नेपालमा श्रीलङ्काको त्रासदी, अर्थतन्त्र सङ्कटको चिन्ता…..

काठमाडौं -   यतिबेला मुलुकको अर्थतन्त्रलाई लिएर सबैजसो क्षेत्र तरङ्गित छ । संकटउन्मुख अर्थतन्त्रको विषयले नछोएको सायदै कुनै क्षेत्र होला । बढ्दो आयात, घट्दो रेमिट्यान्ससँगै चुलिएको व्यापार घाटामा थप विदेशी मुद्राको सञ्चितिमा समेत तीव्र दबाब पर्न थालेपछि यतिखेर सबैले मुलुकको अर्थतन्त्रलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । न्यून विदेशी मुद्राको सञ्चितिकै कारण कागज,मसी समेत किन्न नसक्ने अवस्थामा प...

नातागोताकै हालीमुहाली, सबै दल एउटै ड्याङका मुला…..

काठमाडौं - नेपाली राजनीतिमा नातागोताको हालीमुहाली नयाँ कुरा होइन । सत्तामा रहनेले नातावाद, कृपावादलाई प्रश्रय दिन्छ भने सत्ता बाहिर रहनेले विरोध गर्दछ । तर एउटा चरणमा नातावाद–कृपावादको विरोध गर्नेहरुले पनि आफू सत्तामा पुगेपछि नातागोता छानेर अवसर दिने परिपाटीसमेत नेपाली राजनीतिमा विद्यमान छ । व्यक्तिवाद, परिवारवाद र नाता–कृपावाद विरुद्ध लडेका पार्टी पनि उस्तै हुन थालेपछि इमानदार नेता–कार्यकर्ता चिढ...

डीआईजीको सिटमा बढुवा गर्न सकस…..

काठमाडौं- नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ । चैत १ मा ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो । मेरिट लिस्ट अनुसार पुराना...

राष्ट्रिय आविस्कार केन्द्रलाई एकैदिन २० लाख जुट्यो…..

बेलायत-   राष्ट्रिय आविष्कार केन्द्रको लागि बेलायतबाट एकैदिन बीस लाख भन्दा बढी सहयोग जुटेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी महावीर पुन बेलायत हुँदै युरोप भ्रमणका क्रममा हाल बेलायतमा छन् । उनले बेलायतका विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग, सहकार्य र परियोजना सम्बन्धि छलफल गरिरहेका छन् । बेलायतस्थित विभिन्न समुदायसँग अन्...

पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त…..

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा म...

प्रश्नको घेरामा अर्थमन्त्री, ४० करोड छुटाउन सक्रिय…..

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मा आफैले अर्थतन्त्रमा जोखिम बढाएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन...

माओवादीमा केन्द्र दाहालतन्त्र…..

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा दाहाललाई चयन ...

खातामा आएको डलर फुकुवा गर्न राष्ट्र बैंकका सदस्यले बार्गेनिङ…..

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको दाबी गरेका छन् । उनले ती सदस्यले ३० हजार डलर माग गरेको पनि  बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स' विषय कार्यक्रममा बोल्दै उनल...

विभिन्न २० देशका लागि राजदूत सिफारिस…..

काठमाडौं- नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए । राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुल...

संसद् विघटन सर्वोच्चद्वारा बदर…..

इस्लामावाद — पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्‌मा अविश्वास प्रस्ताव पेस भएको ...

नेटोको अर्को निशाना चीन…..

काठमाडौं -   चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् । सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एस...

उपसभामुखको गाडी दुरुपयोग, सुरक्षाकर्मी मुकदर्शक…..

काठमाडौँ — सप्तरीको तिलाठी भन्सारस्थित बुधबार दिउँसो विशिष्ट व्यक्ति चढ्ने रातो र निलो रंगको प्लेटमा सेतोले नम्बर लेखिएको एउटा गाडी राजविराज भन्सार कार्यालय अगाडि २ घण्टासम्म रोकियो । झण्डा छोपिएको उक्त गाडी धेरै बेरसम्म रोकिएको देखेपछि भन्सार कार्यालय अगाडिबाट भारतीय बजार जाने आउनेहरुले भन्सारमा कुनै मन्त्री आएको अड्कल गरे । भीआईपी चढ्ने नम्बर प्लेटको गाडी भन्सार कार्यालय अगाडि रोकिएको देखेपछि सि...