राष्ट्रिय सभाको उपनिर्वाचन सम्पन्न, खसेन ९ मत……

राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा भएको मतदान प्रक्रिया सकिएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको हो । मतदानमा ९ जना मतदाता अनुपस्थित रहे । प्रदेश सांसद पशुपति चौलागाईंको केही दिन अघिमात्रै कोरोनाका कारण निधन भएको थियो । प्रदेशतर्फ एक सय १० मध्ये एक सय ५ मत खसेको छ । जसमध्ये विवेकशील साझाको तीन मत र माओवादी...

प्रधानमन्त्रीद्वारा आचारसंहिता उल्लंघन……

प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् । निर्वाचन कानुनका जानकारहरुले यसरी मौन अवधिमा अपील जारी गरेर भोट माग्नु अनि मतदाताह...

प्रधानमन्त्री ओलीद्धारा निर्वाचन आचारसंहिता उल्लंघन, कारबाही गर्ने आयोगको भनाइ…..

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गरेको जनाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन गरेको अपिललाई आयोगले घुमाउरो तरिकाले आचारसंहिता विपरीतको काम भएको जनाएको हो। आयोगले आचार संहिता उलंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ। आयोगले भोलि हुने उपनिर्वाचनको सबै तयारी सकिएको र जेठ ३ गते राती १२ बजपछि निर्वाच...

नेपालमा फैलिएको कोरोना भाइरस ‘भारतीय डबल म्यूटेन्ट’……

नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा. स...

विश्व नै खोप विभेदको जोखिममा छ: डब्लुएचओ……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा विभेद भएको बताएका हुन्। पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, “मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ। तपाईंलाई थाहै छ, ...

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने– छिट्टै विश्वासको मत लिन्छु……

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने बताएका छन् । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले अल्पमतको सरकार बनाएपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीले बताउँदै आएका छन् भने ओलीले भने स्प...

काठमाडौंका सिडिओ: निषेधाज्ञाको पूर्ण पालना भएको छ……

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेक जाँचलाई पनि कडा बनाइएको बताएका हुन् । अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उनले दाबी गरे । उनले भने– ‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन ...

प्रधानमन्त्रीलाई फेरि शपथ गराउन माग गर्दै सर्वोच्चमा रिट……

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् । प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले सं...

थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्ट...

२४ घन्टामा ५ हजार ४ सय ५५ संक्रमण मुक्त……

पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ५५ प्रतिशत काेराेना संक्रमणमुक्त भएका छन्।, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै शनिबार नेपालमा ८ हजार १ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले १८ हजार ५ सय ४८ जनामा परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।सो अवधिमा १ सय ८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोभिड १९ को तथ्यांक अद्या...

डब्लूएचओ : अहिले नेपाललगायतका मुलुकलाई पनि आपत्कालीन सहयोग चाहिएको छ……

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ । शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका हुन्...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थपिए……

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो। सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ। एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन्। वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ। योसँगै नेपालमा कोरो...