फ्रेन्च लिगमा सावित्राको पहिलो गोल…..

काठमाडौँ — वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा व्यक्तिगत पहिलो गोल गरेकी छन् । एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहेकी भण्डारीले शनिबार राति लिलविरुद्ध उक्त गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी भण्डारीले त्यसको ५ मिनेट अर्थात् इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस...

फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित…..

काठमाडौँ -   पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थि...

आज जोर्डनसँग उपाधिका लागि भिड्दै नेपाल…..

काठमाडौँ -    पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ । फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्...

प्रीति राईको गोलले नेपाल फाइनलमा…..

काठमाडौँ — प्रीति राई र उनले गरेको गोलको लागि नेपाली महिला फुटबल सधैं ऋणी रहनेछ । वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षाबाट गुज्रिएको थियो र त्यसलाई पार गर्न नेपालले अन्तिम समयसम्म कुर्नु परेको थियो । लेबनानविरुद्धको सेमिफाइनल १–१ को बराबरीमा थियो । खेलले इन्ज्युरी समयको पाँचौं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट प्रीतिले गरेको प्रहार गोलमा परिणत भएको थियो । यस...

नेपाल नेदरल्यान्ड्सविरुद्धको खेलमा ९ विकेटले विजय…..

काठमाडौँ — नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन । कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गर...

क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ४ विकेटले विजय…..

काठमाडौँ — अनिल शाहको कीर्तिमानी अर्धशतक, कप्तान रोहित पौडेल र देव खनालको शतकीय साझेदारीमा नेपालले शनिबार क्यानडाविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटको विजय हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखला २–० को अविजित अग्रतासाथ जितेको छ । अनिलले १९ बलमै अर्धशतक तथा रोहित र देवले तेस्रो विकेटमा १ सय ५० रनको साझेदारी गरेपछि नेपालले २ सय ८६ रनको लक्ष्य ४५.१ ओभरभित्र २ सय ८७ रन बन...

क्रिकेट टोलीलाई क्यानले ५० लाख पुरस्कारले सम्मानित गर्ने…..

काठमाडौँ — आईसीसी ट्वान्टी-२० विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख रूपैयाँ नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ । क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले यू–१९ एसिया कपमा छनोट हुन सफल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रोत्साहनस्वरूप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्...

विश्वकप प्रारम्भिक चरण छनोट, लाओसविरुद्ध नेपाल…..

काठमाडौँ — ‘मैले चाहेअनुसारको टिम बनेको छ । मैले धेरै बोल्नु हुन्न । टिमले मैदानमा खेलेर देखाउनेछ । फुटबलमा यत्तिको सुन्नमा पनि मज्जा आउने हुन्छ । धेरै आत्मविश्वासी भएन र ? सायद हो नै । यो भनाइ हो, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको । विश्वकप प्रारम्भिक छनोटको पहिलो लेगमा नेपालले बिहीबार दशरथ रंगशालामा लाओसको सामना गर्न लागेको हो । फेरि एकपल्ट विश्वकप छनोटको मा...

१९औं एसियाली खेलकुद आजदेखि, नेपालले २९ खेलमा भाग लिँदै…..

हाङचउ — एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनिय...

महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई…..

काठमाडौँ — इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । रोमाञ्चक फाइनलमा स्पेन दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुक्यो । खेलको ७० औं मिनेटमा जेनिफर हेरमोसोले गर...

अब नेपालले सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने…..

काठमाडौँ — क्रिकेटका नेपाली फ्यानको उत्सुकता बढाउँदै दुई दिन चल्यो– एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल । नेपालले सोमबारै विपक्षी यूएईको ९ विकेट खोसेर जितको आधार तयार पारिसकेको थियो । र, मंगलबार ७ विकेटको जित रच्दै एसिया कपको ढोका खोलेको छ । ३१ ओभरभित्र विजय लक्ष्य पूरा गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियनमात्र बनेन, सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो खेल सुनिश्चित पनि गर्...

‘खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, जसले राष्ट्रलाई विश्व जगतमा चिनाउने काम गर्दछन्’

प्रसंग र अनुभूति.... ‘खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, जसले राष्ट्रलाई विश्व जगतमा चिनाउने काम गर्दछन्’ २१ मार्च २०२३ आईतबार नेपालका चर्चित अल्ट्रा धाविक सुनमाया बुढासँग संयोगबस भेट हुन पुग्यो। यो अवसर चाही खेलप्रेमी जुडो र इकेदो मास्टर नविन सुनुवारले जुटाएका थिएँ । सुनमाया ५० कि.मि. दुरिको द नर्थ फेस अल्ट्रा ट्रेल रनमा भाग लिन हङकङ आएकी थिईन । २०२३ मार्च ११ तारिक शनिवार सम्पन्न उक्...