन्डै १० करोड जनसंख्या रहेको...

एकताका लागि अध्यक्षबाट ओलीको राजीनामा……

काठमाडौँ — विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावलाई अस्वीकार गरेको एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री दे...

नेता नेपालसँग दाहाल र यादवको भेटवार्ता…..

काठमाडौँ — प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्‌मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहर...

१० अर्ब घाटा र ४७ अर्ब ऋण बोकेर उड्दै राष्ट्रिय ध्वजावाहक…..

काठमाडौँ — आर्थिक रूपमा जर्जर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनरुत्थान कसरी गर्ने ? संस्थानकै रूपमा सुधार गरेर अथवा कम्पनीका रूपमा पुनःसंरचना गरेर ? व्यवस्थापन र कर्मचारीबीच मतभेदले अहिले निगम झन् ठूलो समस्यामा छ । निजीकरण गरेर निगम मास्न खोजेको भन्दै आन्दोलित कर्मचारीको अवरोधले महाप्रबन्धक १० दिनदेखि कार्यालयसमेत जान सकेका छैनन् । १० अर्ब सञ्चित घाटामा गएको निगम ४७ अर्ब ऋण बोकेर उडिरह...

प्रतिनिधि सभाका १६५ सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत…..

काठमाडौँ - प्रतिनिधि सभाका १६५ सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । संविधानको धारा २०७६ (५) अन्तर्गत देउवाले विश्वासको मत प्राप्त गरेपछि अब उनीमाथि अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन भन्ने आम चासो छ । देउवाले आज विश्वासको मत पाइसकेपछि उनीमाथि कम्तीमा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन । अब संसदको कार्यकाल डेढ वर्षमात्र बाँकी रहेकाले संसद पूर्ण कार्यक...

काठमाडौंमा फेरि बढ्यो कोरोना संक्रमण दर……

पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को संक्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म संक्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई संक्रमण देखिने गरेको थियो । निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा संक्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । संक्र...

प्रदेश सरकारसँग बाहिनीले समन्वय गर्ने…..

काठमाडौँ — नेपाली सेना शुक्रबारदेखि सांगठनिक पुनःसंरचनामा गएको छ । मुलुकभर आठ पृतना (सात प्रदेशमा सात र उपत्यकामा एक) रहेकामा सैनिक संगठनलाई ‘थ्री प्लस वान’ (तीन जोड एक) संरचनामा रूपान्तरण गरिएको हो । आठ पृतनालाई समायोजन गरेर अहिले चार कमान्ड हेडक्वार्टर कायम गरिएको छ । रणनीतिक तथा बाह्य र आन्तरिक सुरक्षाका हिसाबमा कोसी नदीलाई आधार मानेर पूर्वी कमान्ड, गण्डकी नदीलाई आधार मानेर मध्य कमान्ड र कर्णाल...

चीनले थप १६ लाख डोज कोरोना खोप दिने …..

काठमाडौँ — चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने बताएकी हुन् । राजदूत यान्छीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्रीसँग...

बानेश्वरमा एमाले संसदीय दलको बैठक…..

काठमाडौं, नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो । बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् । यसअघि आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारला...

एकै दिन २९ अर्ब ६९ करोडको भुक्तानी, ३ खर्ब हाराहारीको बजेट फ्रिज…..

काठमाडौं, चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आज एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो । यस्तो भुक्तानी आज नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ ला...

पेरिसडाँडामा मन्त्री छान्न परेको सकस…..

काठमाडौं, चिनियाँ नेता माओले एउटा प्रसङ्गमा भनेका थिए– पल्टनियाँहरू आइसक्दा पनि खाना–दाना तयार भएन भने त्यहाँ भद्रगोल हुन्छ ।’ असार २९ गते पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा झन्डै त्यस्तै भयो । असार २९ गतेकै दिन काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । उसै दिन सानो आकार मन्त्रिमण्डल गठन गर्नैपर्ने बाध्यता थियो । यसका लागि माओवादीले तत्कालै श...