नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज…..

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीस...

न्यायाधीश कुमार रेग्मीले तिर्लान् ललितानिवासको ‘ऋण’ ?…..

काठमाडौं, बालुवाटारभित्र रहेको ललितानिवास जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो । जग्गाको किनबेचमा प्रत्यक्ष संलग्न भूमाफियादेखि कानुन व्यवसायी र किनबेच गर्ने १ सय ७५ जनालाई अभियुक्त बनाइरहँदा दुई जना व्यक्तिले भने अभियोगबाट उन्मुक्ति पाए । ती दुुई जना भाग्यमानी थिए– नेकपाका महासचिव विष्णुु पौडेलका छ...

प्रतिनिधिसभा बैठक आज…..

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरुआत हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको ह...

आफ्नो पक्षमा बहुमत सांसद् रहेको नेकपा ओली समूहको दावी……

नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे । उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । उनले भोलि ...

ओलीले राजीनामा नगरे अविश्वासको प्रस्ताव दर्ता…..

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा पहिलो सर्त बनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै राजनीतिक निकासका लागि संसद बैठक अघि प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गरेको छ । यो पक्षले आइतबार बिहानसम्म प्रधानमन्त्री ओलीको राजीनामा कुर्ने र नगरेको खण्डमा बिहान १० बजे न...

मुस्कानलाई बिहानै ‘गुड न्युज’…..

काठमाडौँ — मुस्कान खातुन शुक्रबार बिहान कलंकीस्थित डेराबाट स्कुल जाने तयारी गर्दै थिइन् । त्यही बेला फोन आयो । जुन नेपालस्थित अमेरिकी दूतावासको थियो । त्यही फोनमार्फत यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्लूओसी) अवार्डबाट सम्मानित हुन लागेको खबर पाएपछि सुरुमा त उनलाई पत्यारै लागेन । बा–आमा पनि आश्चर्यमा परे । अनलाइनमा समाचार आउन थालेपछि मात्रै उनी विश्वस्त बनिन् । साढे ६ बजेतिरै म...

म्यानमारमा हिंसात्मक दमनविरुद्ध काठमाडौंमा प्रदर्शन…..

काठमाडौँ — म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए । प्रदर्शनका सहभागीहरूले म्यानमारमा नरसंहार बन्द...

चन्द समूह शान्तिपूर्ण राजनीतितिर…..

काठमाडौँ — संविधान र कानुनले वर्जित गरेका गतिविधि त्याग्न सहमत भएपछि नेत्रविक्रम चन्द समूहमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको छ । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकु...

‘तीन महिनाभित्र सबै अमेरिकीलाई खोप’……

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यसम्ममा सबै वयस्क अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप पाइसक्ने बताएका छन् । अमेरिकाले यसअघि जुलाई अन्त्यसम्म सबै वयस्क नागरिकलाई खोप उपलब्ध हुने घोषणा गरेको थियो । बाइडेनले यसअघि घोषणा गरिएको भन्दा दुई महिनाअघि नै सबैले खोप पाउने भए पनि खोप अभियानको समय बढाइने जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्ध निकै लामो रहेको भन्दै जनतालाई ‘...

उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन…..

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहर पानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहर पानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न हुने गरेको छ । ढलको निर्माण फरकफरक निकायबाट भएकाले पन...

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’……

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन् । मिनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहज रूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुन्छ कि ...

हेर्दाहेर्दै दोभान बजार खरानी…..

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी कराए, ‘आगो लाग्यो...आगो लाग्यो... । ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित दोभान बजार मंगलबार जलेर खरानी भएपछि । सदरमुकाम फुङलिङदेखि १७ किमि पश्चिमको यो बजारमा उनी कराएसँगै आसपास पसलका ५/७ जना भेल...