गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड…..

मकवानपुर-   बागमती प्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ । देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरे...

सडकबिनै ५ करोडको पक्की पुल,आफ्नै सुरले पुल बनाउँदै…..

गोरखा — वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय गणेशकुमार नगरकोटीले भने । गोरखा-३ नारेश्वर र सिरानचोक-५ जरेवर जोड्न दरौंदी नदीमाथि बनाइएको पुल, जसको वारिपारि बाटै छैन । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्न...

नेपालमा थप ८९५ जनामा संक्रमण पुष्टि…..

काठमाडौँ —    पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८५ पीसीआर र २ हजार २ सय २४ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ६३२ र एन्टिजेन परीक्षणबाट २६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म सक...

मन्त्रालयमा जनार्दन शर्माको पुनरागमन…..

काठमाडौं-     यो देशको जनयुद्ध, जनआन्दोलन, संविधान निर्माणका आन्दोलनमा जनताको हक अधिकार स्थापित गर्न अग्रज नेताहरूसँग काँधमा काँध मिलाएर काम गरेको छु । आफ्नो प्रतिबद्धता र कन्भिन्सनबाट डगेको छैन, झुकेको छैन । बजेट निर्माणका सन्दर्भमा मेरो मूल्य, मान्यता, नैतिकता, राष्ट्र र जनताप्रतिको कतै पनि डगमगिन दिएको छैन र दिँदैन । भोलि पनि दिन्नँ । म एउटा छानबिनमात्रै होइन, हजार छानबिनका लागि तयार छु,’ गत अस...

देशकै निम्ति मर्न सकूँ भन्दै रोए…..

विराटनगर-  सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको ...

बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी…..

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गरेका हुन् ।  ११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवे...

बालेन शाहको अनेक आरोह र अवरोहबीच बितेका ५० दिन…..

काठमाडौं-      काठमाडौंका मेयर बालेन शाहले शपथ लिएको ५० दिन पुरा भएको छ । अनेक आरोह र अवरोहबीच बितेका ५० दिन कस्तो भयो ? बालेनका मतदाताहरूको मनोदशामा केही परिर्वतन आयो कि आएन ? बालेनले गरिरहेका क्रियाकलापमाथि उनका प्रशंसक एवम् मतदाताहरू खुशी छन् त ? यहाँ यी प्रश्नको उत्तर खोतल्ने प्रयास गरिएको छ । मेयरका रुपमा बालेनले पद सम्हालेको पनि ५० दिन पार गर्दै गर्दा उनको उदयका बहुल कारणहरु पनि हामीमाझ छन् ...

संसदीय छानबिन समिति शर्मालाई चोख्याउने कर्मकाण्डमा सीमित…..

काठमाडौँ — बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले सफाइ दिएको छ । समितिमा पनि बहुमतका आडमा सत्तापक्षले देखाएको हठ र अर्थका अधिकारीहरूको समर्पणले संसदीय छानबिन समिति शर्मालाई चोख्याउने कर्मकाण्डमा सीमित भएको हो । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बया...

बाबुराम भट्टराईको नयाँ पार्टी दर्ता…..

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको नेसपा बन्ने भएको हो । हामीले नाम परिवर्तनका लागि दिएको निवदेनलाई आयोगले स्वीकृत गरेको छ‚' भट्टराईको ...

‘इन्डो-प्यासिफिक सम्मेलनमा प्रधानसेनापतिको सहभागिताबारे जानकारी सरकारलाई निर्देशन…..

काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको इन्डो-प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलनमा सहभागी भएको विषयमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले अस्ट्रेलियाको सिड्नीमा तीन दिन भएको वार्षिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो । अस्ट्रेलियाम...

अमेरिकी विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै…..

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्...

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक…..

काठमाडौं-    कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो । कोभिड अगाडि अर्थात शैक्षिक सत्र २०७५ मा २ लाख २९ हजार १३४ छात्रा र २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएकामा शैक्षिक सत्र २०७८ मा सो संख्या बढेर छात्रा २ लाख ४६ हजार ९४१ जना र छ...