मेस्सीले क्लब छाड्ने बार्सिलोनाको घोषणा…..

काठमाडौं, लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । स्पेनिस क्लबसँग अर्जेन्टिनी खेलाडीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो । फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौ...

पारस खड्काको निर्णय अप्रत्यासित…..

काठमाडौं, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन् । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका ल...

बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशि…..

काठमाडौँ, सहिद स्मारक ए डिभिजन लिगको पुरस्कार राशि बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो।यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख ...

एम्माको नयाँ कीर्तिमान,मेडल नै मेडल…..

काठमाडौं, अस्ट्रेलियाली पौडीबाज एम्मा म्याककियन एउटै ओलम्पिक प्रतियोगितामा ७ वटा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । आइतबार थप दुईवटा स्वर्ण पदक जित्दै उनले सो कीर्तिमान बनाउन सफल भएकी हुन् । स्वीमिङ प्रतियोगिताको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल जितेपछि उनले अस्ट्रेलियालाई ४ १०० मिटर मिड्ली रिलेमा स्वर्ण दिलाइन् । २७ वर्षीय म्याककियनले टोकियो ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्न सफल रहिन् । यसमध्...

टोकियो ओलम्पिक, १०० मिटरमा जमैकन वर्चस्व…..

टोकियो — जमैकाकी एलेन थम्पसन–हेराले शनिबार महिला १०० मिटर दौड जितेर आफ्नो ओलम्पिक उपाधि रक्षा गरेकी छन् । उनले अहिलेसम्मकै दोस्रो उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक हात पारेकी थिइन् । टोकियो ओलम्पिक रंगशालामा थम्पसन–हेराले दुरी पार गर्न १०.६१ सेकेन्ड लगाइन् । सेली–एन फ्रेजर–प्राइसले १०.७४ र सेरिका ज्याकसनले १०.७६ सेकेन्डबाट रजत र कांस्य जितेपछि जमैकाले यो इभेन्टमा ‘क्लिन स्विप’ नै गर्‍यो । थप...

ओलम्पिककी स्वर्ण विजेता डियाजलाई ६ लाख ५० हजार अमेरिकी डलर र घर प्रदान..

मनिला, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले आफ्नै सरकार ढाल्न भूमिका खेलेको आरोप लगाइएकी टोकियो ओलम्पिककी स्वर्ण विजेता हिडिलेन डियाजलाई बितेका घटना बिर्सन सुझाव दिएका छन्। डियाजले यसै ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा तीन दिनअगाडि मात्र आफ्नो देशलाई भारोत्तोलनतर्फबाट पहिलो स्वर्ण दिलाएकी थिइन्। त्यो स्वर्ण फिलिपिन्सको ९७ वर्षे ओलम्पिक यात्रामा पहिलो थियो। तर, उनै डियाजले दुई वर्षअघि मात्र ...

टोकियो ओलम्पिकको तामझामका साथ उद्घाटन…..

टोकियो — विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे सुरु भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ । जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक ...

जुडोकी सोनिया भट्टले रुसकी इरिनाको सामना गर्ने…..

टोकियो — जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० मा कठिन प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार उनले महिला ४८ केजीमुनिको स्पर्धामा रुसी खेलाडी इरिना डोल्गोभाको सामना गर्नेछिन् । आमन्त्रित कोटामा ओलम्पिकमा अवसर पाएकी १९ वर्षीया सोनियाले इरिनाविरुद्ध शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयतामा नवौं स्थानमा रहेकी इरिनाविरुद्ध जित हात पार्न सके सो...

इटाली बन्यो च्याम्पियन, इङ्ल्याण्डको जित्ने सपना चकनाचुर…..

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।अति...

आज राति उपाधिका लागि इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदै…..

काठमाडौँ — युरो २०२० अन्तर्गत आइतबार राति फाइनल खेल हुँदै छ । लन्डनको वेम्बली स्टेडियममा राति १२:४५ बजे हुने खेलमा उपाधिका लागि घरेलु टोली इङ्ल्यान्डले इटालीको सामना गर्नेछ । सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ ले हराएको थियो । इटालीको सेन्टरब्याक लियोनार्डो बोनुची र जर्जियो चिलिनीले सम्हालिरहेका छन् । ...

कोपा अमेरिकामै मेस्सीले बनाएका कीर्तिमान…..

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् । मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान यस्ता छन् ...

डेनमार्कलाई हराउँदै इङल्यान्ड फाइनलमा…..

इङल्यान्डले युरोकप फुटबल प्रतियोगिताको फाइनलमा इटलीसँगको भेट पक्का गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो । १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए । त्यसअघि निर्धारित समयको खेल १–...