परिवर्तन नहुने एमालेमा यस पटक डेढ वर्षमै फेरबदल…..

काठमाडौँ — तनहुँ, चितवन र बाराको उपनिर्वाचनपछि पार्टी संगठन भुत्ते भएको निष्कर्ष निकालेको एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । डेढ वर्षअघिको पार्टी महाधिवेशनपछि तोकिएको जिम्मेवारीलाई एमालेले फेरबदल गरेको हो । एमालेमा सामान्यतः एउटा महाधिवेशनपछि तोकिएको जिम्मेवारी अर्को महाधिवेशनसम्म परिवर्तन हुँदैनथ्यो । एमाले सचिवालय बैठकले शुक्रबार ३३ विभागलाई सात समूहमा विभाजन गरेर व...

पाल्पाको सत्यवतीमा जिप दुर्घटना…..

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवारेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र पो...

त्यो पैसा कहाँ गयो ?…..

काठमाडौँ -   शरणार्थी प्रकरणमा आइतबार दिनभर सरकारी वकिलले जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई बहसका लागी मङ्गलवार सम्मको समय दिएका छन् ।आइतबार काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायाधिवक्ता महेश खत्री र अर्का जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले बहस गरे । जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले गृह मन्त्रालयको स्वामित्वमा भए...

राजनीतिक मुद्दा छाडेर, मुख्य एजेन्डा आर्थिक र व्यापारिक…..

विश्वका महाशक्ति अर्थात् अमेरिका, चीन, भारत लगायतका मुलुकका राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा एउटा समान विषय देख्न पाइन्छ– आर्थिक मुद्दा । यी मुलुकका राष्ट्र प्रमुख राजनीतिक, सैन्य र सामाजिक मतभेदका बाबजुद आफ्ना प्रतिस्पर्धी मुलुकको भ्रमणमा जाँदा नै हो । सन् २०२० मा अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा ३ अर्ब डलरको सैन्य सम्झौता सम्पन्न भएको थियो भने विशेष कारण व्यापारि...

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गरेका छन्…..

काठमाडौँ — नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेको जनाएको छ । संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको विधेयक संविधानको धारा ११३ को उपाधार (४) बमोजिम प्रमाणीकरण गर्न पर्ने संवैधानिक प्रावधानलाई तत्कालीन राष्ट्रपतिले बेवास्ता गरेर अलपत्रमा पारेको कांग्रेसको टिप्पणी छ । उक्त विधेयक...

विश्वासको संकट समाधान भयो…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलाई लिएर राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यसपटकको भ्रमणले समाधान गरेको बताएका छन् । चारदिने भारत भ्रमण सकेर फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग बोल्दै दाहालले यस्तो बताएका हुन् । प्रेस मिटमा तपाईंहरुले मोदीजी र मेरो मुखबाट पनि सुन्नु भयो । उहाँले नेपालसँगको सम्बन्धलाई हिमाल जतिको उच्च बनाउने भन्नुभयो,' दाहालले भने, '२०१४ मा नेपालको स...

राजनीतिक जीवन सिध्याउन राज्यले षड्यन्त्र रच्यो…..

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको भनी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको अभियोग लागेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले अदालतमा इन्कारी बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने क्रममा खाणले व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यबाट नै षड्यन्त्र रच...

भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि दोषी ठहर…..

काठमाडौँ — विशेष अदातलले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ...

अवतरण सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ…..

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरणमा आधारित अवतरण प्रणाली सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका क्रममा जहाज अवतरण गराउँदा आवश्यक पर्ने अत्याधुनिक ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनका लागि भारतले ‘स्वीकृति’ दिएको हो । नेपालले प्राथमिकता राखेको दुईतर्फी हवाई रुट थपका विषयमा भने सहमति हुन सकेन ।...

दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत…..

नयाँ दिल्ली — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्री दाह...

प्रदेश सरकारद्वारा वार्ताका लागि आह्वान…..

मोरङ — कोशी प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्ताका लागि मंगलबार आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । आन्दोलनरत पक्षलाई पूर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ताका लागि मन्त्री सिटौलाले विज्ञप्तिमार्फत आह्वान गर...

पाँच वर्ष जेल सजायपछि पूर्वसांसद चौधरी रिहा…..

काठमाडौँ — कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम स...