तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका………

१६ जेठ २०७५,  जुम्ला – रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो। अबैधरुपमा रुकुमको नरसिंह बालगृहमा पुगेका २४ जना बालबालिकालाई सरोकारवाला निकायले उद्धार गरेर घर फर्काएपछि पत्रकार सम्मेलन गरेर भिभावकलाई बुझाईएको हो। गत बै...

न्याय माग्ने ठाउँ देखाउनुस्……….

१६ जेठ २०७५,   काठमाडौं - गणतन्त्र दिवसको अवसरमा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहा भई अबिरमाला लगाएर भाषण गरिरहँदा उज्जन श्रेष्ठकी ८३ वर्षीया रामकुमारी श्रेष्ठ आँसु बगाइरहेकी थिइन्। आफ्नो छोराको हत्यामा संलग्न दोषीलाई राज्यले कैद माफी दिएर छोडेपछि उनी निकै चिन्तित देखिइन् । राज्यले न्याय खोसेकाले अर्को न्याय माग्ने ठाउँ देखाउन उनले माग गरिन् । ‘मेरा छोराहरुको गल्ती के थियो र मारियो’, उनले भनि...

बजेटमाथि मिश्रित प्रतिक्रिया………

 १६ जेठ २०७५,   काठमाडौं – सरकारले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ। सरकारद्वारा प्रस्तुत बजेटको बचाउ गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको बजेट देशको आवश्यकता अनुरूप आएको बताएका छन्। उनले सरकारले प्रस्तुत गरेको बजेटमा देश बनाउने सपना, संकल्प, योजना र कार्यक्रम रहेको दाबी गरे। सुखी नेपाली समृद्ध नेपाल बन्ने योजना कार्यन्वयन हुने गरी ब...

आकांक्षी र आश्वासनमुखी’………..

 १६ जेठ २०७५,  काठमाडौं – वाम गठबन्धन सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलबार पेस गरेको बजेटप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, विज्ञ र निजी क्षेत्रले फरकफरक प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेसले बजेट कार्यान्वयनमुखी नभई आकांक्षा र आश्वासनको पोको भएको जनाएको छ। कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले सरसर्ती सुन्दा बजेटमा ल्याइएका कार्यक्रम राम्रा भए पनि कार्यान्वयन गर्न नसकि...

प्रेस विज्ञप्ति………

 प्रेस विज्ञप्ति –२०७५।०२।१६ १. गीतकार सङ्घ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि हरेक बर्ष राष्ट्रिय स्रष्टा सम्मान को कार्यक्रम आयोजना गर्दै आईरहेको कुरा सर्वविदितै छ । यस बर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान ’,‘बर्ष गीत पुरस्कार ’,‘बर्ष गीत पुस्तक पुरस्कार’, ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना हुन गईरहेको सहर्ष जानकारी गराइन्छ । २.सङ्घले यस बर्ष अमर भावना गीतकार ...

क्रिकेट र फुटबलमा यसरी हुन्थ्यो ‘अनलाइन बेटिङ………

जेठ १६, २०७५   काठमाडौं– भारतमा भर्खरै सम्पन्न आईपीएल टि–ट्वान्टी प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा महत्वपूर्ण मानिने लिगहरूको सट्टेबाज गरी ‘अनलाइन बेटिङ’मार्फत ठगी गर्ने कार्यमा पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य अञ्जन केसीदेखि गुण्डा नाइके दावा लामासमेत संलग्न रहेको पाइएको छ । सोमबार प्रहरीले अञ्जनसहित पाँच जना सट्टेबाजहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीको सूचीमा ‘क’ वर्गमा रहेका गुण्डा नाइके द...

ढु‌ंगेललाई माफी दिने निर्णयमा सर्वोच्च लाचार……….

१६ जेठ २०७५,  काठमाडौं– पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको माफीको निर्णयप्रति सर्वोच्चले लाचार व्यक्त गरेको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधमा कैद मिनाहा दिन नहुने भन्दै सर्वोच्च अदालतमै परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशले ओखलढुंगाका उज्जन श्रेष्ठ हत्...

१३ खर्ब १५ अर्बको नयाँ बजेट………

जेठ १६, २०७५   काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो आकारको अन्तर छैन । सम्पूर्ण बजेटमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत), पूँजीगततर्फ ३ खर...

रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान……..

Subha Mukarung, १५ जेठ, काठमाडौं । गीतकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको राष्ट्रिय स्रष्टा सम्मान यस वर्ष वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई दिने निर्णय गरेको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर आज संघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम्मानको घोषणा गरेको हो । वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेल, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समि...

बालकृष्ण ढुंगेल करागारबाट रिहा……..

१५ जेठ २०७५,   काठाडमौं– माओवादी नेता बालकृष्ण ढुंगेलले डलरवादीहरुले आफूलाई मैदानमा आउन नदिने दुस्साहस गरेको बताएका छन् । मंलबार राष्ट्रपतिबाट कैद मिनाह पाएर डिल्लीबजारस्थित करागारबाट रिहा भएका उनले डलरवादीहरुको अभियानप्रति घृणा गर्ने बताए । शान्तिको नाममा युद्ध र युद्धको नाममा शान्तिको खेती गर्ने र नेपाललाई जहिले पनि समृद्धिको राज्य नबनाउने, भिख मागेर खाने डलरवादीको जुन अभियान छ, त्यसप्रति म घृणा...

चौथो साधारण सभा सम्पन्न ………..

राज सुनुवार, मलेशिया: मिति 2018/5/29  तारिकको दिन तेस्रो साधारणसभा बाट चयन भएको सु.से.स शाखा मलेशिया कार्यसमितिको सफल कार्यकाल अध्यक्ष इन्द्र बहादुर सुनुवार ज्युको अध्यक्षतामा पूरा गरि यहि मिति 2018/5/27 तारिकको दिनमा चौथो साधारण सभा क्वालालम्पुर स्थित आदिबासी जनजाति महासंघ मलेसियाको हलमा कार्यक्रम तय गरि पुन नया कार्यसमिती चयन गरिएको छ साथै आजिबन सदस्य पत्र पनि बितरण गरिएको छ। हामिलाइ हल उपलब्...

देशमा गणतन्त्र आयो तर आशा र अपेक्षा निराशामा परिणत……..

१५ जेठ २०७५,  काठमाडौं – जनताको प्रतिनिधिमूलक संस्था संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदा ग-यो। देशमा गणतन्त्र आयो। वंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भयो। शासन मात्र होइन, शासक पनि फेरिए। मुलुकको शासन व्यवस्थाको सर्वोच्च पदमा जनताका छोराछोरी पुगे। परम्परागत शक्ति सधैंका लागि बिदा भएसँगै आमनागरिकको अपेक्षा थियो– अब शासक र जनताबीचको दुरी अन्त्य हु...