कम्युनिस्ट पार्टीका प्रवक्ता रिहा भए लगत्तै पक्राउ

काठमाडौं हिरासतमा रहेका पूर्वपर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विकलाई सर्वोच्च अदालते थुनामुक्त गर्न आदेश दिए लगतै प्रहरीले पुन: पक्राउ गरेको छ । सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय चोलेन्द्र शम्शेर जवरा र तेजबहादुर केसीको इजलासले मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा छाड्न आदेश दिएको थियो । अदालतको...

बर्खास्त पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले पुन नियुक्ति

काठमाडौँ पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर बर्खास्त गरेका पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले पुन नियुक्ति दिएको छ । प्राधिकरण गठन भएको तीनमा यो पाँचौं पटक सीईओ परिवर्तन भएको हो । २०७२ बैशाखको भूकम्पपछिको क्षतिको पुनर्निमार्णका लागि गठित उक्त निकायको नेतृत्वमा राजनीतिक हस्तक्षेप चरम रुपमा देखिदै आएको छ। उक्त पदमा डा.गोविन्द पोखरेल, शुशील ज्ञवाली, पुनः गोवि...

सरकारको पाँच महिने उपलब्धी पुस्तिका सार्वजनिक, यस्तो छ प्रगति

काठमाडौँ केपी ओली नेतृत्व सरकारले आफ्नो ५ महिने उपलब्धिहरू सार्वजनिक गरेको छ । ७८ पुष्ठ लामो पुस्तिकामा सरकारले सिण्डिकेटको खारेजीदेखि हालको वाइड बडीको विमान आवतरणसम्मलाई आफ्नो उपलब्धिको रुपमा उल्लेख गरिएको छ । सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको ढिलासुस्ती हटाउने कदम उल्लेख गरेका छन् । त्यसैगरी...

राजपा नेताहरू बालुवाटारमा, प्रधानमनत्रीले दिए आश्वासन

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरु हिजो आइतबार साँझ प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताह...

तत्कालिन प्रधानन्यायाधीश सुशीलालाई मुद्दा जिताउन लोकमानको १० करोड अफर

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो। याे समाचार नागरिक दैनिकले खब...

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा, जनप्रतिनिधिलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिइने

काठमाडौ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । सचिवालय बैठकले केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने र पार्टीका जनवर्गीय संगठनका कार्यालय तथा अन्य विभागहरु भने पेरिसडाँडामा रहने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले संघ, प्रदेश, र स्थानीय तहका जनप्रतिनिधिलाई अध्यक्ष, उपाध्यक्ष वा सचिवको जिम्मेवारी नदिने निर्णय गरेको हो । नेपाल कम...

नेकपाको आन्दोलनको घोषणा, प्रवक्ता विश्वकर्मालाई मुद्दा ७ करोड असुलेको दाबी

काठमाडौ विना कारण सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख गरिएको छ। आन्दोलनका कार्यक्रम अनुस...

राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरु गठन

काठमाडौँ राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरु गठन गरिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अन्तर्गतका चारवटा संसदीय समितिहरुको सदस्यका लागि नाम दिएपछि सो समितिहरु बिहीबार गठन भएका छन् । राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुसासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्। अ...

देशका विभिन्न जिल्लामा कांग्रेसको सरकार विरुद्ध प्रदर्शन

काठमाडौ संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । सरकार अधिनायकवाद उन्मुख भएको, डा. गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यन्यन गर्न दवाव, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख...

दोस्रोपटक संसदमा चिकित्सा शिक्षा विधेयक पेश

काठमाडौँ सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक टेबल गरेका थिए। अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसक्दा निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा मन्त्रालयले गत असार २२ गत संसद सचिवालयमा ...

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, अर्को बैठक साउन १६ गते

काठमाडौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बुधबारको बैठक सुरु हुनासाथ अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईंमाथि कानुनी कारवाही लगायतका माग पूरा नहुन्जे...

गैर अभिव्यक्तिका कारण कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामा

काठमाडौं कानूनमन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि उनले एक विज्ञप्ति जारी गर्दै माफी मागेका थिए तर अभिव्यक्तिको चर्को विरोध पश्चात नेकपा पार्टीको राजीनामा दिन तामाङलार्इ निर्देशन पश्चात मंगलबार उनले राजीनामा दिएका हुन् । हिजाे मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा का...