अजम्बरी माया तिमीलाई दिइ रहुँ लाग्छ
तिम्रै साथ हरपल बसि रहुँ लाग्छ
आँखा भरी तिमी भावनामा तिमी
मेरो हर धड्कनमा बहि दिन्छौ तिमी
उषाको किरणसँगै तिम्लाई देखुँ लाग्छ
तिम्रै साथ हरपल बसि रहुँ लाग्छ
अजम्बरी माया .............
साथै काटौं यो जुनि अर्को जुनि पनि
तिमी जस्तो साथी पाउनु सारै भाग्यमानी
गोधुली साँझमा पनि तिम्लाई भेटुँ लाग्छ
तिम्रै साथ हरपल बसि रहुँ लाग्छ
अजम्बरी माया .............