धनराज राईको माया भोजपुरै जिल्ला

जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना..... जन्म र मृत्यू जीवनको संयोग हो । जो आफ्नो काबुमा हुदैन । भेट पनि संयोगले हुन्छ । नभेटेसम्म थाहा हुदैन, भेटेपछि माया मह । मानिस जहाँ जन्मन्छ, जन्मभूमिको वरिपरिको स्नेह, माया, सम्झनाका तरेलीहरू रंगीन भएर रमणीय पलको रुपमा आइरहन्छ । जहाँ रहे, वसे पनि प्रायः सपनामा गाउँ मै पुग्छन् । पुर्व पाँचथर का धनराज राई, आफ्नो जन्मभूमिलाई मायालुको रसिक मुढमा गाउँलाई झल...

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता…..

काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो । दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न 'गोलाकारभित्र घण्टी' दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ । लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असा...

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी…..

काठमाडौं -   सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ । महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । विहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन...

सरकारलाई असारे विकासको चटारो, एकै दिन ११ अर्ब बढीको भुक्तानी…..

काठमाडौं-    यतिखेर सरकारलाई असारे विकासको चटारो छ । खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास र बजेट सक्ने चटारो परेको हो । जुन असार लागेसँगै सरकारले गरिरहेको धमाधमको विकास निर्माण र सोको भुक्तानीले देखाएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनाको १५ दिनमा मात्रै सरकारले साढे १४ अर्ब रुपैयाँ बराबरको विकास खर्च भुक्तानी गरेको छ । चा...

अविरल वर्षापछि भीषण बाढी,दुई हजारभन्दा बढी घर डुबान…..

विराटनगर — अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् । मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । खोला तर्ने क्रममा उनलाई बाढीले बगाएर तीन किलोमिटर तल पुर्‍याएको थियो । बाढीले मोरङमा मात्रै करिब १५ सय जना प्रभावित भएका छन् । सिंघिया...

मन्त्री हेरफेरको निर्णयले समाजवादीमा हलचल…..

काठमाडौं-   सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्...

झाँक्रीको मुहारमा भने हाँसोभन्दा बढ्ता रोदन…..

काठमाडौँ — आठ महिनाअघि नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीको शपथ ग्रहण गरेपछि रामकुमारी झाँक्री मन्त्रालयको हलमा उपस्थित थिइन् । पहिलोपटक मन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि मन्त्रालयका अधिकारी र पत्रकारसमक्ष उपस्थित हुँदा उनी निकै खुसी देखिन्थिन् । उनको मुहारमा हाँसो मात्र थियो । एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाएर उनी पदमा पुगेकी थिइन् । आठ महिनापछि आइतबार साँझ मन्त्री पदबाट बाहि...

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु…..

काठमाडौं-    मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको जनाएको हो । राष्ट्रपति कार्यालयका अनुसार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेट...

हैजा रोग उपचारको ‘डेडिकेटेड अस्पताल’तोकियो…..

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोज...

सरकारले इन्धनको मूल्य घटाउने निर्णय…..

काठमाडौँ — सरकारले शनिबार प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ । तर कर कुन–कुन शीर्षकबाट घटाइएको हो भन्ने प्रस्ट पारिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा सहभागी शीर्ष दलका नेता, गृहमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव, अर्थ सचिव, आयल निगमका कार्यकारी निर्देशकसहित शनिबार बिहान बालुवाटारमा बसेको बैठकले इन्धनको ...

१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने तयारी…..

काठमाडौँ — सरकारले औषधिमा पनि १५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । मूल्य बढाउनुपर्ने औचित्य भए मन्त्रिपरिषद्ले नियमावली, निर्देशिका र कार्यविधि बनाउन वा संशोधन गर्न सक्ने कानुनी व्यवस्था छ । तर, मन्त्रिपरिषद्लाई छलेर स्वास्थ्यमन्त्रीबाटै निर्णय गराउन ‘कार्यप्रक्रिया’ तयार पारिएको छ । औषधि व्यवस्था विभागका अनुसार मुलुकमा वार्षिक ६० अर्ब बराबरका १८ हजार थरी औ...

चीनले नेपाल र अमेरिकाबीचको मामिलामा किन बोल्यो चीन ?…..

काठमाडौँ — अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाको संलग्नता अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई उत्तरी छिमेकी चीनले प्रशंसा गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्‌बाट अनुमोदन गर्ने तयारी चलिरहेका बेला टीकाटिप्पणी गरेको चीनले नेपाल र अमेरिकाबीचको मामिलामा फेरि खुलेरै प्रतिक्रिया दिएको हो । चीनको सरकारी मिडिया सिन्ह्वाका अनुसार बिहीबार आय...