नेपाली क्रिकेटर फिक्सिङ काण्डमा दर्जन बढी खेलाडी शंकाको घेरामा…..

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।  दुई साताअघि सम्पन्न विवादास्पद नेपाल टी–२० लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आ...

संवैधानिक परिषद् पूर्ण कि अपूर्ण ? विपक्षी दलका नेता को हुन् भन्ने अन्योल…….

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर शनिबार उपसभामुख निर्वाचित भएसँगै ६ सदस्यीय संवैधानिक परिषद्ले पूर्णता पाउनुपर्ने हो, तर परिषद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेता को हुन् भन्ने अन्योल यथावत् छ । सरकारलाई विश्वासको मत दिने कुनै पनि दल विपक्षी हुन नसक्ने स्पष्ट कानुनी व्यवस्था छ । तर यो पहिचान पाउन माग गर्दै कांग्रसले संसद् सचिवालयमा पत्र पठाएको छ भने नेमकिपाले पनि द...

कुसङ् येले तङ्वे ५०८३ एवं कःक्फेक्पा तङ्नाम (माघे संक्रान्ति)

ललितपुर कक् भनेको चाँप र फेक्पाको अर्थ फुल्ने हो । चाँप फुल्ने महिना र पर्वसँगै हाङ् यलम्बरले प्रचलनमा ल्याएको सम्वत् येले तङ्वे ५०८३ नयाँवर्षको प्रारम्भ हुन्छ । कःक्फेक्पा तङ्नाम नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यो नेपाली पात्रोमा माघ १ गते पर्दछ । यही दिन देखि सूर्य कर्कट राशिबाट मकर राशिमा सर्ने, सूर्य दक्षिणबाट उत्तर तर्फ सर्ने हुँदा दिन लामो र रात छोटो शुरु हुने गर्दछ । सूर्यको रापताप बढ...

स्मार्ट लाइसेन्स हात नै नपरी नवीकरण गर्न बाध्य…..

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले घोषणा गरेको छिटो छरितो र सुशासन यातायात कार्यालय इटहरीमा कहिले होला ? निजी क्षेत्रबाट सञ्चालित बैंकहरुले बाँड्ने एटिएम कार्ड अधिकतम १० दिनमा आउँदा स्मार्ट लाइसेन्स प्रिन्ट भएर आउनै ८ महिना लाग्छ । कतिपयले त स्मार्ट लाइसेन्स नदेखी नवीकरण गर्नुपरेको छ । यो विषयमा व्यङ्ग्य गर्दै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति–पत्र, सुनसरी इटहरीका कर्मचा...

सभामुखको निर्वाचनपछि अब एमालेको ध्यान राष्ट्रपतिमा…..

काठमाडौँ — सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार त्यही दिन दाहाल प्रधानमन्त्री र बिहीबार एमाले सांसद देवराज घिमिरे सभामुख भइसकेका छन् । दुई शीर्ष नेताले पुस १० मै राष्ट्रपति एमालेबाट चयन गर्ने सहमति गरेका भए पनि कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेक...

सभामुखमा उम्मेदवारी दर्ता आज…..

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहा...

प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद्…..

काठमाडौँ -   प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ भइसकेको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रच...

यतीको जहाज खस्दा असाधारण क्षति…..

काठमाडौँ — यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई उडाउँदै थिए क्याप्टेन रामोद श्रेष्ठ र एमके श्रेष्ठले । तर यात्रु कम भएको भन्दै उडान ‘मर्ज’ गरियो । केसी र खतिवडा पोखरा नै जाने भए तर अर्को जहाजमा । जहाजसँगै परिचारिका पनि फेरिए । उनीहरूसँ...

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना…..

पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ७२ यात्रु क्षमताको एटीआर विमानमा...

प्रचण्डसँग आन्तरिक गृहकार्यमा देउवा…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको प्रतिपक्षी नेपाली कांग्रेसले रणनीतिक छलफल थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखको निर्वाचनलाई लक्षित गरेर आन्तरिक गृहकार्य तीव्र पारेका छन् । ४ माघमा सभामुख र ७ माघमा हुने उपसभामुखको निर्वाचनको रणनीति बनाउन बिहीबार पदाधिकारी बैठक राखेका थिए । उक्त बैठकमा सभामुख र उपसभामुखको निर्वाचनको लागि प्रधानमन्त्री प्रचण्डसँ...

एमाले-माओवादी सत्ता साझेदारीमा संशय…..

काठमाडौँ — प्रतिनिधिसभाबाट विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । कांग्रेसले विश्वासको मत दिएपछि माओवादीसँग पुस १० मा भएको समझदारी कार्यान्वयन नहुने हो कि भन्ने संशय एमाले वृत्तमा उत्पन्न भएका बेला दाहाल र ओलीबीच बुधबार भेटवार्ता भएको हो । बुधबार साँझ बालकोटस्थित ओली निवासमा एमाले अध्यक्ष केपी शर्...

सत्ताको खेलमा कांग्रेस प्रतिपक्ष बन्न पनि अयोग्य…..

काठमाडौँ — कांग्रेस सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले संसद्को रोस्ट्रममा उभिएर सरकारलाई विश्वासको मत दिने घोषणासँगै एउटा अर्को वाक्य पनि जोडे, ‘तर हामी प्रतिपक्षमै बस्छौं ।’ तर कानुनविद्हरूको भनाइमा सरकारमा नगए पनि कांग्रेस अब सत्तापक्ष नै रहन्छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ बमोजिम देउवा प्रमुख प्रतिपक्षी दलका नेता हुन अयोग्य भइसकेका छन् ...