५१.५३ प्रतिशतले संक्रमित, संक्रमण सातामै तेब्बर…..

काठमाडौँ — परीक्षण गरिएकामा कोरोना संक्रमण पुष्टि हुने दर पछिल्लो एक सातामा तेब्बर भएको छ । पुस १९ मा ९ हजार ७ सय नमुनाको आरटी–पीसीआर परीक्षण गरिएकामा ३ प्रतिशतमा मात्र संक्रमण देखिएको थियो । पुस २५ मा ८ हजार ८ सय ४८ नमुनाको परीक्षण गर्दा ९.५० प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण विस्तारको यो तीव्रतालाई सरकारी अधिकारीदेखि विज्ञसमेतले कोरोना महामारीको तेस्रो लहर सु...

नारायणहिटीमा बतास समूहले ठेक्काबाहेककै १४ रोपनी कब्जा…..

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रिया नै गलत भएको छानबिनमा पाइएको छ । पर्यटन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन गरेको ५ सदस्यीय छानबिन समितिले ठेक्का प्रक्रिया गलत भएको निष्कर्ष निकालेको हो । ठेक्का गरिएको बाहेक पनि बतास समूहले थप १४ रोपनी जग्गा बिनासम्झौता कब्जा गरेर भौतिक संरचना निर्माण गरी कानुनविपरीत भोगचलन गरेको समेत ...

६ महिनापछि देउवा र केपी ओलीबीच भेट वार्ता…..

काठमाडौँ — सरकार र प्रमुख प्रतिपक्षी दलबीच करिब ६ महिनादेखिको संवादहीनता अन्त्य भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार करिब एक घण्टा वार्ता भएको छ । असार २९ मा प्रधानमन्त्री बनेयता देउवाको ओलीसँग यो पहिलो प्रत्यक्ष वार्ता हो । संसद्मा जारी अवरोध हटाउने प्रमुख एजेन्डा बोकेर प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । उनीहरूबीच करिब ...

फेरि कोरोना बढेपछि सीसीएमसीसीकाे बैठक…..

काठमाडौं, कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए । गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन...

प्रजिअकै सामु केएमसीले दियो विद्यार्थी फेल गराउने धम्की…..

काठमाडौँ — काठमाडौं मेडिकल कलेज (केएमसी) ले एमबीबीएसलगायत चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क लिई छाड्ने अडान दोहोर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार भएको वार्तामा कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलगायत प्रतिनिधिले चिकित्सा शिक्षा ऐनअनुसार नै विद्यार्थीसँग शुल्क मागिएको दाबी गरे । कलेजले अतिरिक्त शुल्क लिने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको छ । केएमसी...

अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन…..

काठमाडौं, थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई...

एमालेको जिल्ला अधिवेशन आजदेखि, भर्चुअलरुपमा उद्घाटन गर्ने…..

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित...

कञ्चनपुरमा संक्रमण वडेसगै आइसोलेसन भरियो…..

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ । सोमबार ४ जना संक्रमित थिए भने मंगलबार ७ जना थपिए । बुधबार आइसोलेसनमा भर्ना हुनेको संख्या ६० पुगेको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए । सबैमा रुघाखोकीलगायत सामान्य लक्षण मात्रै देखिएको छ,’ उनले भने ...

ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ पुर्जी लिएका भीआईपीहरू…..

काठमाडौं,  बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी लिएको छ । जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग...

बेलायतमा एकै दिन दुई लाख बढी सङ्क्रमित…..

लन्डन । बेलायतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ । बितेको २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित भएका छन् जुन महामारीयताकै नयाँ कीर्तिमान हो ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या एक साताभित्र ६८ प्रतिशतले वृद्...

ललिता निवास प्रकरणका नाइके शोभाकान्त ढकाल राजस्व छलीमा पनि संलग्न…..

काठमाडौं, बालुवाटारस्थित ललिता निवास किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि फसेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालत पाटनमा आज (मंगलबार) मुद्दा दायर गरेको हो । ढकाल सञ्चालक रहेको फर्म आनसानले राजस्व चुहावट गर्ने मनसायले...

माओवादी अध्यक्षमा फेरि दाहाल निर्विरोध निर्वाचित…..

काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ । मुख्यगरी महासचिवमा सहमति जुट्न नसकेपछि पदा...