सत्ता गठबन्धन कार्यदलको पहिलो बैठक…..

काठमाडौं-   आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाउन सत्ता गठबन्धनको कार्यदलको सोमबार पहिलो बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा पाँच दलका प्रतिनिधिले आ–आफ्नो दलगत धारणा राखेका हुन् । बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । सञ्चारमन्त्री ज्ञ...

चीन र ताइवानबीच युद्ध छेडिए नेपालसम्म असर पर्छ…..

काठमाडौं - रुस–युक्रेनबीच जारी ३ महिनाभन्दा लामो युद्धको बाछिटा नेपालसम्म आइपुगेको छ । युद्ध सुरू भएको लामो समय बितिसक्दा पनि नेपाल त्यसको प्रभावबाट उम्किन सकेको छैन । यी दुई युरोएसियाली मुलुक आपसमा सैन्य युद्धमा होमिँदा त्यसको प्रभाव खाद्यान्न, लत्ताकपडा, पेट्रोलियम पदार्थ र सुनचाँदी लगायतका वस्तुमा प्रत्यक्ष देखापरिरहेको छ । यी दुई मुलुकको युद्ध नसकिँदै एसियाली मुलुक चीन र ताइवानबीच युद्धको सम्भ...

नेकपा एमाले गठबन्धन भत्काउने प्रयत्नमा…..

काठमाडौं -   आम निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गरेर जाने सहमतिसँगै सिटको भागबण्डा गर्न कार्यदल समेत बनिसकेको छ । तर, नेकपा एमाले भने सत्ता गठबन्धन भत्काउने प्रयत्नमा निरन्तर लागिपरेको छ । सोही रणनीतिअनुसार एमालेले सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको हो । माओवादीसँग ६०/४० प्रतिशतका आधारमा सिटको भागवण्डा गरेर भएपनि एमालेतिर तान्नुपर्...

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप…..

काठमाडौं -   डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको दलमध्ये जनमतलाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज भए ...

नेपाल समाजवादी पार्टीको प्रथम बैठक…..

काठमाडौं-    नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै बैठकले सहध्यक्षमा (तेस्रो वरीयतामा) गंगानारायण श्रेष्ठलाई बनाएको छ भने उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाएको छ । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश ...

महाभियोग प्रस्तावमाथि छलफल हुने…..

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ ।  आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ । ०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा ...

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर भूकम्प…..

काठमाडौँ — शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो। यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै ग...

‘बेटी पढाऊ, बेटी बचाऊमा’ भ्रष्टाचार…..

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ । सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पुर्Ȁ...

ललितपुरका मेयर र आईजीपीबीच भनाभन…..

ललितपुर — ललितपुर महानगरपालिकाले साउन १० गते बाट नख्खु–एकान्तकुनामा लागू गरेको 'वान वे' (एकतर्फी) प्रहरीले हटाएको विषयलाई लिएर मेयर चिरीबाबु महर्जन र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच फोनमा भनाभन परेको छ । प्रहरीले छापामार शैलीमा नख्खु–एकान्तकुनाको वान वे हटाएको भन्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले ‘वान वे’ क्षेत्रमा पुगेर दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका छन् । वान वे गरेपछि ट्राफिक व्...

ताइवान वरपर चीनको सैन्य अभ्यास…..

ताइपेई सिटी/वासिङ्टन — चीनको कडा चेतावनीबीच अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा पेलोसी मंगलबार साँझ ताइवानको राजधानी ताइपेई सिटीस्थित सोङसान विमानस्थलमा उत्रिएकी हुन् । अमेरिकी उच्च अधिकारीको भ्रमण र चीनको प्रतिक्रियाले दुई शक्ति राष्ट्रबीच तनाव चर्काएको छ । सिंगापुर भ्रमण सकेर मंगलबार मलेसिया पुगेकी पेलोसी स्थानीय समयअनुसार साँझ १०.४५ मा ताइपेई सिटीमा उत्रँदा ताइ...

गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड…..

मकवानपुर-   बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरे...

सडकबिनै ५ करोडको पक्की पुल,आफ्नै सुरले पुल बनाउँदै…..

गोरखा — वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय गणेशकुमार नगरकोटीले भने । गोरखा-३ नारेश्वर र सिरानचोक-५ जरेवर जोड्न दरौंदी नदीमाथि बनाइएको पुल, जसको वारिपारि बाटै छैन । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्न...