गैरकानुनी टेलिभिजन प्रधानमन्त्रीबाटै उद्घाटन…..

काठमाडौँ — विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे । देउवाले उद्घाटन गरेका यी दुई च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएको छ । राष्ट...

दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न जान भारतले दिएन बाटो…..

दार्चुला र काठमाडौं — भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् । कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक रा...

पर्यटनमन्त्री आलेले रोकिदिए १५ करोडको ठेक्का…..

काठमाडौँ — पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र) ठेकेदारकै मिलेमतोमा जारी भएको पाइएपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले सोमबार ठाडो आदेशमा बोलपत्र सूचना रद्ध गराएका छन् । बढीमालिका, मनास्लु र धौलागिरि क्षेत्रमा पर्ने ग्रेट हिमालयन ट्रेल अर्न्तगत रहेका पदमार्ग सुधार र निर्माणका लागि पर्यटन विभागले कात्तिक ११ गते एक दैनिक पत्रिकामा ५/५ करोडका दरले १५ ...

अनुदानका उपकरणले पीसीआरको व्यापार…..

काठमाडौँ — महामारीमा परीक्षण र उपचार गर्ने दायित्व बिर्सिएको सरकारले सर्वोच्च अदालतको आदेश पनि अवहेलना गर्दै नाफामूलक व्यवसायलाई मात्र प्रवर्द्धन गरिरहेको छ । महामारीले संकटमा परेको भन्दै साझेदार देश तथा संस्थाहरूले अनुदानमा दिएका साधनबाट पीसीआर परीक्षण गर्दा पनि सरकारले जनतासँग व्यापार गरिरहेको छ । त्यस्तै पीसीआर प्रविधि निकै सस्तो भइसक्दा पनि नेपाली निजी प्रयोगशालाहरूले भने सर्वसाधारणसँग चर्को श...

काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी…..

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सो संयन्त्रको सार्वजनिक रुपमै कडा विरोध गर्द...

जबरालाई गेटमै छेक्ने बारको तयारी…..

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को गेटबाट सर्वोच्च छिरेका थिए । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । ...

प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै…..

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गर्नुपर्छ । आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा भइरहेको बताउने गरेको छ । ‘कच्चा तेलको मूल्य र डलरका कारण निगम...

भगिराजलाई मदन र भैरवबहादुरलाई जगदम्वाश्री पुरस्कार

          २५ कार्तिक नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार तेह्रथुमको इवामा जन्मेका लेखक भगिराज इङ्नामले यस वर्ष ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तक लेखेवापत प्राप्त गरेका छन् । यसैगरी नृत्यशास्त्री भैरवबहादुर थापालाई ६ दशकभन्दा वढि समय नृत्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै जगदम्वाश्री पुरस्कार पाएका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दा दीक्षितले वुधवार पाटनढोकामा आयोजित कार...

१२ औं राष्ट्रिय जनगणना आजदेखि देशभर सुरु हुने…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । योजना आयोगका सदस्य रामकुमार फुँयालका अनुसार बिहीबार राष्ट्रपति भण्डारीको परिवारको विवरण लिइसकेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन...

छठ पर्वको मुख्य दिन,सूर्यदेवको पूजा आराधना गरी मनाइँदै…..

काठमाडौं, छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा...

केन्द्रीय भण्डारण कक्ष नै टहरामा, कोभिड खोप गाडीभित्रै…..

काठमाडौँ — चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको १६ लाखमध्येकै खोप रेफ्रिजेरेटर जडित गाडीमा छ भने एक साताभित्रै थप ३० लाख डोज ल्याउने तयारी छ । राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन सरकारले २०७६ कात्तिकमै प्रक्रिया सुरु गरेको थियो । राजधानीको टेकुसहित बाराको पथलैयामा केन्द्रीयस्तर...

करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश…..

पूर्वी नवलपरासी, काठमाडौं — भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिर/भिडियो खिचेको हो । नेपालको अनुमतिबेगर एसएसबीले आइतबार न...