सभामुखका लागि मनोनयन दर्ता आज……..

२५ फागुन २०७४,  काठमाडौँ – संघीय संसदको सभामुखका लागि आज मनोनयन दर्ताकाे कार्यक्रम रहेकाे छ। शनिबार हुने सभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुन लागेको हो।  संघीय संसदका महासचिवसमक्ष शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा जनाइएको छ। मतदान भोली दिउँसो १ बजे हुनेछ भने उम्मेद्वारको अन्तिम नामावली आजै दिउँसो साढे १ बजे सार्व...

राष्ट्रपतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई मनोनयन दर्ता

काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कार्यकालको लागि मनोनयन दर्ता गर्नुभएको छ । उहाँले वामगठबन्धनको तर्फबाट मनोनयन दर्ता गराउनुभएको हो । भने नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवार दर्ता गर्नुभएको छ । भण्डारीको उम्मेदवारीमा एमालेका माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल तथा माओवादी केन्द्रकी ओनसरी घर्तीले प्रस्ताव गरेका छन् । यस्तै रामबहादुर थापा, विष्णु पौडे...

भण्डारीलाई पुन: राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

काठमाडौ सत्तारुढ प्रमुख दल नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै पुन: राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति अबेरसम्म बसेको स्थायी समिति बैठकले सर्वसम्मत रुपमा भण्डारीलाई नै उम्मेद्वार बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिका लागि भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो । वरिष्ठ न...

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने……..

फागुन २२, २०७४    काठमाडौं–  संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलबार काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले रातोपाटीलाई दिए । उनका अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।  संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्...

राष्ट्रपति उम्मेदवार छान्न एमाले स्थायी कमिटी बैठक बस्दै…….

२२ फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवार बन्न एमालेमा तीव्र लबिङ भइरहेका बेला यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । वाम गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति बनिसकेको भए पनि एमालेले यसको टुंगो लगाउन सकेको छैन । फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा उम्मेदवार बन्न वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालले इच्छा देखाएका छन् । राष्ट्रपतिका यिनै दुई...

संसदीय दलमा शेरबहादुर देउवा विजयी

काठमाडौ नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको मतदानमा देउवाले ४४ मत सहित विजयी भएका हुन । उनका प्रतिष्पर्धी नेता प्रकाशमान सिंहले १९ मत ल्याए । सर्वसहमतिको प्रयास असफल भएपछि कांग्रेसको संसदीय दलको नेताका लागि आज विहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा प्रतिनिधिसभाका ६३ सांसदले मतदान भएको थियो । देउवाले जित्ने निश्चित हुँदा पनि बरिष...

फोरमले वाम पक्षलाई सघाउने………

२१ फागुन २०७४,  काठमाडौं – प्रदेश २ मा सरकार गठनका लागि सहकार्य गरेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । फोरमले एमाले ÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राजपा भने कसलाई सघाउने भन्नेबारे केही बोलेको छैन । राजपाका केही नेता भने कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सम्भावना रहेको बताउँछन् । फोरम सहअध्यक्ष राजेन...

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या………

२१ फागुन २०७४,  काठमाडौं– स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ। सात सय ५३ वटा स्थानीय तह र सातवटै प्रदेशमा खटिएका अधिकांश कर्मचारीमा विगतमा बजेट बनाएको अनुभव र बजेटको प्राविधिक ज्ञानको कमी छ । सरकारले स्थानीय तह र प्रदेशमा अर्थ मन्त्रालय, योजना आयोगजस्ता निकायमा बसेर बजेट बनाएको अनुभव भएका कुनै पनि ...

दुवै सदनका संसदले लिए सपथ, भोलि पहिलो बैठक

काठमाडौं निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले आज छुट्छुटटै शपथ लिएका छन् । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा निर्धारित समयभन्दा ३५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्यले शपथ लिएका थिए ।प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरवाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् । प्रतिनिधि सभा सदस्यको सपथ ग...

वर्ल्ड रेकर्डका लागि हजारौंले बाचन गरे टुँडिखेलमा बुद्ध वचन

काठमाडौ गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा रेकर्ड गराउने तथा गौतम बुद्ध नेपाल मै जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्यारउने उद्देश्यले आज टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएको बताएको छ। यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ । कार्यक्रममा प्रधानमन...

मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए………

१४ फागुन २०७४,   काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्। एमाले महासचिव ईश्वर पोखरेल, रक्षामन्त्री , डा.युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ लिए भने माओवादीबाट रामबहादुर थापा, गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा राष्ट्रपति विद्या भण्डारीले पद तथा ...

प्रदेश नं. ६ को नाम कर्णाली र राजधानी सुर्खेत कायम

सुर्खेत प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको हो । नेकपा एमालेका सा‌संद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए। उक्त प्रस्तावलाई सभामुख राजबहादुर शाहीले ...