जुर्मुरायो याक्थुङ (लिम्वु) प्रवुद्ध समुह ( भिडियो सहित )

आदिवासी समुदायको हक अधिकार, पहिचानलाई संविधान, ऐन कानुनहरुले सम्वोधन नगरिरहेको र राज्य संयन्त्रले किनारिकृत गर्दै लगेको सन्दर्भमा याक्थुङ (लिम्वु) समुदायका प्रवुद्ध समुहले थरगत समुहहरुलाई संगठित गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ सहितको विद्धत समुहले ३२६ भन्दा वढि याक्थुङ थरगतहरूलाई संगठित गर्न राजधानीमा उपलब्ध थरगत प्रतिनिधिहरूलाई भेला गरेर अवधारणा सार्वजनिक गरेको हो । आदिवासी याक्थुङ थरगतहर...

लिम्वु नक्कली र याक्थुङ सक्कली हो: डा. भट्टचन (भिडियो सहित)

लिम्वु आदिवासी जनजाति कहलाउनुपूर्व लिम्वु समुदाय अनादिकालदेखि याक्थुङ वा याक्थुङ्वा हुन् । आधुनिक नेपाल निर्माण भएपछि याक्थुङहरुलाई राज्यबाट लिम्वु बनाइएको इतिहास २४५ वर्ष भन्दा वढि नभएको समाजशास्त्री डा: कृष्ण भट्टचनले बताएका छन् । पत्रकार राजकुमार दिक्पालद्धारा लिखित आदिवासी विद्रोहको इतिहास नामक पुस्तकको राजधानीमा विमोचनको अवसरमा टिप्पणी गर्दै भट्टचनले उक्त विचार व्यक्त गरेका हुन् । नेप...

भिसि लिम्वु वेघा वंशका महानायक/बेघा थोबोजुम काठमाडौ।

३० मंसिर काठमाडौ । युद्धमा अदम्य शाहसका पर्याय भिसि राम वहादुर वेघालाई आफ्नै कुल बंश उत्थानमा सक्रिय इक्साहाङ इङ्मिसो बेघा थोबोजुमले ललितपुर चुम्लुङहिममा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । थोवोजुमको पूर्व अध्यक्ष समेत रहनु भएका भिसिलाई वेघा कुल बंशको  देश विदेशमा पहिचान स्थापित गर्न पुर्याउनुभएको योगदानको स्मरण गर्दै आगामि दिनमा पनि उहाँको छत्रछाँया र आशिर्वादमा काम गर्न महानायकको रुप...

मेला वजारको जीवन्त झझल्को चासोक तङ्नाम (भिडियो सहित)

२७ मंसिर,काठमाडौ । सिरवन्दी, कण्ठमा च्याट्टै सजिएर चासोक मेला भर्न लतितपुर सानो हात्तिवनमा देखिइन् लिम्वु समुदायकी सेलिब्रेटि प्रविन पन्धाक । युवा र वुढापाकाहरुसंग फोटो खिचाउन व्यस्त थिइन् । कोही भने सोल्टीनिसंग आज धाच नाच्ने भन्दै जिस्काउदै थिए । काठमाडौ मै हुर्केकी पढेकी उनी लिम्वुनीपनले भरिपूर्ण, रुपले छपक्कै मात्र नभई बौद्धिकताले सजिएकी प्रविनले ठठ्याउली पाराले सोल्टीहरुलाई जवाफ फर्काउदै थिइन...

जिउदो भिसि वेघाले ८४ वर्षमा सम्झिए भिक्टोरिया पदक

दमक - ५ मंसीर । वेलायतका महारानीले समेत उभिएर सम्मान व्यक्त गर्ने उच्च ओहोदाको भिक्टोरिया क्रस( भिसि) पदकबाट विभुषित नेपालका एकमात्र जिवित व्यक्ति राम वहादुर वेघाले ८४ वर्षको अवसरमा पदक प्राप्त गरेको दिन झापाको दमकमा भव्य कार्यक्रमको आयोजना गरेकाछन । वेघाले ८४औ वर्षगाँठको सन्दर्भमा पाँचथर जिल्ला यांङ्बरक गाउँपालिका च्याङथापुमा जन्मेर वेलायती सेनामा भर्ना भई व्रुनाईको युद्धमा अदम्य साहस देखाएवापत ...

तुम्याहाङहरुबाट कमल तिगेलाको पिएच.डि. उपाधि अनुमोदन

१६ कार्तिक, काठमाडौ । त्रिभुवन विश्व विद्यालयबाट भखर्रै पिएच.डि. उपाधि प्राप्त गरेका छथर निवासी कमल प्रसाद तिगेलाले दश लिम्वुवान सत्र थुमको परम्परा अनुसार लिम्वु तुम्याहाङहरुबाट विधिवत रुपमा चौठोमा रक्सी (पुङ) राखी उपाधिलाई चुम्लुङहिम ललितपुरमा अनुमोदन गराए । लिम्वु समुदायमा तुम्याहाङ सर्वोच्च निकाय भएको र कुनै पनि उच्च निकायले उपाधि, विभुषण दिए पनि तुम्याहाङहरुले स्वीकार नगरेसम्म समुदायमा मान...

फुलेन्देको बाउको ‘घरजम’ दमकमा प्रदर्शन

३ कार्तिक, दमक झापा । लिम्वु भाषाको चर्चित निर्देशक तथा कलाकार मौसम इम्वुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र घरजम दमकको पाथिभरा हलमा भव्य प्रदर्शन भएको छ । पछिल्लो समयमा फुलेन्देको बाउको चरित्रमार्फत नेपाली दर्शक स्रोताहरुमाझँ ढुकढुकी बन्नु भएका फुलेन्देको बाउले उहाँको निर्देशन कलालाई तिखार्दै नेपाली कथानक चलचित्रको निर्देशन गरेका हुन् । लामो समय हङकङमा वसेर पनि नेपाली कला, संस्कृतिलाई अगाघ...

मृगौलारोगी रामकुमारी सिङ्गकलाई युकेबाट सहयोग 

ललितपुर, ११असोज । सिङ्गक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्गक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान हिजो  गरेको छ । शुक्रबार ललितपुरस्थीत सुमेरू अस्पतालमा सिङ्गक समाज, केन्द्रीय समितिका सचिव मीना सिङ्गकबाट विरामीलाई प्रदान गरिएको हो । सहयोग प्रदान गर्दै सिङ्गक समाजकी सचिव मीना सिङ्गकले विरामीको परिवारले कुनै सहयोगको आव्हान नगरेता पनि समाज आफैले बुझेर सहयोग गरेको बताइन् । सिङ्गक परिवारको छो...

लिम्वुवान अध्ययन केन्द्रको पुस्तकालय उद्घाटन

५ असोज काठमाडौ । लिम्वु र लिम्वुवान सम्वन्धी अध्ययन गर्न चाहने अध्येताहरु, शोधार्थी, विधार्थी र आम पाठकहरुको लागि काठमाडौंमा हिजो ४ असोज मा पुस्तकालय स्थापना भएको छ । किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा रहेको लिम्वुवान अध्ययन केन्द्रको कार्यालयमा विगत ३ वर्षको निरन्तर प्रयासपश्चात् पुस्तकालयको रुपमा उदघाटन भएको हो । ज्ञान आर्जन गर्ने, सिर्जना गर्ने, लिम्वु र लिम्वुवानको बारेमा बौद्धिक वहस ...

याक्थुङ लेखक सङ्घ द्वारा आयोजित कविता तङ्सिङ् सम्पन्न

काठमाडौँ: याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविताहरु वाचन गरेका थिए । कार्यक्रममा २२ कविहरु हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज शेर्मा, राज...

भेडिगोठाले चलचित्र जापानमा प्रदर्शन हुने ।

२३, असार  काठमाडौ । गुरुङ समुदायको कला, संस्कृति र जीवनशैलीको वेजोड प्रस्तुती रहेको भेडिगोठाले चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । गुरुङपन, गुरुङशैली, परम्परामार्फत आम दर्शकलाई अनुपम मनोरञ्जन प्रदान गर्न सफल चलचित्रको माग विभिन्न देशहरुमा भएपछि जापानमा आगामी जुलाई २१ मा प्रदर्शन हुन लागेको कार्यकारी निर्माता दुर्गा गुरुङले जानकारी दिएका छन् । गणेश गुरुङको निर्देशनमा बनेको भेडिगोठाले चलचित...

मुन्धुमविद्हरूको मुन्धुम समीक्षा

२० असार, काठमाडौ । संकलित मुन्धुमको पाण्डुलिपिलाई उत्कृष्ट पुस्तक बनाउन लिम्वु समुदायका लब्ध मुन्धुमविद्हरूमाझ अन्तक्रिर्या सम्पन्न भएको छ । मुन्धुमका स्रोतहरू ४ जना येवा र विज्ञबाट संकलित मुन्धुमको संकलन, लेखन, अनुवाद तथा सम्पादनमा विज्ञ तुम्याहाङहरूबाट परामर्श लिने उद्देश्यले काडमाडौंमा अन्तक्रिर्याको आयोजना भएको हो । देश विदेशमा रहेका याक्थुङ्् लिम्वु समुदायका लागि साझा, सर्बस्वीकार्य र...