गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो…..

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् । हमासले अक्टोबर ७ का दिन दक्षिणी इजरायलमाथि अप्रत्यासित आक्रमण गरेर १४ सय नागरिकको ज्यान लिएसँगै इजरायलले विशेष गरेर गाजा क्षेत्रमा...

चीनका रक्षामन्त्री ली शाङ्फु बर्खास्त…..

काठमाडौँ — सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको र अहिले रक्षामन्त्री पनि बर्खास्ती...

धादिङमा एकै दिन ४ म्याग्निच्युडभन्दा माथिका थप ६ वटा धक्का…..

काठमाडौँ -  आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो । त्यस्तै, ८ बजेर २८ मिनेट जाँ...

बैकुन्ठे भीरमा जिप दुर्घटना, मृतक सबैको सनाखत…..

पाल्पा — पाल्पाको पर्यटकीयस्थल रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको जिप तानसेन नगरपालिका १३, बैकुन्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबह...

स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिन्छ…..

गलकोट -   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताएका छन् । आज बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति सरकारले थप दरबन्दीको व्यवस्था गर्ने जानकारी दिए । सबैभन्दा पहिले चिकित्सा सम्बद्ध कर्मचारी दरबन्दी, बढाउने, आधुनिक उपकरणको व्यवस्था गर्ने...

केसीको शपथले धाँधली स्पष्ट भयो…..

काठमाडौँ — गैरआवासिय नेपाली संघ (एनआरएनए)को ११ औँ सम्मेलनको नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रतिस्पर्धीले आरोप लगाएका छन् । अध्यक्षमा निर्वाचित घोषणा गरिएका बद्री केसीको पक्षमा धाँधली भएको अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले आरोप लगाएका हुन् । अध्यक्षका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले शनिबार धाँदलीबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्न नसकि...

एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित…..

काठमाडौँ -  गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले रातोपाटीलाई जानकारी दिएका हुन् । यसैगरी प्रधानमन्त्री सहभागी नहुने भएपछि शुक्रबार तय भएको समापन समारोह पनि स्थगित भएको छ । बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै...

छिनमै तहसनहस भएको थियो नेपाली बसेको बस्ती…..

निर्वज, इजरायल — चार सय जना इजरायली किसान परिवार बस्ने निर्वज किबुज यतिखेर रित्तो छ । यो सानो गाउँमा फेरि पहिलेजस्तै गरी स्थानीय आएर बस्ने कुनै निश्चित छैन । निर्वज किबुजभित्र छिर्नेबित्तिकै पहिलो घर स्थानीय ५७ वर्षीय रिओजको आउँछ । यो घर जलेर खरानी छ । ‘मेरो घर मात्रै जलेको छैन, बूढी भएकी ७५ वर्षीया आमा जल्नुभो । ८ वर्षीया नातिनी जलिन् । ३२ वर्षीय छोराले गोली खायो,’ गहभरि आँसु पार्दै रिओजले कान्ति...

गाजा अस्पताल आक्रमणले विश्वभर तरंग…..

जेरुसेलम — प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा मंगलबार राति भएको रकेट आक्रमणको विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, रेडक्रसजस्ता मानवअधिकारको क्षेत्रमा काम गर्ने संगठनसँगै थुप्रै देशले उक्त घटनाको विरोध गरेका हुन् । रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लग...

राष्ट्रपतिबाट कैद माफी पाएका विक हत्या आरोपमा पक्राउ…..

रुकुम पश्चिम — गत संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो । घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो । हत्यामा संलग्न र...

इजरायलबाट उद्धार गरिएका १८ जना दिल्ली आइपुगे…..

नयाँदिल्ली — युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण गर...

अकासियो मूल्यवृद्धि, १० महिनायताकै उच्च…..

काठमाडौँ — गत भदौमा मुलुकको मूल्यवृद्धि दर औसत ८.१९ प्रतिशत छ । यो पछिल्लो १० महिनायताकै उच्च हो । मरमसला, चिनी तरकारी दूध, मनोरञ्जन, घरायसी उपकरणलगायतको मूल्य बढेपछि गत भदौमा समग्र मूल्यवृद्धि ८ प्रतिशतभन्दा माथि पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । विश्व बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपालमा रहे पनि त्योभन्दा बढी आन्तरिक आपूर्ति पक्षका कारण नेपालको मूल्यवृद्धि अकासिएको राष...