बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिए नेपाली जनता…..

काठमाडौं- काठमाडौको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् । उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियु...

(एमसीसी)लाई लिएर चीन र अमेरिकाबीच जुहारी सुरु…..

काठमाडौं-  अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको पुनः जुहारी सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन् । चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न...

प्रतिनिधि सभामा आजदेखि एमसीसीमाथि छलफल…..

काठमाडौं-  एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ । सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषय माथि बहस हुनेछ । यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ ...

बाबुराम भट्टराईले एमसीसीको दुई विकल्प अगाडि सारे…..

काठमाडौं, अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन । पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्...

आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्नेछ…..

काठमाडौँ — नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ । नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकप...

संसद्मा टेबल भएको एमसीसी सम्झौता अनुमोदन यस्तो छ…..

काठमाडौँ — संसद्मा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्न तीन चरण पूरा गर्नुपर्ने प्रावधान छ । आइतबारको बैठकमा पेस गरेपछि यसले पहिलो चरण पूरा गरेको छ । दोस्रो चरणमा सैद्धान्तिक छलफल, तेस्रो चरणमा दफावार छलफल र अनुमोदन गर्नुपर्ने हुन्छ । ‘सम्झौता संसद्मा पेस गरेपछि पहिलो चरणको काम सकिएको छ, अब दुई चरण पूरा गर्नुपर्ने हुन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘दलहरूबीच सहमति भएको भए आइतबारै अर्को बै...

मा‌ओवादी र नेकपा एसको रबैया, भित्र समर्थन, बाहिर विरोध…..

काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता टेबल गर्ने विषयमा दोहोरो चरित्र प्रदर्शन गरेका छन् । बालुवाटारमा शीर्ष नेताहरुले टेबल गर्न दिने सहमति गरे । तर प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र मूल बैठकमा टेबल गर्ने निर्णयको विराेध गरे । त्यस्तै यिनै दलले आफ्ना भ्रातृ स‌ंगठनलाई सडक प्रदर्शनमा उतारे । माओवादी केन्द्र...

तनावग्रस्त बानेश्वर क्षेत्र, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा…..

काठमाडौँ — एमसीसी टेबल गर्ने सहमति भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनाैं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा छाडेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएर संसद्‌मा प्रस्तुत गरिँदै गर्दा बानेश्वर सडकमा भने कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्...

प्रतिनिधिसभामा एमसीसी टेबल हुँदै…..

काठमाडौं, प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी र...

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठकआज बस्दै…..

काठमाडौं, अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ए...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो…..

काठमाडौं, नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढ...

अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं…..

बेइजिङ — चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ। चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा 'धम्की कुटनीति' सुरू गरेको छ। यसको ...