केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता, एकै परिवारका ७…..

जुम्ला — भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै खसेको पहिरोमा परी बेपत्ता भएकाको शुक्रबार मन्दाकिनी नदीमा खोजी गरिँदै । तस्बिर : दैनिक जागरण केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका ती...

भारतबाट निर्यात निषेध,चामलमा समेत मूल्यवृद्धि…..

काठमाडौँ — भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने भनी साउन ४ मा गरेको निर्णयको फाइदा उठाउँदै उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ । व...

सुन अनुसन्धानमा प्रहरी भूमिकाविहीन…..

काठमाडौँ — क्विन्टल सुन तस्करीको अनुसन्धानलाई राजनीतिक अस्त्र बनाउने खेल चलिरहेको छ । एकातिर सरकारकै संयन्त्रहरू तालुकको भूमिका बाँडफाँट गर्नेभन्दा जस लिने प्रतिस्पर्धामा लागेका छन् भने अर्कोतिर प्रतिपक्षले यसलाई आपराधिक अनुसन्धानको घेराबाट बाहिर लगेर राजनीतिक मुद्दा बनाउन खोजेको छ । सुन तस्करी राजस्व छलीको विषय भएको भन्दै राजस्व अनुसन्धान विभाग आफैंले मात्र अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान...

पक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभा बन्धक…..

काठमाडौँ - सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच सुन तस्करीका विषयमा ‘उच्चस्तरीय छानबिन समिति’ गठनको विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सञ्चालनमा अवरोध भएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरिरहेको छ । एकातिर सत्तापक्षले छानबिन समि...

सुन तस्करीमा मुछिएका बाबुछोरालाई उन्मुक्ति…..

काठमाडौँ — हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने दोहो¥याए पनि ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि अनुसन्धान अघि बढेको छैन । आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ...

सातै प्रदेश सरकार लथालिंग, कोशी सरकार ‘शून्यता’ मा…..

काठमाडौँ — प्रदेशसभा निर्वाचन भएको आठ महिना बित्दा पनि प्रदेश सरकारहरूले लय समात्न सकेका छैनन् । छोटो समयमै चारवटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएको छ । कर्णाली र गण्डकीबाहेकका प्रदेशमा मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट अधुरै छ । सबैभन्दा बढी संकट र अन्योल कोशी प्रदेशमा छ । पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले करिब ६ महिना सरकारको नेतृत्व गरेका थिए । उ...

दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र…..

काठमाडौँ -  अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए । उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल एक अर्ब २० कर...

सुन तस्करी छानबिनका लागि सरकारलाई लेखा समितिको ध्यानाकर्षण…..

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले क्विन्टल सुन तस्करीका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । सार्वजनिक लेखा समितिको आ...

१४ पटक काठमाडौं–हङकङ आउजाउ…..

काठमाडौँ — क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाले पछिल्ला नौ महिनामा १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेको भेटिएको छ । सरकारी अभिलेखअनुसार नेपाली नागरिक रहेका उनले भारतीय राहदानीबाट विभिन्न मुलुकको यात्रा गरेका हुन् । उनको यो पटक–पटकको यात्रा सुन तस्करीमै जोडिएको आशंका अनुसन्धानमा संलग्न निकायले गरेका छन् । स्कुटरको ‘ब्रेक सु’ मा लुकाएर हङकङबाट असार २९ मा भित्र्याइएको करिब ...

धेरैजसो ‘ब्रेक सु’ खोक्रा, सुन पहिल्यै निकालिएको पुष्टि…..

काठमाडौँ — हङकङबाट क्याथे प्यासिफिकको जहाजमा भित्र्याएर भन्सार पार गराइसकेको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्करले त्योभन्दा ठूलो परिमाणमा सुन फुत्काएको देखिएको छ । भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन भन्सारका कर्मचारी, भन्सार एजेन्ट र बिचौलियालाई हातमा लिएर उम्काएको अनुसन्धानमा पाइएको हो । राजस्व अनुसन्धान...

सभामुख ‘रेफ्री’को जस्तो निष्पक्ष हुनुपर्ने…..

काठमाडौँ — सर्वोच्च अदालतले कोशी प्रदेश सरकार निर्माणमा सभामुखले निर्वाह गरेको भूमिकालाई असंवैधानिक ठहर्‍याउँदै सभामुखको पदीय सीमाबारे व्याख्या गरिदिएको छ । सभामुख 'रेफ्री'को जस्तो निष्पक्ष र तटस्थ हुनुपर्ने सर्वोच्चको व्याख्या छ । कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमले जनाएको समर्थन संविधानविपरीत भएको व्याख्या गर्दै प्रदेशसभाको सभामुख पद राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने सर्...

क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा…..

काठमाडौँ — हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् । बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र्याएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकिया शंकाको घेरामा परेका हुन् । विगतमा गोरखा विकास बैंक घोटाला प्रकरणमा मुछिएका र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्...