महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश…..

काठमाडौँ — जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन उचित नभएको आदेश सुनाएको हो । उक्त विषयमा छलफल गर्नका लागि सर्वोच्चले साउन १५ गते विवादका दुवै पक्षलाई बोलाएको छ । निर...

संसदीय समितिमा निन्दा गर्न सांसद किराँतीको प्रस्ताव…..

काठमाण्डौ -माओवादी केन्द्रका सांसद सुदन किराँतीले यसअघिको केपी ओली नेतृत्वको सरकारको निन्दा र भत्सर्ना गर्नुपर्ने प्रस्ताव गरेका छन् । आइतबार संसद सचिवालयमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान मिचेको, दुई–दुई पटक प्रतिनिधिसभा भंग गर्ने कू कृत्य गरेको भन्दै निन्दा गर्ने प्रस्ताव पास गर्नुपर्ने उल्लेख गरे । उनले आगामी दिनमा आउने सरकारले त्यस...

सोमबारदेखि मनसुन सक्रिय हुने…..

काठमाडौँ — सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्‍ने सम्भावना रहेकोले मनसुन सक्रि...

४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो…..

काठमाण्डौ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदको दबाब आएको बताएका छन् । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गरे । उनले भने–‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने,...

युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा…..

काठमाडौँ — नेकपा (एमाले) को ओली पक्षीय युवा संघले 'युथफोर्स' काठमाडौं भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले महासचिव ईश्वर पोखरेलले युथ फोर्सका सेन्ट्रल कमान्डका सहकमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा ११ सय १ सदस्यीय भ्याली कमाण्ड घोषणा गरेका हुन् । कमिटी घोषणा कार्यक्रमअघि युवा संघले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेको थियो । एमाले विवाद जारी...

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने…..

काठमाडौँ — काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका(१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ । स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार निर्णय भएको ब...

एमसीसी पास गर्न ढिलाइले अमेरिका असन्तुष्ट…..

काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा भएको ढिलाइलाई लिएर अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘२०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट्स : नेपाल’ प्रतिवेदनमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो संकेत नभएको समेत उल्लेख छ । नेपालले ऊर्जा र सडक पूर्वाधार न...

टोकियो ओलम्पिकको तामझामका साथ उद्घाटन…..

टोकियो — विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे सुरु भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक ...

प्रधानमन्त्री देउवाले खोजे संसदमा केपी ओली…..

काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको प्रतिनिधि सभामा खोजी गरेका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिएपछि धन्यवाद व्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका हुन् । उनले यसअघि विश्वासको मत लिने दिनपनि प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका थिए । सम्बोधनको सुरुवातमै...

खोप खरिदका लागि एडीबीले नेपाललाई १९ अर्ब ८० करोड ऋण दिने…..

काठमाडौँ — एसियाली विकास बैंक(एडीबी)ले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय बिहीबार गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । जीवन रक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबा...

बोइङदेखि बाइडबडी खरिदमा भएको भ्रष्टाचारमा निगमका कर्मचारीको पनि मिलेमतो…..

काठमाडौँ — नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले बोइङदेखि र बाइडबडी खरिदमा भएको भ्रष्टाचारमा मन्त्री, मन्त्रालयमा कार्यरत कर्मचारीहरुमात्र नभइ नेपाल वायुसेवा निगमका कर्मचारीहरुको पनि मिलेमतो रहेको बताएका छन् । संघीय संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वायुसेवा हेर्ने उपसमिति संयोजक रहेका सांसद राजभण्डारीले बिहीबार नयाँ सडकस्थित वायुसेवा निगमको प्रधान कार्यालयमा भएको विरोध प्रदर्शन कार...

जुडोकी सोनिया भट्टले रुसकी इरिनाको सामना गर्ने…..

टोकियो — जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० मा कठिन प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार उनले महिला ४८ केजीमुनिको स्पर्धामा रुसी खेलाडी इरिना डोल्गोभाको सामना गर्नेछिन् । आमन्त्रित कोटामा ओलम्पिकमा अवसर पाएकी १९ वर्षीया सोनियाले इरिनाविरुद्ध शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयतामा नवौं स्थानमा रहेकी इरिनाविरुद्ध जित हात पार्न सके सो...