यस्तो छ आजको स्थानीय तह चुनावको रूपरेखा……

आज वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्न पाउनेछन् । उनीहरुले निर्विरोध भएका ३ सय ९० सहित ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनौटका लागि मतदान गर्दैछन् । ७७ जिल्लाका ७ सय ५३ स्थानीय ...

आज सत्ता गठबन्धनको संयुक्त सभा…..

काठमाडौं-   सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ न...

दाहालपुत्री रेनुको पक्षमा माहोल बनाउन देउवाको दौडधुप…..

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई मेयरमा ‘जसरी पनि’ जिताउने उद्देश्यले स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर पुगेका छन् । बागी उम्मेदवार जगन्नाथ पौडेललाई निस्क्रिय बनाउने र सिंगो कांग्रेसलाई गठबन्धनको पक्षमा उतार्न देउवा बास नै बस्ने गरी बुधबार साँझ भरतपुर पुगेका हुन् । बिहीबार संयुक्त सभालाई सम्बोधन गरेर उनी मात्र फर्कनेछन् । कांग्रेसका पुराना नेता पौडेलले उम्मे...

सत्ता गठबन्धनभित्र आशंका…..

काठमाडौं-     सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो। सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्म...

आईजीपी नियुक्तिको असन्तुष्टिले विवाद…..

काठमाडौं-    सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) असन्तुष्ट बनेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीका उच्च अधिकारी असन्तुष्ट हुनुले निर्वाचन सुरक्षामा असर गर्ने पो हो कि भन्ने चिन्ता स्वाभाविक रूपमा बढाएको छ । आईजीपीको प्रतिस्पर्धीमध्येका विश्वराज पोखरेलले सर्वोच्च अदालतमा आफू आईजीपी हुनुपर्ने जिकिरस...

आफ्नो एजेण्डाभन्दा सत्तापक्षको विरोधमै केन्द्रित…..

मकवानपुर-   आइतबार ‘मे १’ अर्थात् मजदुर दिवसको अवसर पारेर नेकपा एमालेले हेटौंडामा चुनाव केन्द्रित आमसभा आयोजना ग¥यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख अतिथिका आसनबाट सम्बोधन गरेको आमसभामा पार्टीको एजेण्डाभन्दा पनि सत्तारुढ गठबन्धनको विरोधमा बढी समय खर्चिएको सहभागीहरुको भनाइ छ । आमसभामा एमालेका केन्द्रीय तहका नेताहरूसहित मकवानपुर र चितवनका नेताहरूको उपस्थिति थियो । आमसभामा एमालेका उपमहासचिव वि...

नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह…..

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस…..

काठमाडौं-    प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्त्वपूर्ण योग...

एमालेले फेरि पनि मोनोरेल र मेट्रोरेलको सपना…..

पोखरा — पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्याशी मञ्जुदेवी गुरूङले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको उपस्थितिमा उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिइएको छ । यसअघिको चुनावमा समेत एमालेको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावे...

स्वतन्त्रलाई दबाउन राज्य शक्ति नै परिचालित…..

भरतपुर — ‘कृपया मलाई बागी भनेर नलेख्नुहोला है !’ भरतपुर महानगरको मेयर पदका प्रत्याशी जगन्नाथ पौडेलले आफ्नै निवासमा अनुरोध गरे, ‘मैले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उठेकै होइन, भरतपुरमा कांग्रेसको उम्मेदवार नै छैन । कोही उठेको भए पो मलाई बागी भन्न मिल्थ्यो । वरिष्ठ अधिवक्तासमेत रहेका ७१ वर्षीय पौडेलले यो पनि भने, ‘आधिकारिक रूपमा पार्टी केन्द्रले मेरो उम्मेदवारी अस्वीकार गरे पनि कांग्रेसको उम्मे...

हेलिकोप्टर चढेर मनोनयन गर्न आउनेलाई कार्यकर्ताबाट हातपात…..

खोटाङ — जिल्लामा उपचार सम्भव नभएका सिकिस्त बिरामीलाई थप उपचारका लागि विराटनगर, धरान र काठमाडौं पुर्‍याउन हेलिकोप्टर आउनु खोटाङबासीका लागि कुनै नौलो घटना होइन । प्रत्येक वर्ष औसतमा खोटाङबासीले तीस हेलिकोप्टर चार्टर गर्छन् । तर‚ सोमबार जिल्ला सदरमुकाम दिक्तेल र हलेसीमा ल्यान्ड भएका हेलिकोप्टर बिरामी ओसार्न आएका थिएनन् । मेयर पदमा उम्मेदवारी दिन धर्मराज पोखरेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

को बन्लान् त प्रहरी महानिरीक्षक ?…..

काठमाडौं-   वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन । सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जा...