आज पनि सत्ता गठबन्धनको बैठक बस्दै…..

काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि...

प्रधानमन्त्री देउवा सहयोग माग्दै बालकोटमा…..

काठमाडौँ — एमसीसी सम्झौता अनुमोदनमा सहकार्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ हात अघि बढाएका छन् । बालुवाटारमा भएका चरणबद्ध छलफलबीच पनि सत्ता साझेदारसँग सहमति हुन नसकेपछि देउवा बिहीबार राति बालकोट पुगेका थिए । यसअघिका भेटवार्तामा एमसीसी सम्झौता अनुमोदनमा सहयोग माग्दै आएका प्रधानमन्त्रीले यसपालि भने आवश्यक परे सरकारमै सहकार्यका लागि समेत अनुरोध ग...

बेलायतमा दाजु गुरुङको ‘लाई–सी’ सार्वजनिक

१४ फेब्रुअरी, बेलायत– ‘लाई–सी’ चिनियाँहरुले नयाँ वर्षमा आफू भन्दा सानालाई उन्नति प्रगति, सफलता र शुभकामना सहित रातो खाम भित्र केहि रुपैयाँ राखेर दिईने प्रचलन आज नेपाली समुदायमा खुबै मौलाएको छ । बिबाह, भात खुलाई, जन्म दिवस, न्वारान आदि हरेक कार्यक्रममा यसको बहुत चलन बढेको छ । यो प्रचलनलाई एउटा मुख्य बिषय बस्तु बनाएर कथाकार दाजु गुरुङले आफ्नो दोश्रो कृतिको रूपमा बजारमा ल्याउनु भएको ‘लाई–सी’ ले हङकङक...

एमसीसीले सत्ता गठनबन्धनका पाँच दल पाँचतिर…..

काठमाडौं, एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा परेका छन् । १६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिग्रनसक्ने, दातृ निकायबाट प्राप्त हुँदै आएको...

एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा…..

काठमाडौं,   सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित ...

एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा…..

काठमाडौँ — सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द...

एमसीसीको विरोधमा आज नेपाल बन्द…..

काठमाडौं, एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्...

आज प्रतिनिधिसभा बैठक, एमसीसी टेबल गर्ने तयारी…..

काठमाडौं, प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको थिएन । सो कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि का...

एमालेले गरायो ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर…..

काठमाडौँ — सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेको एमालेले त्यसको प्रतिवादमा ‘अनुकूल परिस्थिति हेरेर’ महाभियोग अघि बढाउने भएको छ । एमालेले संसदीय दल बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ । आइतबार साँझ बसेको सचिवालय र सोमबारको संसदीय दल बैठकले सत्तापक्षको कदमको सदन, सडक र कानुनी क्षेत्र...

आयरल्यान्डविरूद्ध नेपालको राम्रो सुरुआत…..

काठमाडौँ — नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार आयरल्यान्डविरूद्ध राम्रो सुरुआत गरेको छ । टस जितेर आयरल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले विपक्षीको तीन महत्वपूर्ण विकेट लिइसकेको छ । पावर प्लेको ६ ओभर समाप्तीमा ३ विकेट गुमाई ३५ रन बनाएको आयरल्यान्डले कुल ९ ओभरको समाप्तीमा ५८ रन बनाएको छ । कुर्टिस क्याम्फर ७ र शेन गेटकेट २० रन बनाएर खेलिरहेका छन् । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स...

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता, संसदबाट पारित हुन सकस…..

काठमाडौं, एमालेले महाभियोग प्रस्ताव पारित गर्न नसघाउने भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई राहत मिलेको छ । आइतबार प्रतिनिधिसभाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा परेका छन् । तर उक...

आज बाट स्मार्ट लकडाउन खुकुलो…..

काठमाडौं, कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आइतबारदेखि सञ्चालन हुँदैछन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट...