literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 19, 2009 | Author : कोरङ्गी प्रेम
Category : Story / कथा | Views : 757 | Rating :

  
कोरङ्गी प्रेम

शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा  पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन्  तर शौरभको निम्ति ति सबै बाटोहरू तगारो लगाइ दिएको छ अर्थले, पैसाले ।नजिकैको छिमेकी गाँउमा एउटा मास्टर बनेर आफ्नो अध्ययनलाई अघि बढाउन विवश हुन्छ ।एउटा मास्टरी पेशा अंगाल्दै  बि.. सम्मको अध्ययन पुरा गर्दछ ।त्यस पछि उस्का दुःखका दिनहरू क्रमश ओरालो लाग्छन ।अब उ आफ्नै गाउँको प्रस्तावित माविमा  अंग्रेजी र गणित विषयको शिक्षकको रुपमा काम गर्न थाल्दछ ।छोटो समयमै त्यो विद्यालय एक सरकारी मान्यता प्राप्त  माविको रुपमा स्थापित हुन्छ ।उस्लाई त्यो स्कुलको प्रधान अध्यापक बनाईन्छ ।उ विद्यालयको पूर्वाधारहरू शिक्षाको गुणस्तर, शैक्षिक वातावरणमा व्यापक सुधार गरि उक्त स्कुललाई त्यो गाउँ, जिल्लाको मात्र नभई र देशकै एउटा नमुना स्कुलको रुपमा स्थापित गर्न सफल हुन्छ ।आज उस्ले पढाएको विद्यार्थीहरू अधिकृत, वैंक मेनेजर, विद्यालय निरीक्षक र अधिकांश शिक्षक बनेका छन् ।आफ्ना विद्यार्थीहरूको उन्नती र प्रगती देखेर खुशीले पागल हुन्छ । अब गाँउघरबाट फाट्ट फुट्ट युवाहरू विदेशीन थाल्छन् ।कोहि खाडी मुलक, कोहि सिंगापुर, कोहि युके लाहुरे बनेर त कोहि युरोप, अमेरीका हङकङ्ग आदि आदि ।विदेश गएको केही वर्ष पछि २-४ कौडि दाम कमाएर सदरमुकाम, तराई र राजधानीमा घर, घडेरी जोड्नेको संख्या बढदै जान्छ । विदेशी प्रवृतिले सौरभको पनि मन थाहै नपाई चोर्न पुग्छ ।सौरभ मनमनै सोच्दछ गाँउलेहरू भन्दा त मैले २-४ कुरो जानेको छु ।उनीहरू भन्दा केही पढेको छु ।केही बुझेको छु तर म चाँहि सँधै दालभात मै मात्र रमाई रहने ? के नमस्ते हेडसरले मात्रै पुग्छ ? मैले यतिका वर्ष मास्टर गिरी गरे खै के छ र मेरो ? सम्पत्तिको नाममा एक मुरी विउको खेत किने त्यो पनि बडो मुश्कीलले । त्यो भन्दा बढता के गर्न सके ? नाम, इज्जत प्रतिष्ठा कमाए  तर त्यो नाक जोगाउन पैसा नै चाँहिदो रहेछ । के इज्जत प्रतिष्ठाले खान दिन्छ ? संयोग पनि कस्तो, त्यसै बेला हङकङबाट साईला बाको छोराले फोन गर्छ । फोनमा विहेको बारेमा कुरो हुन्छ र विहेको लागि आइडी वाला केटी खोजी दिएको कुरा सौरभलाई भन्छ जुन लाहुरेको छोरी हुन्छे, नाम सरु ।दाईले शौरभलाई विनाहकोलागि बुबा आमा सँग कुराकानी गर्ने सल्लाह दिन्छ । सौरभ चकित पर्छ ।उ आज दंगदास छ । सपना होकी विपना उस्लाई छुट्टयाउनै गाह्रो भैरहेछ ।विदेशको सोचाई बनाइरहेको बेला हङकङ आइडी वाला केटीको प्रस्ताव ? सौरभ आफै लाजले भुतुक्क मर्छ अनि आज उ लाजले पानी पानी भएको छ । सानोमा विहेको कुरो गर्दा उस्लाई भित्र भित्रै डर लाग्थ्यो, गाला रातो रातो भएर आँउथ्यो , अनि कसैले नदेख्ने गरी भ-याङको कुनामा गएर लुक्थ्यो तर आज परिस्थिति त्यो छैन ।ती सबै कुरालाई पचाएर विहेको कुरो चलाउँछ । तर उस्को प्रस्ताव ठाडै अस्वीकार गरिन्छ ।उनी कहाँ महलमा बस्ने हामी कहाँ झुपडीमा ।कहाँको लाहुरे, हामी कहाँको चाउरे आदि आदि ।एक हप्तापछि हङकङबाट फोन आउँछ सौरभ जवाफमा घरपरिवारबाट अस्विकार गरिएकोले विहे नगर्ने कुरो गर्छ ।तर दाईले धत् त्यस्तो पनि कुरा गर्ने, छोरो मान्छे भएर आँट गर्नु पर्दछ ।केही चिन्ता लिनु पर्दैन ।विहेको चाँजो पाँजो सबै म मिलाउछु भनेर संझाउछ । बुबा आमा सँग कुरा गर्नु ढुक्क भएर विहे गर्नु पर्छ भनेर भन्ने सल्लाह दिए पछि सौरभ दोधारमा पर्छ ।एकातिर बुबाआमाको अस्वीकृति अर्को तिर विदेश गएर सुन्दर भविश्य बनाउने सपना ।उ आफ्नो निर्णयमा अडिग हुन्छ र सरु सँग विहे गरेरै छाड्ने निर्णय गर्छ ।अब सरु सँग सौरभको बारम्बार फोन , चिठ्ठी पत्र आदान प्रदान हुन थाल्छ ।सुःख दुःखका गन्थनहरू हुन थाल्दछन् , सँगै जिउने सँगै मर्ने बाचा कसमका कुरा हुन थाल्छन् ।अब विस्तारै सौरभको हङकङ उड्ने दिन गन्ती शुरु हुन्छ । आफुले देखेको सपना पुरा गर्ने ध्येयले सौरभ हङकङ उडने सुरसार कस्छ ।सँधै देखिने त्यो पारि पट्टिको डाँडो घामको लालीले पोतिएर बडो सुन्दर मनोरम देखिन्थ्यो तर आज मौसम खुलेको छैन ।धुम्म छ सँधै घमाइलो देखिने त्यो डाँडो फुस्रो परेर ठिङग उभिएको छ । सायद मौसमले पनि सौरभको विदाई थाहा पाएर होला ।सौरभ राजीनामा लेख्न कलम र कापी लिएर बस्छ तर उनको हात थरर काप्छ । मन भित्र भित्रै गुम्सिएर उकुस मुकुस हुन्छ ।अनायसै आँखा भरी आँसु रसाउछ ।एक छिन आँखा चिम्म गरी बस्छ आँखा वरिपरि विद्यार्थीहरू नाचीहहेको देख्छ । उ सोच्दछ यिनीहरूलाई म टुहुरा बनाएर जाँदैछु के थाहा फेरी भेट हुन्छ की हुदैन ? समयले मानिसलाई कहाँ पु-याउने हो ।कोठा भित्र निस्सासिएको अनुभव गर्दछ  र जुरुक्क उठी आँगनको  पर्खालमा थचक्क बस्दछ ।आफ्नो मन सम्हाल्दछ र अदम्य साहस बटुली राजीनामा पत्र लेख्दछ ।त्यो राजीनामा फिर्ता लिन अनुनय विनय गरिन्छ तर सौरभको अगाडी कसैको केही लाग्दैन ।आज उ असाध्यै कठोर बनेको छ ।दुईचार कौडी दाम कमाएर सुन्दर भविश्य बनाउने सपना देखेको छ ।हप्ता दिन पछि सौरभलाई स्कुलबाट विदाइ गरिन्छ । आज सबै गाँउले, विद्यार्थी, शिक्षक, शिक्षिकाहरू सबैका आँखा रसाएका छन् की त्यो गाँउको जिल्लाको अनि मुलुककै एउटा नक्षत्र केही समयको लागि अस्ताउदै छ ।थाहा छैन फेरी उदाउन पनि सक्छ नउदाउन पनि ।सौरभलाई फुलमाला अविर, खादा लगाई शुभयात्रा र उज्वल भविश्यको कामना गरिन्छ ।कार्यक्रममा उपस्थित भीड करुणामय बनी भाब विहृबल बन्छ । विद्यालयको बारेमा दुईचार शब्द बोल्न अघि बढ्छ सौरभ । "यो विदाइको घडी अति नै पिडादयक हुदोरहेछ ।आज म तपाईहरूबाट टाढा जादैछु थाहा छैन समयले कहा पु-याउने हो । भौतिक रुपमा टाढा भए पनि भाबनात्मक रुपले म सँधै तपाईहरू सँग यसै प्रागणमा, अफिस र कक्षाकोठाहरूमा हिँडिरहेको हुनेछु ।पढाई रहेको हुने छु र खेलीरहेको हुनेछु ।सुक्क सुक्क गर्दै विद्यार्थी भाइ बहिनीहरूलाई भन्छ "तिमीहरूले राम्ररी पढेर असल मान्छे बन्नु यो स्कुलको नाम राख्नु पर्दछ ।यो देशलाई सही मार्गमा डो-याउन सुन्दर शान्त  र समुन्नत राष्ट्र बनाउने अभियानमा तिमीहरूले अगुबाई गर्नु पर्छ ।तब मात्र हामी गुरुहरूको आत्मालाई शान्ति मिल्नेछ । सँधै तिमीहरूको उन्नती र प्रगति देखि रहन पाउँ ।  विद्यार्थी भनेर गर्व गर्न सकुँ" भन्दै सुक्क सुक्क रुन थाल्छ । भाब विभोर बन्दै शिक्षक साथीहरूलाई भन्छ "हिजोको दिनमा हामी सबैले देखेको सपना साकार पार्नु होला । मैले गोरेटो कोरी सकेको छु त्यसलाई अन्तिम विन्दुसम्म पु-याउन अहोरात्र खट्नु होला । तपाईहरूले काम गर्दा मेरो अभाबको महसुस कहिल्यै नगर्नु । म सँधै तपाईहरूसँगै हुनेछु । गाँउले अभिभाबक व्यवस्थापन समितिले स्कुललाई सक्दो सहयोग गर्नु होला । मैले जे जति गरे अबको दिनमा अझ बढी अगाडी बढाउनु पर्छ । मैले यहाँहरू सँग काम गर्दा गरेको गल्तिको निम्ती क्षमा चाहन्छु र अन्त्यमा यस स्कुलको सधै उन्नती प्रगति देखिरहन पाउँ मेरो शुभकामना"

सौरभ आफुलाई संहाल्न नसकी भकानो छोडेर रुन्छ । त्यो कारुणीक बाताबरण स्तब्द हुन्छ र त्यहाँ सन्नाट छाउँछ । भोलिपल्ट सबैलाई विदाइको हात हल्लाउदै सौरभ राजधानी काठमाडौँ तर्फ हानिन्छ । काठमाण्डौंबाट नेपाल वायु सेवा निगम -आर.एन..सी.) को बुढो जहाज चढेर चार घण्टा पन्ध्र्र मिनेटमा हङकङको चेप्लाकोक अन्तराष्ट्रिय विमनस्थलमा सरुको सामु आफुलाई हाजिर गराउन पुग्छ । आकाशै छेडने भिमकाय भवनहरू, नागबेली सडक, समन्द्र भरि थरी थरीका नैकायानहरू जमिन मुनी उत्तिकै सुरुङहरू देखेर सौरभ चित खान्छ ।उसको शुरुको दिनहरू घर रुँघेर बित्दछ । सबै काममा जाने कारणले सौरभ घरमा एकलो हुन्छ ।टेबलमाथिको बुढो टिभि र भित्तामा झुण्डीएको टेलिफोन उसको साथी बनेको छ ।तिनैको सहारामा उसको दिनचर्या बित्दछ । २-३ हप्ता पछाडि उ आफुलाई बेँच्न बजार निस्कन्छ । कतै होटल, सेक्यरिटि त कतै कन्स्ट्रनमा फारम भरेर उस्को एकाध हप्ता बित्दछ । सरुको सल्लाह बमोजिम छोटो समय र तनखा अलि बढि भएकोले उ कन्स्ट्रक्सनमा काम गर्न थाल्दछ ।सकी नसकी पचास साठी केजीको बोरा उचाल्नु, फलामको रड उचाल्नु अनि पैंतिस , छत्तिस डिगि्रको घामको कुनै पर्वाह नगरी दिनभरी टाउको जोत्नु उस्को नियती बनेको छ ।त्यो गाउँ स्कुले बालबालिका, घर परिवारको याद उस्को आँखाभरी झल्झली आँउछ ।आज उस्ले बल्ल थाह पायो के हो जिन्दगी ? घर परिवार इष्टमित्र, अनि मातृभूमीको महत्व आदि । विस्तारै सरुको पेटमा सौरभको सन्तानको भ्रुण अंकुराउन थाल्दछ ।

,,८ महिना हुँदै सरुको कोखबाट छोरी सिसमको जन्म हुन्छ ।अब सौरभको परिवारमा समस्या थपिदैं गएको छ ।एकातिर दिन भरीको टाउको जोताई अर्को तिर बच्चाको कारणले समयमै, खान, बस्न, सुत्न राम्ररी नपाउनु आदि ।यो टेण्सनबाट सौरभ भन्दा पनि बढी सरु झर्किन्छे ।कहिले काँहि घर आँउदा सरु घर हुदिनन् । घर भरी भाँडाकुँडा जुत्ता चप्पल बेग्रेल्ती छरिएका हुन्छन् भने कहिले काँहि बच्चा लिएर छिमेकी को घरमा गएकी हुन्छे ।ति सबै कुराले अब सौरभ र सरुको बिचमा खटपटी शुरु हुन्छ ।सरु सौरभको समेत वास्ता गर्न छाड्छे जुन कुरा सौरभको निम्ती असैहय हुन्छ । उ सरुलाई संझाउछ "जिन्दगीमा सुख दुख भैरहन्छ ।जस्तै दुःखमा पनि हाँसेर जिउनु पर्छ , हामी सानी छोरीको लागि जे पनि गर्न तयार हुनु पर्दछ" ..... अनयासै सरुको मुखबाट वचन रुपी वाण प्रहार हुन्छ ।कस्तो भिखारीको फेला परिएछ, अरु त परै जाओस एक छाक खाएर ढुक्कले बस्न पनि पाईएन ।सौरभ आज आफुलाई पहिलो चोटि चिन्दैछ, उसमाथि भिखरीको विशेषण झुण्डिएको देख्दा , आफुलाई जे जस्तो भएता पनि छोरी सिसम को मुख हेरेर जिउन बाध्य छ ।एक दिनको कुरो हो सौरभको परिवारमा ठुलो संकट आइपर्छ ।सौरभ अग्लो विल्डीङबाट लडि गम्भीर चोट लाग्छ ।सरुलाई सौरभ हस्पिटलमा भएकोले तुरुन्त आउनु भनि खबर गरिन्छ ।सरु छोरीलाई लिएर हस्पीटल पुग्छे ।सौरभ हात, खटट्टा, अनुहार र शरीरै भरी पट्टी बाँधेर मृत्यसँग मुकाबिला गरिरहेको हुन्छ ।उसको शरीरबाट रगतको भल बगिरहेको हुन्छ । त्यो कारुणिक दृश्यले सरुको मन छिया छिया हुन्छ र सौरभलाई अंगालो हालेर डाँको छाडदै रुन्छे ।विस्तारै सौरभको होस खुल्छ ।उ आफुलाई कहाँ छु र के कस्तो हालतमा छु केही पनि पत्तो हुदैन । उ नजिकै रहेको छोरीलाई हात समात्दै टिलपिल टिलपिल आँसु बगाउदै रुन्छ ।उ सम्झन्छ सायद सरु र छोरी सँगको यो भेट नै मेरो जिन्दगीको अन्तिम भेट हुने हो कीः? मेरो मृत्यु भयो भने सरुले एक्लै छोरीलाई कसरी हुर्काउछेः? पालन पोषण गर्छे ? शिक्षा दिक्षा दिन्छे ? आमा छोरी कसरी जिउछे ? होला आदि आदि ।उसको आँखाबाट आँसुको मुल फुट्छ केही बोल्न सक्दैन, गला अवरुद्ध हुन्छ केवल आँसुले सिरानी भिजाउने काम मात्र हुन्छ ।सरु सौरभको हात समाउँदै भन्छ ।तपाईलाई केही हुदैन, मेरो लागि नभए पनि कमसेकम छोरी सिसमकोलागि बाँच्नु पर्छ तपाईले ।सौरभलाई अपरेशन थिएटरमा लगिन्छ सरु र सिसम सौरभको स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्षालयमा कुरी बस्छन । करिब दुइ हप्ता पछि सौरभलाई हस्पिटलबाट डिस्र्चाज गरिन्छ ।अब सम्पूर्ण हेरचाह सरुको काँधमा आइपरेको छ ।एकातिर सानी छोरकि टेण्सन अर्को तिर अशक्त विरामी सौरभको बोझ । यी दुवै सरुको निम्ती कर्तव्य भन्दा पनि बोझ बन्न पुग्छ ।सरुको व्यबहारमा विस्तारै परिबर्तन देखा पर्न थाल्दछ । सौरभलाई औषधि पानी खवाँउनु, लानु सुताँउनु उठाँउनु आदिले सरु दिक्क हुन्छ । मुखै फोडेर सौरभको अगाडि "मैले कुन जमनामा पाप गरेको थिएँ जस्को फल आज भोग्दैछु" भन्दै पड्किन थाल्छे । सौरभ सरुलाई संझाउदै भन्छ त्यसो नभन म तिम्रो श्रीमान हुँ  ठिक भैहाल्छु नि ।तर सरु अजिबको स्त्री छे श्रीमानको त्यो हालत देखेर । सौरभको आँसुमा सरुको आँशु झर्दैन बरु उल्टै सौरभ सँगको विहेको पश्चताप भैरहेछ, सरुलाई । सौरभ सरुको आफु प्रतिको घृणित व्यवहारले आफ्नो जिन्दगीलाई धिर्काछ तर उ चाहेर पनि मर्न सक्दैन । जसरी भए पनि उस्ले बाँच्नै छ यस धर्तीमा छोरी सिसमको लागि सिर्फ सिसमकोलागि । एक दिनको कुरो हो । सौरभ आराम गर्दा गर्दै भुसुक्कै निदाउँछ । दई, तिन घण्टा पछि व्युझन्छ, एक्कासी लोग्ने मान्छेको हाँसो, ठट्टा खित्का उनको कानमा ठोकिन्छ तर उ बैठक कोठामा पुग्न सक्ने स्थितिमा छैन ।आज उ बाँचेर पनि जिउदो लाश बनेको छ जब त्यो पर परुष स्वर कोठाबाट विदा हुन्छ सौरभ सरुलाई सोध्छ को हो त्यो मान्छे ? किन के कति कामले ? आदि जवाफमा सरु मुण्टो बटार्दै भन्छे । मेरो भाई हो मामाको छोरा । आफान्त पनि आउनै नहुने उल्टै प्रति प्रश्न गर्छिन सरु । सौरभ त्यसो होइन । तिम्रो भाई मेरो पनि त भाई पर्छ होलानी ? मेरो यो हालत हुँदा एक वचन पनि नसोध्ने ? कस्तो तिम्रो भाई ? कस्तो आफन्त ? सरु बम्किदै यस्तो हालतमा हुनेले पनि म सँग जोरी खोज्ने ? सौरभ सँग मुख लाग्छे । वास्तवमा त्यो परपुरुषले सरुको जिन्दगीमा प्रवेश गरिसकेको हुन्छ  भाइ नभएर एउटा नाठोको रुपमा । यसरी सौरभ आज अति नै दुःखित बनेको छ । उ आफ्नो परिवारको भाग्य र भविश्य छोरी सिसमको आँखा भित्र खोज्दछ र जिन्दगीलाई धिक्कार्छ । अनि सरु सँग भना भैरी चल्न थाल्छ  "सरु यस्तो सँग बस्नु भन्दा त पोइला जनु ठिक" भन्दै छोरी सिसमलाई लिएर बाटो तताउन खोज्छे तर सौरभ छोरी सिसमलाई पाउन आफु जुन सुकै हतकण्डा पनि अपनाउन तयार हुने धम्की दिए पछि मात्र सरुले सिसमलाई छोड्छे र बाटो तताउँछे । यसरी सौरभको जिन्दगीमा यति धेरै दुःख आपत विपत आईपर्छ की उ लगभग पागल सरी हुन्छ । आज उस्ले आफनो बाबु आमाले भनेको करा झलझली संम्झीरहेछ । केही समय पछि उ छोरी सिसमको साथ नेपाल फर्किन्छ । सबै गाँउले, विद्यार्थी शिक्षक शिक्षिकाहरू खशी भएका छन सौरभको आगमनले । सबैको मुहारमा हाँसो खशी छाएको छ । सबैको सोचाई छ सौरभ सर आए पछि फेरी हाम्रो गाँउ घर र स्कुलले काँचुली फेर्नेछ जस्ता हजारौं कल्पनाहरूले मच्चि मच्चि पिङ खेलि रहेको हुन्छ । तर सौरभको जिन्दगीमा हाँसो खुशी भन्ने कुरा सदाको निम्ति विदा भैसकेको थियो । तसर्थ गाँउलेहरूको अनुरोधलाई अस्विकार गर्दै सदरमुकाम स्थित छोरी सिसमलाई शिक्षा दिक्षा दिने काममा जुट्छ । उनी र आफु चाँहि एउटा सामाजिक संस्था (help for helpless) भन्ने सांस्थामा काम गर्न थाल्छ । उसको एउटा ठुलो सपना आफनो सन्तान  एउटा अधिकृत बनाउने । अब सिसमको पढाई लेखाई सदरमुकामको एउटा वोर्डिङ स्कुलबाट प्रारम्भ हुन्छ ।  उ पढाई ज्यादै तेज भएको कारणले एस. एल .सी मा प्रथम श्रेणीमा पास गर्छ र  उ उच्च शिक्षाको निम्ति सिसम वुबा सौरभ संग राजधानी काठमाण्डौं तर्फ लाग्छ । सौरभ छोरीको पढाईको अलवा लोक सेवा सम्बन्धि विविध जानकारी सूचनाहरू दिने गर्छ । किनकी उस्ले पनि धेरै पल्ट फारम भरेर अधिकृत बन्ने सपना पालेको थियो तर समय र परिस्थितिले बन्न सकेन । सिसम वुबाको सपना साकार पार्न अध्ययनमा अहोरात्र खट्छे । सिसम आई. , वि.. गर्दै एम ए देशकै केन्द्रीय क्याम्पस किर्तिपुरबाट सर्वोकृष्ट छात्रा बनेर पास गर्छे । यसरी डिग्री पुरा गर्न भन्दा अगावै नासु र अधिकृत को फरम भरेर जाँच दिइसकेकी हुन्छे अधिकृत स्तरको नतिजा प्रकाशित हुन्छ जस्मा प्रशासन सेबा अन्तरगत सिसमको नाम पहिलो नम्वरमा हुन्छ । केही दिनमा नै हङकङ स्थिति महावाणिज्य दुतावासमा शाखा अधिकृतको नियुक्ति पाँउछ जुन पत्र पढेर आफनो वुबा सौरुभलाई सुनाउछ । सौरभ आज खुशीले आफ्ना नयनबाट अँसु बषर्इरहेछ ।पहिले श्रीमतीको दुव्र्यवहारले जिन्दगी भरी रोएको थियो तर तिनै आँखाबाट आज हर्षको आँसु बर्सि रहेछ । छोरीलाई अंगाले मार्दै बधाई दिन्छ ।खुसीको कुनै सिमानै रहदैन । अब छोरी जागीरको सिलसिलामा हङकङ उडने तयारी गर्छे ।जसरी आज भन्दा २०-२५ वर्ष पहिले सौरभ  सरु सँगै बस्न हङकङ उडने चाँजो पाँजो यसरी नै मिलाउदै थियो ।सौरभ आफ्नो जिवनको उत्तरार्ध तिर ढल्की सकेकोले वुबालाई कसरी एक्लै छोड्ने भन्ने पीरले सिसमलाई सताउँछ ।आफनो वुबालाई सँगै लिएर जाने प्रस्ताव राख्दछ तर वुबा अब विदेशी भूमीमा कहिल्यै पाईला नटेक्ने बाचा गरी सकेकोले त्यो सम्भव हुदैन । सौरभ भन्छ  यतिका जिन्दगी त एक्लै काँटे भने बाँकी कति नै पो छ र फेरी मलाई एक्लै जिउने बानी परि सकेको छ । सौरभ सिसमलाई खादा लगाएर शुभयात्रा र शुभकामना दिदै त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलबाट विदाई गर्छ । एकातिर छोरी सिसमले आफनो सपना साकार पारेकोमा खुशीले दंग छ भने अर्को तिर जिवनको एउटै सहारा छोरी पनि आफुबाट टाढा भएकोमा यो वेसाहरा स्थितिमा जिउनुले अति दुखित छ सौरभ । जब सिसम हङकङ पुग्छे आमा सरुलाई भेट्छे । उमेरले निकै पाकेको र हङकङको कष्टकार जीवन यापनको कारणले गर्दा बाँकी जिन्दगी मृत्यु सँग संघर्ष गर्दै सरु अस्पतालमा उपचार गराई रहेकी हुन्छे । जब सिसमले सरुलाई भेट्छ पहिले त दुवैलाई सपना जस्तो लाग्छ एक अर्कालाई ठम्याउन सक्दैन्न । पछि आमा छोरी कुराकानी हुन्छ । दवै एक आपासमा अंगालो मारेर रुन थाल्छन् । आज सिसमले जिन्दगी भर नपाएको मातृत्व पाएको छ भने सरुले एक वर्ष मै गुमाएको छोरी २२-२५ वर्ष पछि.......... पाएको छ । जिन्दगी भर खडकिएको छोरी को अभाव पुरा भएको छ । सरु सिसमको कपाल सुम्सुम्याँउदै भन्छे । तिमीले मलाई ए दिन अवश्य भेट्ने छौ भन्ने विश्वास मलाई थियो । म सँधै सोचि रहन्थे तिमी कत्री भयौ ? कस्ती भयौ ?कतिमा पढदै छ्यौं ? आदि  । सरुको गला बोल्दा बोल्दै अबरुद्ध हुन्छ । मन थाम्न नसकी हुवाँ हुवाँ रुन थाल्छे । एक छिनपछि दवैको आँखाबाट आँसु रोकिन्छ । सरु सिसमलाई सोध्छ तिम्रो बाबा संचै हुनुहुन्छ ? कस्तो हुनुहुन्छ ?  बुढो हुनु भयो की छैन ? आदि फेरी सरुको मन छताछुल्ल  पोखिन्छ र रुन थाल्छे । सिसम आमालाई संझाउदै संहालिनुस आमा जे हुनु भै सक्यो त्यसको पीर गरेर केही फाईदा छैन । अतितलाई विर्सिएर वर्तमानमा बाँच्न सिक्नु पर्छ । सरु सिसमलाई अंगालोमा बाँध्दै भन्छे मेरो एउटै इच्छा थियो तिमीलाई भेट्ने ।आज तिमीलाई भेटे अब मेरो आत्मालाई मुक्ति मिल्यो । अब मैले जिउनुको अर्थ छैन छोरी । सिसम त्ससो नभन्नुस आमा अब आमा छोरी सँगै बस्नुपर्दछ, हजुर चाँडै निको हुनुहोस । सिसम आमालाई भोलि आउछु भन्दै डेरा तर्फ लाग्दछ ।भोली पल्ट सिसम वुबालाई काठमाण्डौं फोन गर्दा आमा सरुलाई भेटेको बारेमा बताँउछे ।सरुको कुराले सौरभको जिन्दगीमा लागेको घाउ फेरी बल्भिएको छ आज । एकदिन सरुले सिसमलाई सबैकुरा भन्छ आफ्नो बारेमा । जब तिमी सानै थियौ -करीब १ बर्षको ) तिम्रो बाबा दुर्घाटनमा परेर मृत्युसँग संघर्ष गरिरहनु भएको थियो, मैले उहालाई छोडेर अर्को नाठो सँग विहे गरे । एक वर्षपछि त्यो नाठो अर्कै स्वास्नी ल्याएर बस्न थाल्यो । नासोको रुपमा एउटा  छोरो थियो अत्यधिक ड्रक्सको कारणले १५ वर्षकै उमेरमा म-यो । म वेसाहरा बने । दुनियाँमा मेरो आफ्नो भन्ने कोहि भएन । गुजाराको निम्ति सडक पेटी बडार्ने काम गर्थे ।त्यो पनि विरामीको कारणले सकिन छोरी । सरुका आँखाबाट थाहै नपाई आँसुहरू बगिरहेछ । सरु भन्दै जान्छ  तिम्रो बारेमा गाँउलेहरू सँग सोधिरहन्थे । तिमी राम्रो पढि रहेकी, ठुली, तरुनी भएकी , अनि तिम्रो भगवान -जसले कर्म दिएर एउटा अधिकृत बनाउनु भयो) लाई राम्रारी हेरचाह गरिहेको कुरा थाहा पाए । जब तिमी अधिकृत भएको खबर थाहा पाए म खुशीले पागल भए तर त्यो खुशी बाडने म सँग कुनै ठाँउ थिएन, आफन्त नाता, गोता, कोहि थिएनन् । म दुनियाँको नजरबाट एक्ली सकेको थिए । यो सांसारिक माया, मोहलाई त्यागेर मर्न पनि सकिन बाँचिरहे सिर्फ तिम्रैलागि । यी सबै कुराहरू भनी रहँदा दुवै आमा छोरीका आँखाबाट आँसुका धारा बगिरहेछ । समय धेरै विति सकेको हुदाँ सिसम भोलि भेट्ने बाचा सहित आफनो डेरा तर्फ लाग्छिन् । दैनिक अफिसको कामकाज सकेर सरुलाई भेटन सिसम अस्पताल पुग्छे तर समय धेरै ढिलो भैसकेको हुन्छ । सायद उस्ले वाँच्ने अन्तिम घडी भनेकै छोरी सिसमको लागि थियो । सिसमलाई भेटेपाछि उस्लाई मुक्ति मिल्यो र बाँची रहनको अर्थ लागेन । यसरी सरुको जिन्दगी यस धर्तिबाट अस्ताउँछ । एक हप्ता पछि काठमाण्डौंबाट फोन आउँछ सिसमलाई । वुबा सिकिस्त विरामी भएकोले तु आउनु भनी फोन राखिदिन्छ । भरखरै मात्र आमा सरुको मृत्युले शोकाकुल बनेकी सिसमलाई अर्को आपत आइलाग्छ । उ तुरुन्त आरएनएसीको उडानबाट नेपाल पुग्छिन तर वुबा सौरभले पनि यस धरतीबाट आफनो लिला समाप्त गरिसकेको हुन्छ । अब सिसमको जिन्दगीमा कोहि रहेन नत उसको आमा, वुबा दाजुभाई नत दिदीबहिनी नै उ भक्कानो फोडेर रुन्छ । नजिकैको नर्सले एउटा चिठी दिँदै भन्छ । सिसमलाई  वुबाले प्राण त्याग्नु अघि दिनु भएको भएको चिठ्ठी ।

 

प्यारी छोरी सिसम,

लाखौं लाख आशिर्वाद अनि शुभकामना तिमीलाई ।

 

छोरी सिसम, जब तिमी  हङकङ उड्यौ मेरो जीवनमा एकलोपना र रिक्तता बढदै गयो ।त्यसैले होला पुरानो रोग बल्झियो ।बारम्बार स्वास्थ्यमा समस्या देखा पर्नथाल्यो । अस्पतालमा धाउन थाँले । तिमीलाई यी सबै कुराहरू फोनमा भन्ने साहस गरिन धेरै चिन्ता पर्छ भनेर । छोरी तिमीलाई १ वर्ष देखि २२-२५ वर्ष सम्म पालन पोषण गरेँ हुर्कएँ बढाएँ, पढाएँ र आज शाखा अधिकृत बनाएँ । एउटा अभिभावकले छोराछोरीलाई गर्नु पर्ने कर्तव्य निर्वाह गरेँ जस्तो लाग्छ थाह छैन कति हदसम्म सफल भएँ  ।तिम्री आमा आफु जिँउदै भएर पनि तिमीलाई टुहुरी बनाएर गई । त्यो रिक्तता र आमाको अभाव मैले कहिल्यै हुन दिन तिमीलाई । म यस धर्तिबाट उहिल्यै मर्नु पर्ने मान्छे तर मर्न सकिन । जिउँदो लाश बनेर बाँची रहेँ सिर्फ तिम्रैलागि । मैले बाँच्नुको एउटै अर्थ थियो छोरी तिमीलाई जिन्दगीमा सँधै हाँसी खुशी राख्ने । जब तिमी हङकङ पुग्यौ । आफ्नी आमालाई भेटि आमाको अभावलाई पुरा ग-यौ । तब मलाई लाग्यो म बाबुको जिन्दगी भरीको माया, आमाको तुलानामा एक दिनको माया भन्दा पनि थोरै हुँदो रहेछ । छोरी म कति अभागी रैछु तिमीलाई हुर्काएँ बढाएँ जिन्दगी भरी माया दिएँ तर मैले अन्तिम घडिमा तिमी सँग एक बचन "छोरी" भनेर भनेर बोलाँउन पाईन । जिन्दगी भर आँखाको नानी भित्र राख्छु भन्थे तर एक पटक पनि देख्न पाईन । म जस्तो अभागी यो दुनियाँमा तिम्रो म मात्रै थिएँ तर आज म पनि सदासदाको निम्ती जादैछु । कहिल्यै नफर्किने गरी । अब तिमी एक्लै हुनेछौ नत तिम्रो आमा, दाजु भाई नत दिदी बहिनी नै, सिर्फ तिमी एक्लै । मेरो अनुरोध छोरी तिमी जे जस्तो हालतमा रहे पनि जिन्दगीमा कहिल्यै नरुनु, सँधै हाँसी, खुसी रहनु ल । तिमी रोयौ भने मेरो आत्मा रुन्छ अनि दुःखी भयौ भने यो आत्मा दुख्छ । जिन्दगी धेरै लामो छ । जिन्दगीमा सँधै आशावादी भएर बाँच्नु पर्छ यो लामो जिन्दगीमा धेरै बाँच्नु छ । धेरै कुरा गर्नु छ । छुट्टै आफ्नो घर परिवार बसाल्नु छ ।छुट्टै रंगीन संसार बसाल्नु छ छोरी तिमीले ।मैले तिम्रो कन्यादान पनि गर्न सकिन धिक्कार छ तम्रो बुबा भन्नुलाई पनि । जिन्दगीमा कहिल्यै एक्लो महसुस नगर्नु ल छोरी । मेरो आत्मा सँधै तिम्रो साथमा रहने छ ।मैले देखेको सपना एउटा अधिकृत बनेर देश र जनताको सेवामा सदैव लागी रहनु ।मेरो आशीर्वाद तिम्रो साथमा रही रहने छ । अर्को जन्म पाएँ भने अशक्त, रोगी र असहाय होइन एउटा स्वस्थ्य र आमा भन्दा बढी माया गर्ने बुबा भएर आउने छु । मात्र तिम्रो वुबा बनेर ।

अन्तमा सँधै हाँसी खुशी बाँची रहु मेरो अशिर्वाद तिमीलाई । बाचुञ्जेल अशक्त र असहाय रहे पनि तिमी लाई कर्म दिने बुबा ।

सौरभ ।।

समाप्त

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Amrit Ghale ( uk ) on May 15, 2009
साचैको बास्तबिकता छ. यो लेख मा जीवन भित्र को आफ्नु यात्रा लाई स्मरण गरिएको छ. हामी जो सुकै मानिस संग मिल्ने बास्तबिकता हो. well done. your artical is good, keep it up...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

   
Column / स्तम्भ

    Random Pick
परिवर्तित र गतिशिल समयसँगै जीवन जगत पनि परिवर्तनशिल र चलयमान हुँदै जानु साविक प्रक्रिया हुन् र त्यसै अनुरुप मानवीय जीवनका प्रत्येक गतिविधिहरूमा पनि परिवर्तन र गतिशिल बन्दै जानु स्वभाविक कुरा हुन् । यस प्रक्रियालाई विकासक्रम भनि बुझिदिए पनि हुन्छ । तसर्थ, हामीले पनि समयको माग र यसको गतिलाई पच्छ्याउँदै अगाडि बढ्नु पर्ने हुन्छ । यस कारण सृजनशिल साहित्य समाज हङकङ पनि समयको माग र गति अनुरुप अगाडि बढ्ने पक्षमा प्रयासरत रहि आएकोछ......

    Statistics
Total Articles
668
Total Authors
229
Total Views
408821
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com