रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश……

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । बुधबार जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश विद्याराज पौडेलको इजलासले उक्त आदेश दिएको हो । साथै तीनजनालाई साधारण तारेख र एकजनालाई धरौटीमा छाड्नसमेत आदेश दिएको छ । चौरजहारी नगरपालिका–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने...

सडकमा ग्राभेल खसाल्ने कामलाई रोक्न गएका नगर प्रहरी कुटिए……

शहरी विकास मन्त्रालयबाट आएको बजेटबाट गुपचुप तरिकाले भैरहेको सिमरा–मलाही सडकमा ग्राभेल खसाल्ने कामको बारेमा बुझ्न गएको महागढीमाई नगरपालिकाका नगर प्रहरीलाई बुधबार कुटपिट गरिएको छ। कुटपिटबाट नगर प्रहरी नमिता कुशवाह लगायत घाईले भएका छन्। धारिलो हतियारबाट प्रहार गरिएको कुशवाहाको टाउकोमा चारवटा टाँका लागेको कलैया अस्पतालले जनाएको छ। ‘नगरप्रहरीको टाउकोमा गहिरो चोट लागेको छ,’ कलैया अस्पतालका डाक्टर रबी रो...

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो……

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना मुक्त भएका छन्। कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका ...

कोरोना संक्रमणबाट एकैदिन ३ सय ७० जना निको भए……

सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् । निको हुनेहरुमा द...

देशभर फैलियो मनसुन, काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा बाढीको जोखिम……

जुन १२ मा प्रवेश गरेको मनसुन अहिले देशभर सक्रिय भएकाले मौसमी गतिविधि बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । महाशाखाले आइतबार साँझ जारी गरेको विशेष बुलेटिनमा भनिएको छ– सामान्यतया मनसुन जुन १० मा नेपालको पूर्वी भू–भागमा प्रवेश गर्छ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो। आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गत...

गाउँगाउँ पुगे संक्रमित, समुदायमा फैलिने त्रास……

भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर रिपोट नआउँदै घर पठाइयो। त्यस्ता नमुनाको रिपोर्टमा संक्रमणको पुष्टिभएपछि सुदूरपश्चिमका कैलाली, बैतडी, डडेल्धुरालगायत विभिन्न जिल्लाका गाउँगाउँपुगेर समुदायमा घुलमिल भएका संक्रमितखोज्न भ्याइनभ्याई भएको छ। ‘५८ जनाको पिसिआर जाँचका लागि...

बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण……

बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन । ‘स्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘पीसिआर रिपोर्...

खुसी बनाउने सपनासँगै झाँगिएको नवराज र सुष्माको प्रेम सम्बन्ध……

गत वर्ष रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रनिङ शिल्ड थियो। जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए। त्यतिबेला चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लसँग प्रेम सम्बन्ध सुरु भयो। प्रेम सम्बन्धमा सुरु भएपछि उनीहरू बीच विभिन्न समस्या आउन सुरु भए। कारण थियो जातीय भिन्नता। प्रेम सम्बन्ध सुरु भएको वर्ष दिनपछि दुवैले विवाह गर्ने सहमति भयो। केटा–केटीबीच...

हङकङ बाट दुर्गा गुरुङ दम्पतीद्वारा बाजुङ हेल्थ पोष्टलाई स्वास्थ सामग्री सहयोग ।

२९ बैशाख । अहिले विश्व नै कोरोना भाईरस महामारीसंग युद्ध लडि रहेको बेलामा हङकङ निवासी गुरुङ दम्पतीले बाजुङ हेल्थ पाेष्टलाई अति आवश्यक स्वास्थ सामग्री पि पि ई ,माक्स र सर्जिकल पन्जा सहयाेग र माेदी गाउँ पालिका बाजुङ वडा नं ५ पर्बतलाई मास्क र नयाँ क्यालेन्डर प्रदान गर्नुभएको छ । पुर्खौलि घर बाजुङ्ग, फलाने गाउँ  लामो समयदेखी हङकङ बस्दै आईरहनु भएको, बिश्व मिलन समाचारका अध्यक्ष ,मिलन फाउन्डेसन नेपालका...

शियार आदिवासीको लकडाउन

डोल्मा शेर्पा /सिन्धुपाल्चोक कोरोना भाइरस कोभिड-१९को विश्वव्यापी सन्त्रास फैलिरहेको बेला गोरखा जिल्लाको चुमउपत्यका भने शाान्त र सुरक्षित रहेको छ । गणेश हिमाल पारी भनेर चिनिइने चुम उपत्यका नेपालकै दुर्गम क्षेत्र हो, र यस उपत्यका चिनको स्वशासित क्षेत्र तिव्वतसंग जोडिएको छ । अति सीमान्तकृत लोपोन्मूख शियार आदिवासीको मूख्य आदिभूमि मानिएको चुम उपत्यकामा स्थानीय सरकारले प्रथाजनित परम्परागतसंस्थाको ...

मेलिना राई र सुजनको मनै वहलाउने ‘प्रेम सुरको’ युट्यूवमा…

कति राम्रो त्यो वोलि नै मनपर्यो तिमिले लाको त्यो चोली नै मनपर्यो... हालका सर्वाधिक लोकपृय गायिका मेलिना राई र नव गायक सुजन आङ्देम्वेको स्वरमा २०७६ फागुन २५   गते इन्द्रेणी व्याङक्वेट नयाँवानेश्वरमा एक कार्यक्रममाँझ  सुजन आङ्देम्वे लिम्वु युट्यूव च्यानलमार्फत म्यूजिक भिडियो    सार्वजनिक भएको छ । मेलिना र सुजनको गायकीले गीतको मर्मलाई औधी न्याय गरेका छन्, मन वहलाउछ स्रोताको ।                  रमेश...

लिम्बू पत्रकार संघ उपत्यका समितिमा एमपी सुब्बा

काठमाडौं, १४ माघ । लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । राजधानीमा मंंगलबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा उपाध्यक्ष सुक तुम्रोक, सचिव, महेश लिम्बू र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् । धनबहादुर फागो, सेन्छेलुङ पतङ्वा र कुलचन फोम्बो निर्वाचन मण्डल रहेको अधिवेशनले अविन लिम्बू, ...