एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरियो नेपाल…..

काठमाडौं, बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो ...

पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल…..

काठमाडौं, नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई...

ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा…..

काठमाडौं, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । ...

आर्सनलमाथि सिटीको गोल वर्षा…..

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० को शानदार जीत हासिल गरेको छ । यो सिजन जीतविहीन रहेको आर्सनलको यो लगातार तेस्रो हार हो । शनिबार भएको खेलमा आर्सनल खेलको सातौँ मिनेटमा नै पछि परेको थियो । ग्याब्रियल जिसुसको पासमा इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाएका थिए । १२ मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० ...

नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने…..

काठमाडौं, एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।...

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने…..

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरम...

पेनाल्टी सुटआउटमा भिल्लरियल पराजित…..

काठमाडौं, भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जितेको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुने गर्छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जितेका थिए । ९० मिनेट र अतिरिक्त समयमा समेत एक–एक गोलको बराबरी भएपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको हो । चेल्सीका लागि हाकिम जियचले खेलको २७ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, ७३ मिनेटमा जेर...

फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ…..

काठमाडौं, भर्खरै मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् । उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् । मेरो लक्ष्य र मेरो सपना थप एकपटक च्याम्पियन्स लिग जित्ने हो । मलाई लाग्छ, हामीसँग यस्तो गर्नसक्ने टोली छ,’ पिएसजीले मेस्सीलाई सार्वजनिक गर्नका लागि आयोज...

नेपालकी छोरी बेलायतको टोटेनह्याम फुटबल क्लबमा आबद्ध…..

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का ला...

ग्रीष्मकालीन ओलम्पिक आइतबार सम्पन्न हुँदै…..

काठमाडौँ, कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन् । लामो इतिहास बोकेको खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो आयोजना ओलम्पिक हुँदा पनि स्वाभाविक रूपमा सोही प्रक्रिया हुने गर्छ। तर, १ सय २५ वर्षे ओलम्पिक इतिहास यस पटक भने फरक रह्यो। ३२औं संस्करणको छ। खेलका प्रतिस...

नेइमारभन्दा ५० लाख बढी तलब…..

अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।  फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार ...

टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा…..

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर...