शाहको अभिव्यक्ति संविधानविपरीत…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उच्च अदालत पाटनको आदेश नमान्ने स्वघोषणा गरेका छन् । हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि उनले लगाएको प्रतिबन्धविरुद्ध हलवालाहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयन तत्कालका लागि रोकेपछि शाहले बिहीबार फेसबुकमा लेखे, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर ...

कांग्रेस समेतको सहमतिमा समाजवादी मोर्चा…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले यस्तो मोर्चामा एमालेलाई पनि ढोका खुला रहेको बताए ।  यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ ।' उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताए । 'हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं । लेफ्टहरू, परिवर्तनका ...

समाजवादी मोर्चा निर्माण…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरूका लागि युद्धको घोषणा भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले परिवर्तनलाई होच्याउने, अपम...

पूर्वी पहाडमा बाढीपहिरोले ५ को मृत्यु, २८ बेपत्ता…..

संखुवासभा, ताप्लेजङ र पाँचथर — शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् । तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्...

सोमबारदेखि काठमाडौँमा भारतीय चलचित्र प्रदर्शन निषेध…..

काठमाडौँ -   सोमबारदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको भए पनि ...

विद्यालय बन्द गरे कारबाही गर्ने मेयर शाहको चेतावनी…..

काठमाडौँ -   सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो ।  सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनेर आएको समाचारप्रति महानगरपालिकाक...

पाँचथरमा बाढी : ६ जना बेपत्ता…..

पाँचथर — अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका...

दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा…..

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना धरौटीमा छुटेका छन् । दुई सातादेखिको बहस टुंगिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार २८ पृष्ठ लामो आदेश जारी गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री ...

अभियुक्तको पक्षमा १८ पीडितको तर्फबाट ४ अधिवक्ताको बहस…..

काठमाडौँ -  भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ‘ठगी धन्दा’ चलाएको मुद्दामा ११ औँ दिनसम्म लगातार बहससँगै थुनछेक बहस पुरा भएको छ । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका छन् । जेठ २१ बाट शुरु भएको थुनछेक बहस बिहीबार सकिएको छ । शुक्रवार सरकारी वकिलले जवाफ दिएपछि आरोपितहरूलाई रिहा गर्ने वा थुनामा पठा...

एक दिन ढिला गरेर नेपाल भित्रियो मनसुन…..

काठमाडौँ — नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ । बुधबार पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ । बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा...

५१% बजेट चार नेताको जिल्लामा…..

काठमाडौँ — वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको ‘सिलिङ’ मा पनि हस्तक्षेप गरिएको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि राष्ट्रिय योजना ...

मैले हात उठाउन बाँकी छ…..

काठमाडौँ -    शरणार्थी प्रकरणमा जेठ २१ मा सुरु भएको थुनछेक बहस अझै पूरा भएको छैन । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मंगलबारसम्ममा अभियुक्तका तर्फबाट बहस पूरा गर्न समय दिएका थिए । तर, दिनभर बहस गर्दा पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणतर्फका कानुन व्यवसायीको बहस पूरा भएन । साँझ ६ बज्दासम्म बहस नसकिएपछि लयर्स पोडियममा उभिएर नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय...