रेडी ट्रेडको गोदाममा राजस्व अनुसन्धान विभागको छापा…..

काठमाडौँ — राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ परेकाहरुको बयानका आधारमा रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा बुधबार छापा मारेको छ । टोलीले छापा मारेर केही सामान लगेको छ । तत्काल कुनै अवैध वस्तु भने फेला नपरेको राजस्व स्रातले बतायो । विभाग स्रोतका अनुसार बयानकै आधारमा सुन तस्करीका खास अभियुक्त पत्ता लगाउने रणननीति अपनाइएको छ । बयानकै आधारमा आज नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका...

बन्चरेडाँडामा दैनिक करिब १५ सय टन फोहोर विसर्जन गरिन्छ….. 

नुवाकोट-  नुवाकोटको सिसडोलपछि अहिले त्यहाँबाट तीन किलोमिटर टाढाको बन्चरेडाँडाले काठमाडौं उपत्यका र आसपासका २१ वटा पालिकालाई ठूलो गुन लगाइरहेको छ । यी पालिकामा निस्कने दैनिक करिब १५ सय टन फोहोर त्यहाँ लगेर विसर्जन गरिन्छ । तर, यस प्रक्रियाको न्यूनतम सर्त पनि पूरा नगरिँदा बन्चरेवासीले पनि हिजो सिसडोलकै जस्तो नियति भोग्नुपर्ने चिन्ता बढेको छ । नकुहिने तथा पुनर्प्रयोग गर्न नमिल्ने फोहोर मात्र ‘ल्यान्ड...

प्रधानमन्त्री भेटवार्तामा व्यस्त…..

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिकम विकसित राष्ट्रहरुको समूह (एलडिसी)को अध्यक्षको हैसियतमा संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम समिट-२’ लाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार समिटलाई सम्बोधन गरेका हुन् ।सम्बोधनका क्रममा प्रधानमन्त्रीले ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताए । सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबाल...

अदालतको अन्तिम फैसला पर्खनुपर्छ…..

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद (एनपी) ले भुटानी शरणार्थी प्रकरणमा अदालतको अन्तिम फैसला नआएसम्म थुनामा रहेका नेतालाई कारबाही गर्न नहुने बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै साउदले कांग्रेस नेता बालकृष्ण खाणलाई लक्षित गर्दै अनुसन्धानमा सघाउँदै आएको व्यक्तिलाई कारबाही गरे पार्टीको हित नहुने बताए । बैठकमा भुटानी शरणार्थी प्रकरणको चर्चा...

हर्क साम्पाङ फेरि विवादमा…..

विराटनगर -  धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ शनिबार बिहानै धरान वडा नम्बर ४ मा पर्ने छोटी मोरङमा आफ्ना समर्थकसहित वृक्षारोपण गर्न पुगे । सयौँ समर्थकलाई लिएर त्यहाँ पुगेका उनले वृक्षारोपण गर्न लागेको जग्गा भने निजी व्यक्तिको थियो । यद्यपि उक्त जग्गा विवादरहित भने थिएन । जग्गा धनी रोशन अधिकारीको परिवारले साम्पाङलाई त्यहाँ बिरुवा नरोप्न र रोपे फाल्दिने चेतावनी दियो । त्यसपछि त्यहाँ निक्कै बे...

आरोप-प्रत्यारोप चल्नु स्वाभाविक हो…..

सुनसरी — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आरोप-प्रत्यारोप चल्नु स्वाभाविक रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक शनिबार एक दिनका लागि स्थगित गरेर सुनसरी पुगेका देउवाले नेपाली कांग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएकाले बैठकमा आरोप-प्रत्यारोप हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । १५ जनाभन्दा धेरै केन्द्रीय सदस्...

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहाल शनिबार साँझ इटालीको रोम प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्र...

सुन तस्करीमा चीनदेखि भारतसम्मको गिरोह,भन्सारमा सेटिङ…..

काठमाडौँ — अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुलेको छ । तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ । परीक्षणका लागि बिहीबार काठमाडौंको बबरमहलस्थित टक्सार विभागम...

राजनीतिक हिंसालाई माफी दिन सरकारको प्रस्ताव…..

काठमाडौँ — संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन उल्लंघनहुने गरी सरकारले राजनीतिक हिंसालाई माफी दिने र त्यसमा संलग्नको मुद्दा फिर्ता लिने गरी संसद्मा विधेयक पेस गरेको छ । कानुनमन्त्री धनराज गुरुङले मुलुकी फौजदारी अपराध संहितालाई संशोधन गर्न असार मसान्तमा संसद्मा पेस गरेको विधेयक तत्काल फिर्ता लिन संविधानविद्हरूले सुझाएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गरी ‘शान...

भन्सारबाट उम्किसकेको सुन बरामद…..

काठमाडौँ — हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहि...

सरकारले घरजग्गा कारोबारमा कडाइ…..

काठमाडौँ — आर्थिक वर्ष ०७९/८० मा घरजग्गा कारोबारबाट संघ, प्रदेश र पालिकालाई जाने राजस्व उल्लेख्य मात्रामा घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष संघ, प्रदेश र पालिकालाई जाने राजस्व ३३ अर्ब ४९ करोड ३३ लाख रुपैयाँले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । सरकारले अघिल्लो जेठमा भू–उपयोग नियमावली ०७९ मार्फत भूमिको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाउने व्यवस्थ...

जलविद्युत् आयोजना निर्माणमा भारतको अवरोध…..

काठमाडौँ — नेपाली जलविद्युत् परियोजनामा तेस्रो देशको लगानीप्रति बक्रदृष्टि राख्दै आएको भारतले नेपाली लगानीका निर्माणाधीन आयोजनामा पनि अवरोध सिर्जना गरेको छ । परियोजनाका लागि अत्यावश्यक विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासले ६ महिनादेखि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिएको छैन, लगानीकर्ताहरू विद्युत् विकास विभाग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र भारतीय दूतावासको चक्कर लगाउन बाध्य छन् तर सुनुवाइ ...