फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित…..

काठमाडौँ -   पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थि...

ग्रामीण दूरसञ्चार कोषको ७० करोड दुरुपयोग…..

काठमाडौँ — ‘सेक्युरिटी प्रिन्टिङ सेन्टर’ का उपकरण खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका अभियुक्त विकल पौडेलसँग ‘सन्दिग्ध आर्थिक लेनदेन’ मा जोडिएका मुख्यसचिव बैकुण्ठ अर्याल टेरामक्स उपकरण खरिदमा पनि अख्तियारको अनुसन्धानमा छन् । दूरसञ्चार प्राधिकरणसँग बजेट नभए पनि ग्रामीण दूरसञ्चार कोषको ७० करोड दुरुपयोग गरेर टेरामक्स प्रविधिको खरिद प्रक्रिया अघि बढाइएको थियो । टेरामक्स प्रविधि खरिदका लागि २०७४ मै योजना ...

आज जोर्डनसँग उपाधिका लागि भिड्दै नेपाल…..

काठमाडौँ -    पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्...

मुख्य सचिव अर्याल र विकल पौडेलबीच आर्थिक लेनदेन…..

काठमाडौँ — भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव वैकुण्ठ अर्यालबीच ‘संदिग्ध आर्थिक लेनदेन’ भएको पाइएको छ । अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङमा पुनः नियुक्तिको दौडधुपमा रहेका पौडेलले तेस्रो व्यक्तिमार्फत रकम दिएको प्रमाण भेटिएको छ । सेक्युरिटी प्रिन्टिङका उप...

अख्तियारसँग सांसदहरुका गुनासै गुनासा: नेता, मन्त्री, प्रधानमन्त्री किन परेनन् ?…..

काठमाडौँ -    प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा विभिन्न दलका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र सचिव समक्ष विभिन्न खाले गुनासो र सुझाव प्रस्तुत गरेका छन् । मंगलबार सिंहदरबारस्थित समितिको हलमा लेखा समितिले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको थियो । सो क्रममा दलका सांसदहरुले अख्तियारले गरिरहेको कामप्रति आफ्ना टि...

प्रीति राईको गोलले नेपाल फाइनलमा…..

काठमाडौँ — प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई पार गर्न नेपालले अन्तिम समयसम्म कुर्नु परेको थियो । लेबनानविरुद्धको सेमिफाइनल १–१ को बराबरीमा थियो । खेलले इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट प्रीतिले गरेको प्रहार गोलमा परिणत भएको थियो । यस...

तीन वर्षअघि शिलान्यास भएका ६५५ अस्पतालमध्ये अधिकांश अलपत्र…..

काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही नीतिअनुसार ०७७ साउन २८ मा ३९६ र पुस १२ मा २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । तर तीन वर्षसम्म अधिकांश अस्पतालको निर्माण अलपत्र छ ।...

साना ३ जहाज किन्ने प्रक्रियामा ऐनविपरीत निगमको चलखेल…..

काठमाडौँ — करिब ३ अर्ब लगानीमा तीनवटा साना जहाज किन्न आह्वान गरिएको ‘ग्लोबल टेन्डर’ प्रक्रियामा बोलपत्र बुझाउने जहाज उत्पादक तीनवटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा फेल भए पनि नेपाल वायुसेवा निगम व्यवस्थापनले नयाँ टेन्डर प्रक्रियामा नगई सार्वजनिक खरिद ऐनविपरीत तीनै कम्पनीलाई प्राविधिक मूल्यांकनमा ‘पास’ गराउन चलखेल सुरु गरेको छ । पास भएमा निगम व्यवस्थापनलाई ७५ अंकभार भएको आर्थिक प्रस्ताव अध्ययन गर्न...

दमकको ५९ बिघा जग्गा हिनामिनामा ३५९ विरुद्ध मुद्दा…..

काठमाडौँ — झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकु...

रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन…..

काठमाडौँ — अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त्यहाँ घाइते र बेपत्ता हुने नेपालीका बारेमा भने मौन छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले भने हालसम्म २ सय ७२ जना नेपाली ल...

जग्गा अतिक्रमणसम्बन्धी आयोगका प्रतिवेदन लुकाएर पुन लगत संकलन…..

काठमाडौँ — देशभरका अतिक्रमित तथा विभिन्न पक्षबाट गैरकानुनी रूपमा भोगचलन भइरहेका सरकारी–सार्वजनिक जग्गा संरक्षणसम्बन्धी विभिन्न आयोग र छानबिन समितिका प्रतिवेदन दराजमा थन्क्याएर सरकार पुनः लगत संकलनमा जुटेको छ । सरकारबाटै गठित आयोग तथा छानबिन समितिले काठमाडौं उपत्यकासहित देशभर अतिक्रमित जग्गा फिर्ता र हिनामिना गर्नेमाथि कारबाही गर्न सुझाव दिएका प्रतिवेदन सार्वजनिकसमेत नगरी पुनः विवरण संकलनको काम अघि...

शरणार्थी, सुन र सहकारी ठगी दीपेशलाई सर्वत्र उन्मुक्ति…..

काठमाडौं, बुटवल, पोखरा — भुटानी शरणार्थी, सुन तस्करी वा सहकारी ठगी । देशका कुनै पनि बदनाम प्रकरणमा सधै नाम जोडिएर आउने एउटा नाम हो– दीपेश पुन । तर उनीमाथि गम्भीर अनुसन्धान भएको छैन किनकि उनी सत्तारूढ माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव हुन् । त्यति मात्र होइन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराको हैसियतमा बेथिति मच्याएका उनलाई सबैजसो खतमा माफीजस्तै छ । भुटानी शरणार्थी र सुन तस्करी प्रकरणम...