राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज…..

काठमाडौँ -   राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहालल...

पूर्वउपराष्ट्रपति पुनको सचिवालय नै सुन तस्करीमा…..

काठमाडौँ — छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् ...

ताक्लाकोटमा तमसुक, हिल्सा हुँदै तस्करी…..

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र चिनियाँ व्यापारीबाट लिएको ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा चिनियाँ अदालतबाट दोषी ठहर भएको खुलासा भएको छ । तत्कालीन उपराष्ट्रपतिसमेतलाई जानकारी भएको यो विषय नेपालमा भने चार वर्षसम्म गुपचुप थियो ।  जितेन्द्रले तिब्बतको पुराङ काउन्टी (ताक्लाकोट) मा तमसुक गरेर हुम्लाको हिल्सा नाका हुँदै सुन ल्याएको पनि अदालतकै फैसलाबाट पुष्टि भएको छ । ‘सु...

पूर्वउपराष्ट्रपतिका छोराहरू सुन तस्करीमा…..

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् । तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत ...

जीबी राई मलेसियामा रहेको विश्वासमा नेपाल ल्याउन पत्राचार…..

काठमाडौँ — मलेसियामा लुकेर बसेको विश्वासमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन सरकारले कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि उनी फरार छन् । विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलको खोजी सूचीमा रहेका राई मलेसियामा लुकेर बसेको भन्ने आधारमा देश फर्काउन सरकार...

जम्बो टोली लिएर अमेरिका जाँदै महिलामन्त्री…..

काठमाडौँ — बुधबारमात्रै पदभार ग्रहण गरेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी २२ जनाको जम्बो टोलीसहित अमेरिका भ्रमण जाने भएकी छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कमिसन अन स्ट्याटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिनका लागि स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रीहरूले नियुक्ति भएपछि एक सातासम्म मन्त्रालयको योजना, कार्यक्रम, नीतिलगायतबारे ज...

मन्त्रिपरिषद् विस्तार समर्थन संकुचित…..

काठमाडौँ — लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मन्त्रालयको भागबन्डा भएको छ । चार दलीय गठबन्धनको साझेदार जनता समाजवादी पार्टी भने पार्टीको आन्तरिक...

गृहमा नयाँ-पुराना सबैको हठ…..

काठमाडौँ — नयाँ सत्ता गठबन्धन गृह मन्त्रालय कसले लिने भन्ने झमेलामा अल्झिएको छ । नागरिकलाई सेवा प्रवाह गर्ने भनेर बनेको गठबन्धनमा शक्ति अभ्यास गर्ने मनोवृत्ति हाबी हुँदा गतिरोध उत्पन्न भएको छ । दलहरूबीच भएको प्रारम्भिक समझदारीअनुसार माओवादीले अर्थ, जसपाले परराष्ट्र पाउने निश्चितजस्तै भएको छ । अर्थ र परराष्ट्र छाडेकाले गठबन्धनको ठूलो दल एमालेले गृहमा दाबी गरेको छ । उता, रास्वपाले पनि सरकारमा जाने क...

नयाँ दलसहितको पुरानै गठबन्धन…..

काठमाडौँ — एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको थियो । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र ०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक...

सत्ता समीकरणको असर प्रदेशसम्म…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कोल्टे फेरेर नयाँ सत्ता समीकरण बनाउँदा यसको असर प्रदेश सरकारसम्म पर्ने भएको छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर बनेको गठबन्धन भत्किएपछि प्रदेश सरकारहरू पुनर्गठन हुने देखिएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, उन्मुक्तिसहित बन्ने नयाँ गठबन्धनको गणितका आधारमा ती सरकार बन्ने छन्...

देउवा-दाहाल सम्बन्धविच्छेद धोकाधडी कि बाध्यता ?…..

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीसँग आइतबार बिहान भेटिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमै कांग्रेस सभापति शेरबहादुर देउवालाई भने, 'मलाई एमालेसँगको गठबन्धनमा जाने दबाब छ ।’ शक्तिका खेलाडी देउवाले नबुझ्ने कुरै भएन । गठबन्धन भत्किने मनस्थिति बोकेर बालुवाटारबाट निस्केका देउवाले निवास पुगेपछि आफूनिकटहरूसँग दाहालको कुरा सुनाए । अन्तिम घडीमा गठबन्धन जोगाउन सकिन्छ कि भनेर देउवाले सबै अस्त्र ...

हिमपातपछि भूकम्पपीडित थप विपत्‌मा…..

सुर्खेत — त्रिपालको कष्टकर बसाइपछि जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीका गोविन्द विकको परिवार फागुन दोस्रो साता अस्थायी टहरामा सर्‍यो । साढे ३ महिना हिउँदे चिसो जसोतसो काटेर अस्थायी टहरामा फर्किएको विकको ८ जनाको परिवारलाई शनिबारको हिमपातले झन् ठूलो समस्यामा पार्‍यो । घर वरिपरि हिउँ नै हिउँ छ, न्याना लुगा पनि छैनन्, हिजो (शनिबार) देखि परिवारका सबै जना रातभर आगो बालेर जाग्राम बस्न थ...