नेपालले एक तिहाइ हिमनदी गुमायो…..

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । नेपालको चारदिने भ्रमणमा रहेका महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख गरेका हुन् । प्रभाव विनाशकारी छ ।पानीले भरिएका ताल फुट्दैछन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सा...

बजेट निकासा गर्न रोक,विद्यार्थीको खाजा खोसियो…..

काठमाडौँ — कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका बालबालिका साउनयता खाजाबाट वञ्चित भएका छन् । अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा करिब ४ लाख ३४ हजार विद्यार्थीको दिवा खाजा खोसिएको हो । अर्थ मन्त्रालयले कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई मात्र खाजा खान पुग्ने गरी बजेट उपलब्ध गराएका कारण कक्षा ६ का विद्यार्थीलाई साउनयता खाजा खुवाउन नसकिएको शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्षकै खाजाको बजेट निका...

इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान…..

काठमाडौँ — दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो । राजदूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो । राजद...

अमेरिका जाने लोभमा लाखौं डुब्यो…..

बागलुङ — अमेरिका जान पाउने आशामा लाखौं डुबाउनेहरू जिल्लामा बढेका छन् । अमेरिका जाने लोभमा चिन्दै नचिनेको मानिसलाई बिनाप्रमाण पैसा दिएकाहरू अहिले पीडित बनेका छन् । दुई/चार लाखदेखि ४० लाख रुपैयाँसम्म रकम डुबाउनेहरूले हाल प्रशासन र आप्रवासी स्रोत केन्द्र गुहार्न थालेका छन् ।  कहिले दुई लाख, कहिले चार लाख गर्दै फरक-फरक व्यक्तिलाई २६ लाख रुपैयाँ दिएपछि पनि अमेरिका जान नपाएर बागलुङ नगरपालिका–४ की तारा श...

नेपालमा बीआरआईका दुई परियोजना मात्रै…..

काठमाडौँ — चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालका दुईवटा परियोजना मात्रै सूचीकृत गरेको छ । बेइजिङमा बीआरआई फोरमको तेस्रो सम्मेलनपछि जारी गरिएको अध्यक्षको वक्तव्यमा बीआरआईअन्तर्गत नेपालमा जनस्तर र गरिबी निवारणअन्तर्गत दुईवटा परियोजना मात्रै सञ्चालनमा रहेको उल्लेख छ । यी दुवै परियोजना गैरसरकारी संस्थामार्फत सञ्चालनमा छन् । बीआरआईको विषय आउँदा रेलवेसहितका ठूला पूर्वाधार परियोजनाबारे चर्चा...

आईपुगे यूएनका महासचिव गुटेरेस नेपालमा…..

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । आइतबार राती १ बजे उनी नेपाल आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए ।महासचिव गुटेरेस पोर्चुगलका पूर्व...

भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला…..

काठमाडौँ — कतारमा पक्राउ परेका भारतका ८ पूर्वसैनिक अधिकारीलाई त्यहाँको एउटा अदालतले मृत्युदण्ड फैसला सुनाएको छ । २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग भने कतारले सार्वजनिक गरेको छैन । उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बना...

गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो…..

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा...

चीनका रक्षामन्त्री ली शाङ्फु बर्खास्त…..

काठमाडौँ — सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्ती...

धादिङमा एकै दिन ४ म्याग्निच्युडभन्दा माथिका थप ६ वटा धक्का…..

काठमाडौँ -  आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो । त्यस्तै, ८ बजेर २८ मिनेट जाँ...

बैकुन्ठे भीरमा जिप दुर्घटना, मृतक सबैको सनाखत…..

पाल्पा — पाल्पाको पर्यटकीयस्थल रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको जिप तानसेन नगरपालिका १३, बैकुन्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबह...

स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिन्छ…..

गलकोट -   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताएका छन् । आज बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति सरकारले थप दरबन्दीको व्यवस्था गर्ने जानकारी दिए । सबैभन्दा पहिले चिकित्सा सम्बद्ध कर्मचारी दरबन्दी, बढाउने, आधुनिक उपकरणको व्यवस्था गर्ने...