हङकङमा ‘किरात कोंइच मुईली मुक्दुम’ तथा ‘मुक्दुमको सेरोफेरो’ बिमोचन सम्पन्न

बगैंचा डटकम हङकङ, गत १० मार्च २०२४ आईतबारको दिन लेखक तथा खोज अनुसन्धान कर्ता अतीत मुखिया (ईकिसु)द्वारा लिखित ‘किरात कोईच मुईली मुक्दुम' (दोश्रो सस्करण) तथा 'मुक्दुमको सेरोफेरो' पुस्तक बिमोचन कार्यक्रम काउलनको जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न  गरिएको थियो ।  सुनुवार समाज हङकङ द्वारा प्रकाशित उक्त पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व सुनुवार समाज हङकङ अध्यक्ष श्याम कर्ण सुनुवा...

रमण गुरुङको ‘आकार हामीले हिडेर आएको बाटोको’ कविता संग्रह हङकङमा विमोचित

२५ फेब्रुअरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक समेत रहेका हङकङबासी कवि तथा चित्रकार रमण गुरुङकृत “आकार हामीले हिडेर आएको बाटोको” कविता संग्रहको लोकार्पण कार्यक्रम हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा आइतबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका उपवाणिज्यदुत भोज भटृराई, कार्यक्रमका सभापति एवं साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ, हङकङ नेपाली महासंघकी अध...

१२८ औं साहित्य श्रृंखलामा ६ कृतिहरु सार्वजनिक

२८ जनवरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई प्राप्त पछिल्लो समय प्रकाशित आधा दर्जन कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२८ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाका सदस्य रोशन यक्सोका श्वागत मन्तव्यसंगै कवि निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, सुमिनाको ‘बागी स्त्री...

द नेप्लिज एसोसिएशन हङकङद्धारा याउ चि मोङ डिस्ट्रिक काउन्सिलरहरु सम्मानित

१४ जनवरी, हङकङ– द नेप्लिज एसोसिएशन हङकङद्धारा याउ चि मोङ डिस्ट्रिकका नवनिर्वाचित प्रथम नेपालीमुलका काउन्सिलर अरुणा गुरुङ सहित चानिज काउन्सिलरहरुलाई आइतबार एक समारोह बीच सम्मान गर्यो । नव गठित संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षता र नेपाली महावाणिज्यदुत डा.उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा हङकङको इतिहासमै पहिलो पटक निर्वाचित नेपाली डिस्ट्रिक काउन्सिलर अरुणा...

बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

४ जनवरी, हङकङ, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो । लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, संगीतकार तथा गायक ...

१२७ औं साहित्य श्रृंखलामा कवि मीना श्रेष्ठ सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

३१ डिसेम्बर, हङकङ– कवि मीना श्रेष्ठ, शिक्षक तथा संचारकर्मी देवराज राई, गायक प्रबल थापा लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मानसंगै विभिन्न ६ पुस्तकहरु सार्वजनिक तथा सृजना वाचन गर्दै १२७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हङकङ भ्रमणका क्रममा रहेकी कवि तथा कोशी प्रदेश सांसद माननीय मीना श्रेष्ठ र सांगीतिक भ्रमणमा र...

हङकङमा साकेला उधौंली र चासोक तङनामको रौनाक

२६ डिसेम्बर, हङकङ – किरातहरुको महान चाड उधौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उधौली मनायो । यायोक्खाको आफ्नै सुप्तुलुङ खिम (सामुहिक चुला घर¬) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उधौली चाड २६ डिसेम्बर, सोमबारका दिन ताईतोङस्थित ह्याप्पि गार्डेनमा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्श...

नेपाल फाइनान्सको ११औं वार्षिक साधारणसभा सम्पन्न

बगैंचा सम्वाददाता हङकङ । १७ डिसेम्बर २०२३ आईतबार- हङकङमा नेपालीहरुद्वारा स्थापना गरि सन्चालनमा ल्याएको वित्तिय संस्था ‘नेपाल फाइनान्स लिमिटेड हङकङ‘को ११औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जोर्डन स्थित हाई तिन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा फाइनान्सका कोषाध्यक्ष शशीमदन राईले आर्थिक वर्ष २०२२–२०२३ मा शेयर पूजी १ करोड २५ लाख १६ हजार १ सय हङकङ डलर र कम्पनीको दायित्व पूजी ५ करोड ७६ ला...

हङकङमा कवि प्रकाश थाम्सुहाङको एकल कवितावाचन सम्पन्न

४ डिसेम्बर २०२३ बगैंचा संचार हङकङ, हङकङ । कवि प्रकाश थाम्सुहाङको एकल कवितावाचन सम्पन्न भएको छ । बगैंचा संचारको आयोजनामा हङकङको जोर्डनस्थित बगैंचा रेस्टुरेन्टमा गत सोमबार आयोजित कार्यक्रमको व्यवस्थापन बिएस एकेडेमीले गरेको हो । बगैंचा संचारका निर्देशक धीरजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि हङकङवासी अग्रज कवि नरेश सुनुवार, विशेष अतिथिहरुमा हङकङ साझा शृङ्खलाका संयोजक रमण गु...

कवि, सहित्यकार प्रकाश थाम्सुहाङको एकल कविता वाचान हुने

१ डिसेम्बर २०२३, बगैंचा सम्वाददाता हङकङ नेपालबाट हङकङ भ्रमणमा आएका कवि तथा साहित्यकार प्रकाश थाम्सुहाङको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । बगैंचा सन्चार हङकङले आयोजना गरेको उक्त साहित्यिक कार्यक्रम जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड बारमा यहि डिसेम्बर ४ तारिक सोमबार साँझ ६ बजे शुरु हुने छ । कवि तथा साहित्यकार थाम्सुहाङका कविता संग्रह पालामको मुर्छना र नयाकृति निवन्ध संग्रह शब्दथुम प्र...

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

२६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मि प्रसाद देवकोटा जयन्ति संगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको श्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झै ११५ औं जन्म जयन्तिको अवसरमा महाकवि लक्ष्मि प्रसाद देवकोटाको तस्विरमा फूलमाला चढाएर कार्यक्रम शुरु गरिएको थियो । श्रृंखलाका संयोजक रम...

पिएचडि स्कलर राईद्वारा विश्वप्रसिद्ध हङकङ लौरियट फोरममा वैज्ञानिक कार्यपत्र प्रस्तुत

सम्बाददाता बगैंचा सन्चार हङकङ हङकङ पोलिटेक्निक विश्वविध्यालयमा विद्यावारिधिका लागि अध्ययनरत २८ वर्षीय डा. मिलन राई उत्कृष्ट २०० युवा वैज्ञानिकहरूमा छनौटमा परि यहि नोभेम्बर १३ देखि १८ सम्म आयोजित विश्वप्रसिद्ध हङकङ लौरियट फोरममा सहभागि भई आफ्नो वैज्ञानिक अनुसन्धान प्रस्तुत गरेका छन् । हङकङ लौरियट फोरम परिषदले विश्वभरिबाट खगोल विज्ञान, चिकित्साशास्त्र र गणितशास्त्र विषयमा अध्ययनरत र विद्यावा...