literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 23, 2009 | Author : देश सुब्बा
Category : Article / लेख | Views : 303 | Rating :

  
देश सुब्बा

भयवादबारे केही भनाइ

 

          विचारहरूको महाजंगलमा भेला भएका छौं आज । सबैसित आ-आफ्ना जीवित विचारहरू छन् । यही जंगलमा अंकुरित विचार हो भयवाद । भयवादलाई यहाँसम्म ल्याउन यहाँहरू सबैको ठूलो सहयोग छ । त्यसको लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । आजको यस कार्यक्रमलाई मैले गौरवशाली डायास्पोरिक कार्यक्रम मानेको छु । डायास्पोराको जीवनशैली, विचार र साहित्यमा यसको अति ठूलो महत्व रहने छ । यस्तो महत्वपूर्ण कार्यक्रममा मलाई पनि आफ्नो विचार राख्ने अनुमति दिनुभएकोमा आयोजक मित्रहरूलाई धन्यवाद दिन चाहान्छु । यसले डायास्पोराको विचारको उचाइ समातेको छ । डायास्पोराको नेपालीले पैसाको खेती मात्र गर्छन् भन्ने विरुद्धमा यो गतिलो जवाफ भएको छ । अब म संक्षिप्तमा भयवाद राख्न चाहान्छु ।

          भयवादको धारणा विकास हुन थालेको पनि एक दशक हुन लागेको छ । विश्वका दर्शन, साहित्यले सह्रशताब्दी, दुईसह्रशताब्दी मनाउँदै छन् धमाधम यसबेला । नेपाली साहित्य विचारले पनि शताब्दी मनाइसकेको घडीमा भयवाद निकै पछिबाट पहिला विचारमा अनि साहित्यमा आएको छ- हङकङ, काठमाण्डौं र धरानमा विमर्श, छलफल हुँदै । छोटो अवधिमा राष्ट्रिय बहस हुनुले विषयको सघनता जनाउँछ गतिशीलता देखाउँछ । यो सकारात्मक पक्ष हो । यो सबैको जीवनमा सधैँ आइपर्ने स्थायी चेतना हो । जीवन यसैको चालमा चल्दछ । कतिपय अवस्थामा यसले सावधानी गराउँछ भने कतिपय अवस्थामा अगाडि बढ्नबाट रोक्दछ । तर यसले हामीलाई सधैँ चनाखो र चलाकी बनाउँछ । हामीलाई थाहा छ यो एक किसिमको अवरोधको रातो संकेत हो र प्रगतिको हरियो बत्ती पनि हो । यो नकारात्मक भयो भने निस्सार, अराजक, उत्श्रृंखल, अतिवादी, युद्ध बन्दछ । यस अर्थमा यो एउटा भयाभय रोग हो । यस्तो रोग सबै मान्छेमा हुन्छ, प्राणीमा हुन्छ । कवि Audre Lorde भन्छन् "When I dare to be powerful, to use my strength in the service of my vision, then it becomes less and less important whether I am afraid."!

           "भय वैश्विक मानवीय अनुभव हो, यसले हामीलाई कुनैपनि भयको विरुद्धमा एकताको सुत्रमा आबद्ध हुन सिकाउँछ ।" "तर अर्कोतर्फ हेर्ने हो भने सुन्दर चेतना हो ।" "सभ्य विकसित समाजको निर्माण । विपक्षीको कित्तामा सिर्जनात्मक भय उत्पन्न गरेर सौहार्दताको निर्माण गर्नु पनि यसको उद्देश्य हो" हामी सुन्दर चेतनाको कुरा गरिरहेका छौ भयवादमा । यो चेतना उर्जाशील र प्रगतिशील भनिरहेका छौं । यसले घेरिएको मण्डलबाट निस्किने छुट्टै महापथ हो भनिरहेका छौं।  

          यसको आकाश फराकिलो छ । यो धेरै तन्काउन सकिने विषय हो । भयको रूप ज्यादै व्यापक छ । यतिको व्यापक शब्दको विस्तार अरु शब्दमा छैन । भय, भयकम्प, भयकारी, भयङ्करः भयानक, भयकर, भयावह, भयजनक, भयदायी, भयजनित, भयकरता, भयजन्य, भयत्रस्त, भयत्राता, भयप्रद, भयभञ्जन, भयनाशक, भयभीत, भयत्रस्त, भयभ्रष्ट, भयविहृवल, भयाकुल, भयाक्रान्त, भयातुर जस्ता तमाम शब्दहरू छन् । हो अहिले यसैको अनुसन्धान भैरहेको छ भयवादमा

          नेपाली साहित्यमा दर्शनमाथि प्रयोग विरलै पाइन्छ । आदिवासी उपन्यासले एउटा इटा थप्ने काम गरेको छ-भयवादमा प्रयोग गरेर । "सिर्जना हुँदै गर्दा सिर्जनालाई हेर्ने दृष्टिकोण (वाद) सँगसँगै उपस्थित हुनु आँटिलो कुरा हो । यस अर्थमा भयवाद सिर्जना गर्नलाई अथवा सिर्जना गरिरहँदाको अवस्थामा भन्दा समालोचना पद्घतिमा सबैभन्दा सजिलो र बढी प्रयोग गर्न सकिने विधि भनेर संकेत गर्दा हुन्छ होला ।" भयवादमा समालोचना, समाचार, लेख, रचनाहरू लेखिन थालिएको छ । अझै प्रशस्त पुस्तक लेखिनुपर्छ । विश्वले हजारौ वर्षदेखि गरिरहेको प्रगतिमा नेपालीपन थप्नुछ । यसको ओभरल्यापले हिजोको दृष्टिकोण, मान्यता, स्थायी र सत्यलाई नयाँ आयाम दिने छ । नेपाली साहित्यमा नयाँनयाँ प्रयोग हुन थालेको पनि निकै भैसक्यो । अझै थपिएको थपिए छन् । त्यसैले भयवादले चुप लागेर बस्ने समय छैन । आर्थिक मन्दी, बेरोजगार, आतङकारी हमला, हत्या, आतङक, युद्ध, पृथ्वीको बढ्दो तापक्रम, प्राकृतिक प्रकोप, वायु प्रदुषण, वनविनाश, भोक, अनिकाल, आणविक हतियार, रेडियो विकिरण, जीव, वनस्पतिको लोप, धार्मिकयुद्ध, जातीययुद्ध एच.फाइव एन.वन भाइरस, बर्ड फ्लु, सार्स, एडस जस्ता तमाम कारणले विश्व भयाभय बन्दैछ । "संसार भयको महाप्रलयमा छ । संसार भौतिक सुखले आधुनिक होडबाजी र अस्त्र युद्धले पृथ्वीमात्र होइन ब्रह्माण्ड नै कब्जा गर्ने सुरमा छन् ।" यही भयाभय अवस्थाबाट निकासा दिने दर्शन विश्वलाई चाहिएको छ । भयवाद त्यतातिर गतिवान छ यतिखेर । 

           दर्शनको ग्यापबाट उठाएको वाद 'भयवाद' "ज्याक डेरिडाले निर्देशन गरेझैँ यसमा खोज्ने ठाउँका ग्यापहरू छाडिएका छन् ।" जीवनलाई हेर्ने नयाँ प्रआँखा । जीवनलाई त्यताबाट हेर्ने सिद्धान्त । भयवाद भन्दछ-जीवनदेखि मृत्युसम्म वा संभावित घटनादेखि घटनासम्म भयको परिभ्रमण हुन्छ । यसैमा मान्छे खेलिरहेको हुन्छ, हाँसिरहेको हुन्छ, बाँचिरहेको हुन्छ । यो प्रगतिशील चेतना हो । चेतनाको अवस्थालाई सामान्यतया तीन किसिममा विभाजन गरेको पाउँछौं-जागृत, सुप्त, सुषुप्त । यी तिनै अवस्थामा चेतना फरक हुन्छ र भयपनि । चेतना सबै प्राणीसँग हुन्छ सम्बन्धित विषयको ज्ञान भएपछि भय हुन थाल्दछ । कसैलाई रोग लागेको थाहा नभइन्जेल भय हुँदैन । निरोगी मान्छेजस्तै खानेपिउने गर्छ । थाहा भएपछि उसलाई भय हुन थाल्दछ । सँगै बस्ने, खाने, मान्छेहरू पनि रोग सर्ने डरले परपर भाग्न थाल्दछन् । भयले सबैको गतिविधि, व्यवहार, क्रियाकलाप प्रभाव पार्दछ । यस सिद्धान्तले यही कुरालाई व्याख्या गर्दछ । दर्शनभित्रबाट यही व्याख्यालाई छुटयाएर निकाल्दछ । जीवनमा भय निरपेक्ष छ वा जीवनका नौरसहरूमा शक्तिशाली । र जगत् जीवनमा सापेक्षित । जीवनले नै जगत्को व्याख्या गर्दछ । यसबाट निस्किने मान्छे वा प्राणीको आ-आफ्नै नौला पथहरू हुन्छन् । यसैबाट निस्किने महापथमा हिाड्दै छौं हामी यतिखेर ।

          सबै चेतनशील मान्छेलाई समान किसिमको भय हुन्छ भन्ने हुँदैन । एउटै विषयमा कसैलाई बढी त कसैलाई कम हुन्छ जस्तै भूत । मान्छेमा फरक चेतना, फरक सहने क्षमता र त्यसलाई ग्रहण गर्ने फरक क्षमता हुन्छ । सबै मान्छेलाई भय त हुन्छ नै । "कसैले नकार्न सक्दैन कि जीवन भयमय छैन । तर यो भय, चेतना र सहनशीलतामा निर्भर रहन्छ ।" त्यस्तै जीवन, जगत्, मृत्यु, आफन्त, सम्पत्ति, स्वर्ग, नरक सबै थाहा नभएको भए मान्छेलाई भय हुँदैनथ्यो । चेतनाको विकाससँगै थाहा पाउँदैजान्छौं र भयभीत हुँदै जाँदैछौं ।

भयवादमा एउटा प्रचलित शब्द प्रयोग हुँदै आएको छ । त्यो हो-प्रकट (इनलाइटमेन्ट) । आदिमकालबाट प्रकटलाई साधारण रूपमा प्रयोग गरिन्दै आइएको छ । समयको सुक्ष्म खण्डमा नयाँ नयाँ प्रकट भैरहेको हुन्छ वा प्रकट एउटा ग्याप हो, एउटा शून्यता हो । जीवन-चेतना-ज्ञान-भय-भयवाद यो यसरी सुत्रबद्ध छ । "इनलाइटमेन्ट एउटा निस्किने बाटो हो ।" भयवादमा यो बलियो छ । किनभने जीवन र जगत् प्रकटको लामो श्रृंखला हो । "भयको निरुपण निर्भयको अभ्यास हो । हरेक समय र घटनामा मान्छेले भय महसुस गर्छ । पहिलो भय समाप्त भएपनि अर्को तत्काल देखा पर्छ । भय विहिनता आफै एउटा भय हो । भय नहुनु सृजनशिलताको समाप्ति हो ।" छेलिएको, जेलिएको, थिचिएको भागबाट निस्किने एक्जीट हो-प्रकट । चेतनशील प्राणीले समयको सानो खण्डमा देखेर, सुनेर, बुझेर, सोचेर एउटा अवस्थाबाट अर्को अवस्थामा फड्को मार्छ । जीवनमा पाना पल्टाएको जस्तो हुन्छ प्रकट । यस्ता प्रकट जीवनभरि नै भैरहेको हुन्छ । तर कतिपय उल्लेखनीय हुन्छन्, कतिपय हुँदैनन् । मान्छेले ज्ञान प्राप्त गरेको वा इनलाइटमेन्ट भएको पनि प्रकट नै हो । त्यसैले भयवादमा यसको ठूलो महत्व छ ।

          प्रकट एउटा पल्लव हो । खासगरी छेकिएको, जेलिएको, ढाकिएको दुर्गम ठाउँहरूबाट निस्किने । जीवन बारेमा धेरै दर्शनले बोलेर गएका छन्, बोल्दैछन् । धर्मशास्त्रले बोलेका छन् । त्यस्तै मानवशास्त्र, मनोविज्ञान, विज्ञानले बोलेको बोलेकै छन् । कसैले गहिरो प्रभाव छोडेका छन् त कसैले कमसल । कतिपय दीर्घकाल, कतिपय अल्पकाल । भयवाद पनि समानान्तर बोल्दैछ । तर यसमा ओज, तेज, कान्ति सबै छ । जीवनको सामिप्यमा छ । कतिले सहजै स्वीकारिरहेका छन् । कतिले असजिलो तरीकाले । जीवनमा यो सर्व्याप्त छ । यसलाई सम्हाल्न सके जीवन सहज बन्दछ । जब एउटा रेखा अर्को रेखामा ओभर ल्याप गर्छ निश्चितै त्यहाँ गहिरो प्रभाव पार्दछ ।

          सजीव प्राणीलाई आन्तरिक र बाहृय चारैतिरबाट भयको मण्डलले घेरेको हुन्छ । यो यति सक्रिय र प्रभावकारी हुन्छ यसले जीवनलाई निर्देशन, नियन्त्रण गर्दै जान्छ । यसको प्रभावमा मान्छेको निर्णय प्रभावित हुन्छ-सानोदेखि ठूलोसम्म । एउटा संभावित घटना वा जीवन हुन्छ र मृत्यु । यस बीचमा सबैभन्दा ठूलो भूमिका भयको हुन्छ । घटना घटिसकेपछि एउटा भय समाप्त हुन्छ, अर्को तयार परेर बसिरहेको हुन्छ । त्यो पनि घटछ्, र फेरि अर्को । "भय मान्छेले मान्छेमाथि गरेको विभेद, अत्याचार दमन शोषणले गर्दा जन्म्यो । यसको कारक मान्छे हो । कारण ऊ उचाइ चाहान्छ अरुभन्दा माथि र अरुलाई तल हेर्ने शासन चाहान्छ । यसको प्रतिवादमा आतङ्क जन्मिन्छ । यो भयको पराकाष्ट हो ।"

          यो शक्तिशाली सकारात्मक शक्ति हो । यो प्रगतिशील, उर्जाशील, घनात्मक सुन्दर चेतना । यो हिजो थियो, आज छ, भोलि पनि हुनेछ । तर हिजो यो कतै छेलिएर मार्जिनल थियो । अहिले समानान्तरमा छ । हिजो भयको महत्व अन्तै थियो सिमान्तमा आदिमतामा । आज समानान्तरमा । यो सुकरात, प्लेटो, एरिसटोटल, कान्ट, निचे, सास्त्रे, माक्र्स, फ्राइड सबैबाट आएको छ । मनोविज्ञान, नृतत्वशास्त्र, इतिहास, दर्शन, धर्मशास्त्र सबैले बोलेको कुरा आएको छ यसमा । अहंमता, इर्ष्या, घृणा, क्रोध, षडयन्त्र, लोभ, चिन्ता, हिनता, लाज, अस्तित्व सबैबाट । रूढिवादी, अन्धविस्वास, धर्म, रीतिरिवाज, सबैमा । हिजो यी भित्रीय मानवीय गुणहरू स्थिर थिए, आज चलायमान, प्रगतिवान र बलशाली भएका छन् । त्यसैले सुन्दर देखिएका छन् । "रंग बाहिरी कुरो भयो भने भय भित्री कुरो ।" यतिको व्यापक जीवनलाई समेट्ने अरु वाद छैन जगतमा । यो एउटा मानवीय जीवनको सर्वव्यापी विचार हो । यसले सम्पूर्ण जीवको, वनस्पतिको र प्रकृतिको चाल हेर्दछ-एककोषिय जीवदेखि बहुकोषिय जीवसम्म, महाशक्ति राष्ट्रदेखि शक्तिहीन राष्ट्रसम्म । दृष्टिकोणहरूको अनकन्टार जंगलमा थपिएको एउटा सुन्दर प्रजाति । तर अहिले नै यसलाई पूर्ण मान्नु पर्ने छैन । "यस सिद्धान्तको परिमार्जन हुन र प्रामाणिक पुष्टि उत्पन्न गर्न धेरै बाँकी छ ।" समयको बग्दो नदीमा विज्ञान, मनोविज्ञान, जीवन, समाज, दर्शन, साहित्यकलाले यसको पुष्टि गर्दै जानेछ । दर्शन, कला, साहित्य सबै पुष्टि हुादै आएका छन्, पुष्टि हुँदै गएका छन् । त्यसैले हतारिनु पर्ने कारण छैन, हिँड्दै जाने घडी छ, भयवाद यसैमा निरन्तर अगाडि बढिरहेको छ ।

 

विकास क्रम

          सन २००० बाट भयवाद अवधारणाको विकास शुरु भएको हो । 

          सन २००५ मा टापू साहित्यिक श्रृङ्खला-१ पत्रिका मार्फत सर्वप्रथम "भयवाद" को प्रारम्भिक घोषणा ।

          सन २००६ अप्रिल २ तारिख, वानचाइको दोभान देउरालीमा भयवादमा अन्तरक्रिया सम्पन्न ।

          सन २००७ फेब्रुअरी २५, मा बाग बजारस्थित अशोका होटलमा भयवाद "नेपाली साहित्यमा नयाँ लेखनको   अवधारणा" अन्तरमन्थन ।

          सन २००७ को डिसेम्बर १३ हङकङमा भयवादमा आधारित उपन्यास "आदिवासी"को विमोचन ।

          सन २००८ जनवरी १३ मा बाग बजारमा "भयवाद" दर्शन र "आदिवासी" उपन्यासमाथि छलफल ।

          सन २००८ को अगस्ट २ मा धरानमा "आदिवासी" उपन्यास र "भयवाद" दर्शन राष्ट्रिय बहस ।

          यसरी भयवादको अन्तरमन्थन, छलफल, विमर्श, अन्तरक्रिया हङकङ, काठमाण्डौ, धरान हुँदै यहाँसम्म आइपुगेको छ । यसवादलाई यहाँसम्म ल्याउन धेरैले सहयोग पुर्याएका छन् । वहाँहरू सबैलाई म धन्यवाद दिन चाहान्छु । यो दिनदिनै झन्झन व्यापक बन्दै गइरहेको छ । यो कला, साहित्य, दर्शन, समालोचना सबैतिरबाट उठिरहेको छ । यो एउटा प्रयोग । धर्म, दर्शन, मनोविज्ञान, विज्ञानबाट लिइएको । नेपाली साहित्य र विचारमा यसको विमर्श निरन्तर छ । अझै प्रशस्त हुन बाँकी छ । "यो विश्वको लागि नेपाली उपहार हो ।"१० । यो विश्व रंगमञ्चमा उर्जा देखाउने नेपाली कला । दिनदिनै यसको ख्याति बढिरहेको छ । डब्लुडब्लुडब्लु डट फियरिज्म डट ब्लकस्पट डट कम यसको सूचना केन्द्र हो । यो भयवादको केन्द्रीय पुस्तकालय । यसमा भयवाद सम्बन्धी लेख, साहित्य, समाचार, अन्तरवार्ता, भिडियो रेकर्ड, कार्यपत्र, फोटो सबै छन् । यसलाई दिनहुँ जस्तो डायास्पोरा र नेपालका थुप्रै पाठक, श्रोताले हेरिरहेका छन् । डायास्पोराबाट सञ्चालित वेव पत्रिकाहरूले उच्च महत्व दिएर प्रकाशन गरिरहेका छन् । ती वेवसाइटहरूमा

          www.fearism.blogspot.com

          www.limbuwan.blogspot.com

          www.khotang.org

          www.dobato.webs.com

          www.samakalinsahitya.com

          www.shrijana.com

          www.freenepal.com

          www.mulbato.com

          www.nepal.hk

          www.janapukar.com

          www.usonline.com

          www.hknepal.com

          www.alopalo.com

          www.bagaicha.com

          र यहाँबाट प्रकाशित समाचार पत्रहरू, मुखपत्रहरूले भयवाद उठाइरहेका छन् ।

          "यो हङकङबाट उठेको एउटा आन्दोलन ।" डायास्पोराको एउटा प्रतिष्ठा । गरिरहेको आविष्कारको बोधार्थ । अब यसलाई अन्तराष्ट्रिय जगतमा लाने सुसमय भएको छ । हजारौ वर्षदेखि दौडिरहेका भुसतिघ्रेहरूलाई खबर दिने बेला भएको छ । यसलाई विभिन्न समूह, ट्रष्ट बनाएर अगाडि बढाउन सकिन्छ । यसले नेपाली गौरव मात्रै दिदैन, जीवनलाई आवश्यकतानुसारको सेवा दिन्छ । यो विचार, साहित्य हुँदै कलामा, विज्ञानमा आउनुछ । भाषालिपि, धर्मसँस्कार, इतिहास सबैतिर आउनुछ । प्रतिपल मान्छेसित भएको चेतना । हामीले यसलाई सबैतिरबाट देख्नुछ । "देशलाई युद्ध र आतङ्कले निलेको बेला भयमा आधारित एउटा सिद्धान्त जन्मिनु ठूलो संयोगको कुरा हो ।"११ यो सबैभन्दा बढी आर्थिक मन्दीले भयभीत विश्व, आतङ्कारी हमलाले त्रसित अमेरिका र भारत, गृहयुद्धले क्षतविक्षत् नेपाल, एडस रोगले ग्रसित अफ्रिका र भोकले निलिरहेको इथोपियालाई थाहा छ । भयवाद त्यही खोजिरहेको छ यसबेला । 
           भयको अनकन्टार जंगल छ चारैतिर- मार्क्शवाद, अस्तित्ववाद, शून्यवाद, विसागतिवाद, धर्म, राजनीति इत्यादिमा । मानवीय इतरपक्षहरू- लाज, हिनताबोध, व्याकुलता, क्रोध, षडयन्त्र, जाल, इर्ष्या, हत्या, आतङ्ग, आन्दोलन, शंका, अतिवाद, रूढिवाद, अन्धविस्वाश सबैमा भय छ । आवश्यकता र भय बीच द्वन्द गराउँदा भय बन्दछ । मैले एउटा बिरामीलाई उठाएर उदाहरण बनाएँ । बिरामीले ��"षधि किन खान्छ ? आवश्यकताले खान्छ कि भयले ? बाँच्नुको आवश्यकता वा मरिन्छ भन्ने भय । बाँच्नु आवश्यकता हुन्छ लाग्दैन । बरु मर्नु भयानक डर लाग्छ, मृत्युसँग होइन, मरिने कुराले मान्छेलाई शशंकित र भयभीत बनाउँछ । उसलाई इच्छा नभएपनि अप्रेसन गर्छ, कसरत गर्छ, ��"षधि खान्छ किन भने ऊ मर्नबाट भयभीत हुन्छ र बाँच्न चाहान्छ । यो आवश्यकताले होइन । जीवनका प्रत्येक पलहरूमा यही सिद्धान्त लागू हुन्छ । यही चेतनाले हामीलाई नयाँ सुमार्ग निदेर्शित गर्दछ । हामी त्यसैको महापथमा हिाडिरहेका छौ । जीवनको आदिम गुफाहरूबाट यसले अन्वेषन गरिरहेको छ । "भयले गर्दा सबै काम रोकिएको छ । हामी भय कम गर्न चाहान्छौ र शान्त, प्रेम, सुखमा बाँच्न चाहान्छौ । यसो गर्न ध्यान, ��"षधि, मित्रता, सृजनात्मक कार्य, अभ्यास, योगा, बगैँचाको हेरचाह, अध्ययन, खेल, यात्रा, संगीत श्रवणको माध्यम प्रयोग गछौं ।"

          "प्राणीको मस्तिष्कमा दुई किसिमको भय प्रणाली विकास भएको हुन्छ । प्राथमिक (Primitive)  र विवेकी (Rational)  । प्राथमिक भय प्रणालीमा मस्तिष्कको भित्र अंगुरको झुप्पो जस्तो देखिने भाग छन्, त्यसलाई amygadala भनिन्छ । यो भय सम्बन्धी सूचनाको केन्द्र हो । यो ग्रीक शब्द"Almond" बाट आएको हो । चिकित्सा विज्ञानले मुसामा गरेको प्रयोगले बताउाछ । मस्तिष्कमा भएको amygadala भन्ने भाग नै भयको भाग हो ।"१२ यो झिकिदिने बित्तिकै प्राणीलाई भय नहुँदोरहेछ । मुसाले बिरालो खेदेको प्रयोग बनेको छ । भय हुने त्यो सुन्दर अंग झिकेर जीवन पूरा हुँदैन । हामीले सम्पूर्ण जीवनमा भयबाट निस्किने मार्गहरू निर्माण गरिरहेका छौं । सबै अंगप्रत्याङ्ग स्वास्थ्य अवस्थाबाट भयको मात्रा घटाउने प्रयास गर्दैछ ।

 

भयको क्षेत्रः

          "भयको क्षेत्र मानसिक र शारीरिक क्षेत्रहरू हुन् ।" मान्छेको चेतनाले स्पर्श गरेको ब्राह्मण्ड र कल्पनासम्म यो फैलिएको हुन्छ । अहंमता, इर्ष्या, घृणा, क्रोध, षडयन्त्र, लोभ, चिन्ता, हिनता, लाज, अस्तित्व, रूढिवादी, अन्धविस्वाश, धर्म, रीतिरिवाज सबैमा भय छ । यी सबै मानवीय गुणहरू विभिन्न कारणले उत्पन्न भएका हुन्छन् । सबै प्रत्यक्ष भयको कारणले नभए पनि गहिरिएर अनुसन्धान, खोज गरेमा धेरै भयको कारणले भएको पाउँछौ । यी सबै आफैमा दर्शन हो । जसरी भयलाई एउटै अर्थ, अवस्था, कारणले हेर्नुहुँदैन, त्यसरी नै यिनीहरूलाई पनि हेर्नु हुँदैन । तर धेरैजसोको अन्तिम कारण भय नै देखिन्छ । कतिपय प्रथम पुरुष, कतिपय मध्यम पुरुष र कतिपय तृतीय पुरुषले गर्दा भय उत्पन्न गर्दछ । समयको अभावले अहिले म सबैको व्याख्या गर्न सक्दिनँ । म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु त्यो शंका ।

          शंकाः यो एउटा भयको आदिम गुफा हो । शंकाको पछाडि जहिले पनि भय हुन्छ । मान्छेले किन शंका गर्दछ ? कताबाट यो चेतना सक्रिय हुन्छ ? यसपछि के हुन्छ ? तमाम प्रश्नहरूमा गोता मार्नु पर्ने भएको छ । हिजो यो केवल शंका मात्र थियो । अहिले भयको स्रोत बनेको छ । हामीलाई कसैप्रति शंका हुन सक्दछ र अज्ञात भय पैदा हुन्छ । शंकाको कारण भय भएको हो भन्ने ज्ञान भएको दिन श्रीमान्, श्रीमतीको घरेलु झगडादेखि युद्ध, महायुद्ध टर्न सक्दछ । परिवारका सदस्य, मित्र, आफन्तजन, राजनीति, धार्मिक, सामाजिक, आर्थिक सबैमा यो विद्यमान छ । यसैको कारणले युद्ध, हत्या, हिंसा हुने गर्दछ । यदि शंका कम भयो भने भय कम हुन्छ र युद्ध, हत्या, आतङ्क सबै कम हुन्छ । यसरी नै अहंमता, इर्ष्या, घृणा, क्रोध, षडयन्त्र, लोभ, चिन्ता, हिनता, लाज, हत्या, आतङक, युद्ध, कानुन, अस्तित्व, रूढिवादी, अन्धविस्वास, धर्म, रीतिरिवाज सबैमा हुन्छ । यस्ता धेरै गुणअवगुणहरू छन्, ती सबैमा भयको सहीछाप हुन्छ । यही कुरा बकिरहेका छौं भयवादमा आज ।

 

किसिम, स्रोत र अवस्थाः

          भय धेरै किसिमको भयतापनि ती सबै भयलाई छ किसिमको भयले समेट्न खोजिएको छ । जिजिभिषा, परलोकगमन, लोककीय, सम्बन्ध, कृत्रिम, बोधअबोध नै भयका किसिमहरू हुन् । यसको मूलस्रोत चेतना नै हो । चेतना एउटा हुँदैन बहुसंख्यक हुन्छ । बहुसंख्यक चेतनाको बहुसंख्यक ज्ञान हुन्छ र बहुसंख्यक चेतना । यही अनुसार भयको मात्रा घटबढ गर्छ र भय फरक हुन्छ । हिजो भय भन्ने शब्द सामान्य अर्थमा थियो, अहिले व्यापक हुँदै गएको छ, हिजो भय भन्ने शब्दले मान्छेको मन त्यति तान्दैनथ्यो, अब बढी तान्न थालेको छ । हिजो यो हत्या, आतङ्क, डर जस्ता नकरात्मक अर्थमा लिइन्थ्यो, अब यो सकारात्मक बनेको छ । यो यसले गरेको फड्को हो । भयसँग सम्बन्धित तमाम अर्थहरूको उत्खनन भैरहेको छ । अझै उत्खनन गर्ने क्रम जारी छ, भयवादको विस्तारसँगै अर्थहरू थपिन्दै छन् । म अहिले भयले बनेको नयाँ अर्थहरूको खेतीमा छु । यसलाई खनिरहेको छु, जोतिरहेको छु, बाउसे गरिरहेको छु, नयाँ नयाँ आयामका बिरुवाहरू रोपिरहेको छु, जीवनलाई फलाउन र सहज मार्गमा हिँडाउन । यो एउटा महापथ हो, भयको जंगलैजंगलबाट निस्किने । यसको सार्थकता जीवनसँग छ, कसैको जीवनले सफलसँग गरेको प्रयोग विधिसँग छ । मैले प्रयोग गर्दै गरेका यो शब्द Fearism अंग्रेजी शब्दको लागि नौलो शब्द हो । सबैलाई लाग्दछ यो शब्द अति नै पुरानो र जीब्रोमा झुण्डिरहेको  जानकार शब्द । वास्तवमा यो शब्दकोषमा नभएको शब्द हो । कम्प्युटरको इन्साइक्लोडियामा नभएको शब्द हो । यो शब्दको नवीन आविष्कार भएको छ । अंग्रेजी dread, fear, danger, terror, afraid जस्ता शब्दहरू मिलेर fearism बनेको छ । Fear मा Ism थपिएको यो नै पहिलो हो । नेपालीमा डर, आतङ्क, भयानक जस्ता शब्दले भयको अर्थ दिन्छ । भय सम्बन्धी विभिन्न विद्वान्हरू बोल्दै, लेख्दै आएका छन् -

          रिचार्ड एम. निक्सन भन्छन्, "मान्छेले भयको प्रतिक्रिया गर्छ प्रेमको गर्दैन ।"१२ भन्छन् Nicco Machiavelli- would you have been the first to point out that human being offer must be motivated by fear, not love seek peace. Advised rulers that given choice between being love or, feared they should choose to be feared since fear is the more impressive, powerful and stable emotion.१२

          "विश्वासमा जब डर हाबी हुन्छ तब व्यक्तिको सपना धुलिसात् हुन्छ ।" मेरी मोनिन मोरिसे

          "डरलाई आफैसित राख्नुहोस, तर हौसलालाई सबैसित बाँड्नुहोस ।" रोबर्ट लुइस

          "एकपटक मानिसले यसको स्वाद चाखेपछि मानिसलाई डर व्हीस्कीभन्दा पनि कडा लाग्न थाल्छ ।" डोनाल्ट डोज

          "हामीले भनिरहेको भय आफैमा भय हो नाम, कारण र प्राणिकता नभएको जसले हामीलाई पक्षघात बनाउँछ ।" फ्राङ्कलिन डेलानो रुजबेल्ट१२

          यस्ता धेरै धेरै विद्वान् छन् भयलाई बोध गरिरहेका र बोलिरहेका । यसको महत्व गौण र रूप अमूत थियो हिजो । आज यो मूर्त भएको छ । हिजो निस्सार, आतङ्कको रंगमा थियो आज प्रगति र गतिवान रंगमा छ । भय र वाद जति चिन्न, चिनाउन सक्यो उति नै सहज मार्गमा जीवन हिाड्दछ । म भयवादमा यही प्रवचन गरिरहेको छु यतिखेर ।

          What is that thunder that booms within my chest,

          That lighting that crashes in my head ?

          What is that silence so still it cannot be heard,

          That darkness I cannot see when I am dead?

          It is the unknown, permeating my body and

          stopping my mind,

          I know only its looming shadow;

          And what shadow is fear. Patricia June Dozier !

          "व्यक्ति, समाज र विश्वमा भय प्राथमिक, आधारभूत र सुन्दर हुन्छ ।"१ भयवाद यी भयहरूबाट निस्किने महापथ हो । हामी भयबाट पूर्ण रूपमा बाहिर निस्किन सक्दैनौ । यसको मात्रालाई कम गर्न सक्छौ । जब हामी भयबाट निस्किन्दै जान्छौ जीवन सहज बन्दै जान्छ । हामी त्यही कोशिश गरिरहेका छौ । "अनेकौं रुपमा अवतरित भय मान्छेका हरेक समस्याबाट प्रकटीकृत भएको हुन्छ । मान्छे भयबाट मुक्ति पाउने प्रयास गर्छ र एउटा भयबाट मुक्त हुनेवित्तिकै अर्को भयबाट आक्रान्त भइसकेको हुन्छ । भय भएन भने पनि किन भएन भनेर भयभीत भइरहेको हुन्छ । यो भयको चरित्र हो । हरेक मान्छेको उद्देश्य भयबाट अघि बढेको छ । तर, भय अनेकौं स्रोतहरूबाट नयाँनयाँ अनुहारबाट मुखरित भई नै रहन्छ । यति भएर पनि भय सबै चेतनामा समान तहमा उत्पन्न/प्रकट हुँदैन । भयको चरित्र मान्छेको मनोविज्ञान अनुसार बनेको हुन्छ ।" १३

 

नमान्ने तर्कः

          कुनै सिद्धान्त विचार सबैले मान्नु पर्ने वाध्यता छैन । विश्वका ठूलाठूला दर्शनलाई पनि ५ प्रतिशतभन्दा बढी मान्छेले मानिरहेका छैनन् । मान्छेमा भएको वैचारिक भिन्नता, संसारलाई हेर्ने दृष्टिकोणको प्रजाति, बुझ्ने र बुझाउने फरक क्षमता, विषय वस्तुको अज्ञानताको (भय ज्ञान) कारणले मत भिन्नता हुने गर्दछ । "भय माथिको अतिक्रमण र प्रतिकार हुन्छ ।"१४ हङकङमा पहिलो पटक भयवादको अन्तरक्रियामा एउटा सान्दर्भिक र सारगर्भिक प्रसङ्ग उठेको थियो । यस अन्तरक्रिया कार्यक्रममा प्रकाश के.सीले फरक मत राख्नु भएको थियो । यस पथमा ठूलै मान्छेको जमात छ । यसलाई म सहर्ष स्वीकार गर्दछु । फरक मतको कारणले नै भयवाद आएको छ । "जीवनलाई भयले मात्र निर्देशित गर्ने सिद्धान्तको विमतमा आवश्यकता र अन्य मत आएका छन् ।" यसमा हामीले धेरै विमर्श बनाएका छौं । म प्रत्येक गतिविधिको पछाडि भय देख्दछु । यही भयवादको निष्कर्ष हो । यही भयबाट निस्किने बाटाहरू भयवाद हुन् ।

 

भयवाद विकास कोष

          यो एउटा ठूलो दर्शनको रूपमा विकास भैरहेको छ । यो दर्शनमा मात्र सीमित नरहेर साहित्य, कला, संगीततिर पनि लागिरहेको छ । यो मानवीय पक्ष हो । यसले मानवीय जीवनलाई सहज बनाउन मद्दत गर्दछ । भयवाद यसैको लागि अगाडि बढिरहेको छ । यसको विकास गर्न एउटा कोष र अध्ययन केन्द्रको आवश्यकता महसुस हुन थालेको छ । त्यसैले त्यस कार्यको लागि यही कार्यपत्रमा प्रस्तावाना गर्दछु । यस कोषले भयवादको विकास गर्ने, अध्ययन गर्ने र मानवीय जीवनलाई सरलीकृत गर्दै जाने लक्ष्य राखेको छ । यस कोष सम्बन्धमा यहाँहरूको सकारात्मक धारणाको आशा गर्दछु ।

 

अन्त्यमा,

          भयवाद सुनिरहनु भएका, पढ्दै आउनु भएका आदरणीय पाठक, श्रोता, विचारक, पत्रकार, साहित्यकारहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु र स्वतन्त्र ढंगबाट आफ्ना, जिज्ञासा, टिकाटिप्पणी, विमर्श बोलेर, लेखेर राख्नु हुनेछ भन्ने आशा गर्दछु ।

          धन्यवाद !

 

          देश सुब्बा

          email: limbudesh@netvigator.com

          www.fearism.blogspot.com

 

सन्दर्भ सामाग्री

. Harriet Lerner,Ph.D - Dance of Fear

. मनु मञ्जिल-वनफूल र उसको हराएको थुङ्गा, "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

. मोनाराज शेर्मा-भयवाद एक चचार्, "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

. कृष्ण बराल-आदिवासी उत्खनन्/लेखनमा भयवादको प्रयोग, "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

. डा. खेम दाहाल-आदिवासी उपन्यासः संक्षिप्त विमर्श "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

. ज्योति जङ्गल-भयमा आदिवासी "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

. Kant for Bgginners _ Christopher Want and Andrzej Klimowski

. हाङयुग अज्ञात-साहित्यमा भय विमर्श, आदिवासी उपन्यासको भूमिका  

. डा.गोविन्दराज भट्टराई-अर्धबेलायती सहरमा भयवाद- कान्तिपुरमा प्रकाशित लेख

१०. डाँ टंक न्यौपाने- भयवादी आदिवासीः एक अनुचचौ "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

११. डा.गोविन्दराज भट्टराई-नेपाली साहित्यमा एक नवीन सिद्धान्त र प्रयोगका कुरा-...... दर्शनमा प्रस्तुत कार्यपत्र,

१२. Fear itself  Rush W. Dozier, JR

१३. शिव रेग्मी "प्रणत"-भयलोचनाःभयवाद र आदिवासी, "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र

१४. अर्जुनबाबु मावुहाङ-लिम्बुवानको भय, "आदिवासी" उपन्यास र "भयवाद" दर्शनमा प्रस्तुत कार्यपत्र




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय

   
Column / स्तम्भ

    Random Pick
उसलाई विश्वास नै भएन सिपाहीमा सफलतापूर्वक नाम दर्ता भएकोमा । मात्र सम्झना छ, चार-पाँच बजेतिरको झिसमिसे उज्यालोमा धरान क्याम्पको मूल ढोकाभित्र घुसेपछि सिपाहीहरूको जत्थाले हुलका हुल नवजवानहरू, उस्तै उस्तै उमेरकाहरूलाई विभिन्न होडबाजीमा भिडाएको । उसलाई अत्तोपत्तो नै भएन, कुनै पनि कुराको जानकारी ठप्प छ......

    Statistics
Total Articles
618
Total Authors
209
Total Views
258347
Total Categories
15

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com