literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 11, 2011 | Author : सुबिसुधा आचार्य
Category : Story / कथा | Views : 809 | Rating :

  
सुबिसुधा आचार्य

निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी खेल्दै ।

हो, म त्यहीँ अँध्यारोभित्र आफूलार्ई खोज्दै अनुमानसँग अनुभव धरौटी राखेर पार गर्छु तमोर नदी एउटा सानो लठ्ठीको सहायताले । हुन त त्यति जवान भएकी छैन ऊ तर पनि नदी, खोला नतरेको मेरो बानी ढुङ्गामा लागेको लेउ करौती बन्छ मेरो साहसलार्ई टुक्र्याउन अनि त गुहार माग्छु नर्कटको सिम्किनुसँग ।

ओ हो ! मान्छेलार्ई ज्यानको माया कति बिघ्न, पिडौंला पिडौंला आउने पानीको बेगले के मलार्ई ढाल्दो हो र ? लौ ढाली हाले पनि त बगाउने क्षमता हुँदैन नि, बिचरो म वनको बाघ भन्दा मनको बाघले सिध्याउँछ एउटा खतरनाक हाउँगुजी बनेर । त्यसैबाट बच्न लठ्ठीसँग हारगुहार मागेको हुँ नदी तर्नु अगाडि ।

तमोर नदी तरिसकेर लामो श्वास तान्छु ठूलै युद्ध जितेझैँ बगरको ढुङ्गामा टुसुक्क बसेर । अब जुत्ता मोजा लगाउनुपर्छ भन्ने मानसिकता बन्दा नबन्दै म भन्दा बीस हात तल नदीबाट एउटा स्वास्नी मान्छेको चिच्याहट मेरो कानको जालीसम्म आइपुग्छ हावामा तरङ्गित हुँदै-बचाऊ बचाऊ, मलाई खोलाले बगाउन लाग्यो बचाऊ ।

रातको मध्यग्रह, चुक पोखिएझैँ अँध्यारोको बर्चस्व, सुनसान नदीको बगर, को हुन सक्छ यतिखेर ? यहाँ नदी तर्दै फेरि बगाउने पानीको प्रवाह पनि छैन । कसैले मलार्ई छक्काउँदैछ भनुँ भने पनि एउटा स्वास्नी मान्छे कसरी सम्भव छ यो ? मनमा कुरा खहरे भएर उर्लदा म जुत्ता लगाउँदै खोल्दै पो गर्दोरहेँछु, उताबाट चिच्याएको आवाजसँग स्वयम् म आफैँ विचलित भएर ।

आवाज आइरह्यो म आवाज चपाउँदै मौन भएँ ढुङ्गाको मूर्ति जस्तो कसोकसो निर्जीव बनेर, आवाजले छाएन पनि भन्न सक्ने अवस्था छैन सोचाइ चुल्ठी परेर लहरिएकै हो । छोयो कसरी भनौँ गएर नदीबाट ती महिलालाई बगरमा ल्याउने बेलासम्म ठिङ्ग खामो झैँ स्थिर छु म ।

करिव दश मिनेट जति पछि जुत्ता त्यहीँ बगरमा फालेर तुफान बनी पुग्छु महिला भएको ठाउँमा, अँध्यारोमा आवाजलाई पच्छ्याउँदै अनुमानको भरमा । छामेर पाखुरा घिसार्दै किनारा तिर ल्याउँछु,उनी अझ सुकसुकाउँदै छिन् ।

उनको सुकसुकाइले उनी निकै आपतमा परेकी रैछन् भन्ने लख काट्छु म । चिन्नु न जान्नु घचेटी माग्नुअरू समय त्यहाँ रोक्किएर समय खर्चनु थिएन मलार्ई । फरक्क फर्केर सरासर माथि जान्छु जुत्ता मोजा राखेको ठाउँ पत्ता लागेन अँध्यारोमा कता हो कता ।

छामछुम खोजखाज गर्छु केहीबेर, अब खाली खुट्टाले पैताला दर्फराउँदै लाग्नु पर्ला उकालो, व्यर्थै एउटीलाई बचाइ टोपल्न जाने भैखाको नयाँ जुत्ता गुमाउनुप¥यो । गुनासो पोख्छु आफैलार्ई, उकालो लाग्न थाल्छु बानी भए पो खाली खुट्टाले हिँड्ने, ढुङ्गाका गेगरले बिझाएको आभाष तालुसम्म छ पैतालादेखि ।

सुन्नुस् त ! तपाईंको जुत्ता यी यहाँ छ, लगाउनुस् ।

म फरक्क फर्कन्छु आवाज आएतिर, कालो आकृति ठिङ्ग छायाँझैँ बनेर उभिन्छ अगाडि ।

तिमी ! अघि त नदीले जिउँदै निल्ला जस्तो गरेर च्याँठिदै थियौ, रून पुग्यो र यहाँ आएकी ?”

तपाईले जुत्ता खोज्नु भएको मलार्ई थाहा थियो त्यसैले पु¥याउन आएकी ।

म उनको हातबाट जुत्ता लिएर त्यहीँ बसी लगाउँछु । मैले जुत्ता लगाउन्जेलसम्म पनि उनीसँगै उभिन्छिन् बिना संवाद चुपचाप । जुरूक्क उठेर म हिड्न लाग्दा- जाऊँ पनि भन्नु हुँदैन तपाईं, छि कस्तो निष्ठुरी ?” उनी नाकेस्वरमा लाडिदै बोल्छिन् ।

तिमी को हौ, कहाँबाट आयौ, कता जाने हौ मलाई के था कुल घरानकी चेलीबेटी यति राती हिड्दै हिडदैनन् त्यो पनि एक्लै के आधारले जाऊँ भनू म ?” अगाडि बढ्दै बोल्छु म ।

तपाईंले सोधे पो मैले बताउनु, बोल्न पनि पैसा पर्ला जस्तो गर्नुहुन्छ अनि ।ठुस्किदै पछिपछि आउँछिन् उनी ।

लौन त मैले सोधेँ अब त भन, कहाँ हो तिम्रो घर ?” तपार्ईंको भन्दा पल्लो गाउँ हो मेरो, म गा.वि.स. सचिव अमरनाथकी कान्छी छोरी छायाँदेवी हुँ, हुनसक्छ तपार्ईंले मलार्ई चिन्नु हुन्न ।

तिमीले चाहीँ मलार्ईं चिन्छौ र ?” अँध्यारोको शून्यतालाई थप्पड हिर्काउँदै उनी खिलखिलाएर हाँस्छिन् पाखा पर्वत थकाउँदै, कसोकसो मीठो लाग्छ मलार्ई त्यो हाँसो कतै आफ्नोपन घोलिएझैँ । नचिनेको मान्छेको जुत्ता पु¥याउन मलार्ई के खाँचो ?”

उनी फेरि हाँसिन् त्यसरी नै ।

भन न त म को हुँ ?” हिँड्दा हिँड्दै ढिस्कोमा रोकिएर सोध्छु म । सारै थाकेझैँ मेरै छेवैमा फ्यात्त बसेर भन्छिन् ।

तपार्ईं स्कुलको हेडसरको कान्छो छोरा उमङ्ग, तपाइकी दुई दिदी र एक बहिनी पनि छन् । जेठा दाजु मलेसिया जानु भएको छ । बुबा हाल अवकास जीवन बिताउँदै हुनुहुन्छ ठीक हैन त ?”

ओ हो ! जन्मदिने बाबुले त जन्मकुण्डली बताउन सक्दैनन्, उनले त नालीबेली खोतलिन्, म कसरी उनलाई अपरिचित भनौँ र यात्राबाट छुट्टयाऊँ त्यसो त परिचित भनेर पनि भन्न सक्दिन । अवस्था त्यस्तै सिर्जना छ ।

लौ माने वा तिमीलाई, मेरो त जन्मकुण्डली नै पो थाहा रैछ त अनि भन यति राती कहाँ गएर आएकी त्यो पनि एक्लै ?”

सहर गएकी थिएँ बाटोमा गाडी बिग्रेर ढिला भयो, साथी थिए नि उता पारी जाने उतै गए ।

बजारमै कसैकहाँ बास पनि त बस्न सक्थ्यौ नि, यति राती नदीमा डुबेर चिच्याउनुको कारण, के साँच्चै नदी तर्नै नसकेर हो त ?” उनी फेरि हाँस्छिन् ।

छिः तपार्ईं त असाध्यै सोझो हुनुहुँदो रैछ । श्रावणको भेल त एक्लै तर्ने म चैतमा सुकेको नदी तर्न सकिनँ हुँली त, तपार्ईंलार्ई बोलाएकी नि मैले ।उनी डाँडा गुन्जिने गरी हाँस्छिन् ।

जति जति उनी हाँस्दै जान्छिन् त्यति त्यति मलार्ई उनको सामीप्यता मीठो न्यानो लागेको छ आभाष, अँध्यारोलार्ई चिर्दै नियालेर अनुहार हेर्ने चेष्टा गर्छु एकदम धमिलो देखिन्छ मुहार तैपनि राम्री लाग्छ पूर्णिमाको जून जस्ती । नाक ठोक्किने उकालोमा साथी भेट्दा खुसी नै छु म । नत्र हस्याङ्ग फस्याङ्ग गर्दै एक्लै पो उक्लनु पथ्र्यो उकालो । कमसेकम मुख बोलाऊ त भेटेको छु ।

जाऊँ होला अब त दशभाग उकालोमा दुई भाग पनि कटेको छैन उज्यालै होला जस्तो छ घर पुग्दा ।उठेर बाटो लाग्दै भन्छु म ।

उनी पनि आङ तन्काउँदै पछि लाग्छिन्-के भो त बल्ल बल्ल घर फर्केको छोरा उज्यालोमा धितमरून्जेल नियाल्नु हुन्छ झन बुबा आमाले ।च्याप्प समाउँछिन् पछाडिबाट हात, म रोकिन्छु हिंड्दा हिंड्दै ।

के गरेकी तिमीले बाटो साँघुरो छ त्यसमाथिको अँध्यारो अलिकति गोडा चिप्लियो कि शरीर नदीमा, प्राण कता हो कता ?”

तपाईंलाई जिउको त्यति माया लाग्छ ?”

जिउको माया कसलार्ई लाग्दैन र ? माहुरी त आफूलार्ई बचाउने बहानामा सुरक्षा गर्ने निहुँमा मान्छेलार्ई खिलेर मर्छ भने म त मान्छे प्राणी जगतकै सर्वश्रेष्ठ जात, अर्कालार्ई किन त्यसो भन्नु नि घुँडा घुँडा पानीमा बगेर मर्छु भन्दै

चिच्यायौ आफू ।

मैले पहिले नै भनिसकेँ तपार्ईं हेर्दै चम्बू, बाठो भए पनि मूर्ख हुनुहुँदो रैछ । के म आफ्नो प्राण जोगाउनकै खातिर चिच्याएकी हुँला र ? के म त्यस्तो सारै डरपोक देखिन्छु हेर्दा नै ?” हिड्दा हिड्दै टक्क रोकिन्छिन् उनी अलि अगाडि नै पुगिसकेको छु म । चानुमानु नभएपछि फर्कन्छु पछाडि उनी बीच बाटोमै बस्छिन् थचक्क

किन के भयो र बसेकी, बाटैमा ? घर जान मन छैन ? छैन भने म जान्छु तिमी यतैकतैडारमै बस । अँ ओडार त कहाँ पाउनु भीरको ठूलो ढुङ्गा मुनि बस ।

म हाँस्दै फर्कन्छु उनी भएतिर ।

हेर्नुस् न आज बिहानदेखि मेरो मुखमा एक घुट्को पानीसम्म परेको छैन साह्रै थाकेकी छु । भोक, प्यास र थकानले गर्दा तपार्ईं मलार्ई केही सहयोग गर्नुस् न बिन्ती छ, यी हेर्नुस् (अँध्यारोमा पनि हातले इसारा गर्दै) हात गोडा लल्याक लुलुक भएका छन् । पाइलै सर्दैन पटक्कै अगाडि, म कसरी हिडौँ ?”

उफ ! कहाँको घाँडो आइलाग्यो अँध्यारो रात सुनसान जङ्गलको ठाडो उकालो बाटो, तल तमोर नदीको सुसाइ, चरा मुसाको चालसम्म थाहा नपाइने यो ठाउँमा म कसरी तिमीलाई भोजनको व्यवस्था गरौँ ? फेरि सदा त यो बाटोमा उक्लदा झोलामा केही न केही च्यापेर आउँथे सन्जोग आजै रित्तै छु ।म फतफताउँछु उनी सामु बसेर, अफ्ठेरोमा फलेको फर्सी जस्तो हुन्छिन् उनी न टिप्न सक्छु न छोड्न नै ।

ठीकै छ त तपार्ईं खानाको व्यवस्था पनि गर्न सक्नु हुन्न, म तपार्ईंको लागि साँच्चै घाँडो भएकी भए जानुस् छोडेर, म यहीँ बसेर रात कटाउँछु । कति रात पो बाँकी होला र ?” घुर्किसँगै सुकसुकाउँन थाल्छिन् उनी । समस्या समाधानको गतिलो बाटो नभएपछि दिनभरि बाँझो बारी जोतेर थाकेको गोरूको जस्तो लामो सुस्केरा तान्दै उनीसँगै थचक्क बस्छु म ।

छैन तपार्ईंसँग कुनै विकल्प, यानेकि उपाय ? छिः कस्तो नामर्द, यहाँ एउटी भोकी प्यासी अशक्त महिला लखतरानमा बसेकी छे, उता तपार्ईं भने कति ढुक्कले सुसेल्दै बस्न सक्नु भएको, हे भगवान ! उपाय दिनुस् यी मर्द भनाउँदालाई ।दुई हात जोडेर फर्किन्छिन् सप्तऋषितर्फ ।

''ओ हो ! सप्तऋषि यतिमाथि आइसकेछन् अब धेरै छैन उज्यालो हुन, हिँड बिस्तारै अब एक डेड घण्टा हिड्यौँ भने त घर आइहाल्छ म त्यहीँ खानाको प्रबन्ध मिलाई दिउँला

बच्चालाई नाना पापा दिन्छु भनेर फकाए जस्तो उनलार्ई फकाउन खोज्नु मेरो अथक प्रयास बालुवामा पानी पोखिँदाझैँ ओभानो बन्छ, थकाइ त मलार्ई पनि लागेको छ भोकले आच्छु आच्छु म पनि भएको छु तर भनौँ पो कसलार्ई यो जङ्गलको बाटोमा ।

केही समय हामी दुवै मौनतामा लुकामारी खेल्छौँ । पर क्षितिजसम्म मौन संवादको धारा प्रवाह बग्छन् मसँग सवालका उद्बेगहरू नै लहरिन्छन् । मौनताले चिमोट्छ हामी दुवैलार्र्ई, ऐया आत्था बनाउँदै । सुसेलिरहन्छ बतास, चलमलाई रहन्छन् सल्लाका डाली । बाटोको दायाँ बायाँ तलमाथि नियाल्छु म सालको ठुटो बाघ र स्याल बनेर बसेको छ । कस्तो अचम्म मनले जे सम्झियो त्यही आकृति खडा भैदिन्छ अगाडि । सोचाइ, सम्झाइ र भोगाइ त्यसैले पनि पृथक बनेको हुनसक्छ । सोचाइको खिचडी पकाएँ मैले मौनतालाई सापटी लिएर ।

लागेन त तपार्ईंको कुनै उपाय ?”

एकाग्रतालाई भताभुङ्ग बनाउँदै बोल्छिन् उनी ।

अँहँ ! मेरो उपाय भन्नु यो उकालो काट्नु हो, तिमी पटक्कै पाइला चाल्दैनौ कसरी सम्भव छ यो ?”

जाऊँ उसो भए ।

फूर्तिसाथ जुरूक्क उठ्छिन् उनी र हातमा समातेर उठाउँछिन् मलार्ई पनि जुरूक्क ।

ऊ हेर त्यो पल्लो डाँडामा मेरो साथीको घर छ, यहाँबाट तेर्सो तेर्सो त्यस्तै दश मिनेट पनि हिड्नु पर्दैन आज त्यहीँ गएर बसौँ न ल, हुन्छ भन्नुस् न क्या, हुन्छ भन्नुस् ।

उनी पाँच वर्षको अबोध बच्चालेझैँ मेरो दुवै हात समातेर उफ्रन थाल्छिन् । कसरी नाइँ भनौँ तर त्यहाँ त जङ्गल नै जङ्गल छ कसरी उसको साथीको घर भयो ? एकमन यसरी सोच्छु भने अर्को मन जागिरको सिलसिलामा गाउँ नफर्केको आठ दश वर्षै भयो म । त्यसको अवधिमा घाँस र पानीको सुविधा खोज्दै कोही बसाइ सरेर आयो होला, तर …………

भीरमा घर बनाएर जग्गा अवादी गरी बस्नु पनि कम कठिनको कुरा होइन । उनको कुरामा विश्वास गरेर सहमति जनाउँदै लाग्छु म उनकै पछिपछि । घुँडाघुँडा आउने सिरू काँसलार्ई काइयोले कपालको सिउँदो बनाएझैँ गोरेटो बनाउँदै

उनी अघि लागिन् सल्लाका स-साना पोथ्रा पन्छाउँदै म त्यही गोरेटोमा घाँसलार्ई समाउँदै छामछाम छुमछुमको तालमा उनकै पछि लाग्छु । हल्का ओरालो जस्तो कहिले उकालो जस्तो बाटो पार गर्दै अलिकति अगाडि बढेपछि बत्ती बलेको देखिन्छ ।

ल हेर्नुस् आउनै लाग्यो हैन त ?”

उनी उत्साहित बन्दै छिटोछिटो हिंड्छिन् त्यो जङ्गलको भीरको बाटोमा पनि, मानौं त्यो कालोपत्रे गरेको सडक हो र उनी वर्सौैदेखि हिडेकी छिन् त्यहाँ तर मलार्ई एउटा पाइला अगाडि बढाएपछि अर्को पाइला चाल्नै पाँच मिनेट लाग्छ । पहिला त खुट्टाले छाम्नुप¥यो खाल्टो छ कि डाँडा छ, ढुङ्गा छ कि काँडा छ बल्ल पाइला टेक्छु मचक्क । जे होस् उनी अगाडि बढेर पनि मलार्ई पर्खन्छिन् र फर्केर आई हात समातेर हिड्न सहयोग गर्छिन् ।

नभन्दै हिंड्न सुरू गरेको थोरै मिनेटमा नै एउटा भव्य महलको कम्पाउन्ड बाहिर पुग्छौँ हामी । बरन्डामा बलेको चहकिलो बत्तीको प्रज्वलित उज्यालोमा उनको सुन्दरता नियाल्छु म । आजसम्म जीवनको मोडमा जति पनि केटी मान्छे देखेँ, भेटेँ सङ्गत गरेँ ती सबै भन्दा सुन्दर अति सुन्दर छिन् उनी । म उनको सौन्दर्यमा टोलाउँदा उनले गेट खोलिन् ।

आउनुस् न भित्र मैले भनेको ठाउँ आइपुग्यो, के यो ठाउँ साँच्चै रमाइलो छैन र ?”

मुसुक्क मुस्काइन् उनी ।

उनको त्यो मुस्कानमा अँगालोभरिको मादकता ह्वात्त छचल्किन्छ ।

मेरो गाउँ, जहाँ मैले चौध वसन्त पार गरी त्यहाँका ढुङ्गा, माटो वन बुटो, खोलानालासँग सम्झौता गरेको हुँ, मितेरी गाँसेको हुँ त्यही ठाउँ जस्तो लाग्छ जहाँबाट दशैं तिहारका लागि भनेर प्रत्येक दिन घाँसका भारी भारी ओसाथ्र्यौँ, दाउराका बिटा ओसाथ्र्यौँ, बाँदर लड्ने भीरमा यस्तो भव्य ऐसानी महल कसरी कसले बनायो महल कुनै राजमहल भन्दा कम छैन, कहाँ नारायणहिटी दरबार भन्दा चौगुना शोभायमान भवन, यस्तो त मैले हिन्दी सिरियल र अङ्ग्रेजी सिरियलमा मात्र हेरेको छु । जहाँसम्म लाग्छ काठमाडौंमा यस्तो घर देखेको छैन आठ वर्से बसाइमा ।

ढोकाहरू सबै खुल्ला, मगमग फूलको वासना, भुइँमा आँखा तिरमिराउने सुन्दर मार्वलमाथि बिच्छ्याइएको गलैंचा, घरका भित्ताहरू सबै टहटह जूनकोझैँ चमक यस्तो लाग्छ घर स्वयम् चन्द्रलोक हो । हामी भित्र पस्दै गर्दा म सोध्छु उनलार्ई-खै त तिम्रा साथीका परिवार अनि साथी ? यत्रो घरमा कतै चानुमानु छैन ।

उनी एकदम अट्टहासको हाँसो हाँस्छिन् । एउटा कोठाभित्र पसेर सुन्दर सोफामा बस्दै- कोही छैन यो घरमा तपार्ईं र म मात्र छौ ।

जुरूक्क उठेर हात समाउँछिन् र मलार्ई पनि सोफामा राख्छिन् । आफ्नो कपडाको मैलो सर्ला भन्ने पिरले हल्कासँग बस्छु म ।

तपाईं एकछिन यहीँ बसेर आराम गर्नुस् । म खानाको बन्दोबस्त गर्छु ।यति भनेर मीठो मुस्कानका साथ उनी पर्दा पछाडि बिलाउँछिन् । म शङ्का, हर्ष, उन्मादले एकैपटक आन्दोलित बन्छु । घरको सजावट वर्णन गरी साध्य छैन । विवाहको मण्डपझैँ सजिएको कोठा, बिलासिताका सामानले पूरै भरिएको छ प्रत्येक सामानलाई नियाल्छु नेपालका पक्कै होइन बनावट हेर्दा त्यस्तै लाग्छ । हेर्दा हेर्दै आँखा तिरमिराउने, ऐनामा प्रकाशको छायाँ पारेर हेर्दाको जस्तो चक्कर लाग्ने चम्काइ एक अदभुत रहस्यमय बनावट ।

महङ्गो सजावटी सामानको अँगालै अँगालोभित्र लुटपुटिएँ, छोपिएँ र हराएँ म । अत्तरबाट निस्केको हावाले चाटिरह्यो मलार्ई मुटुको कुना कुनामा, घरको भित्ता र भित्तामा जडित सामग्रीले इन्द्रेणी त्यहीँ ओर्लियो । नदी, ताल र झरना भित्र हुल्यो अनि भित्रायो जून तारालाई । म जति जति कोठाको अवलोकन गर्दै जान्थेँ उति मन्द मन्द मात चढ्दै जान थाल्यो रौंरौंमा मदिरा सेवन गरेजस्तो । पानी परेर खुलेको आकाशमा सूर्य मैमत्ता भएर हाँसे जस्तो उन्मादी मुस्कान ओठबाट बर्रर्र पर्रा छुटाउँदै उनी रेशमी पर्दा पन्छाएर कोठामा देखा पर्छिन् ।

तपार्इंलार्ई एक्लै बस्दा बोर त लागेन है ?”

चाँदीको टुक्रा जस्तो मोहक रूमालले हात पुच्दै बोल्छिन् उनी । म नाजवाफ उनको सुन्दरतालाई घटघटी पिउँदै छु आफ्नै मनोमानीमा ।

छिः कसरी काँचै चपाउँला जस्तो हेरिबस्नु भएको तपार्ईं त, जाऊँ भित्र मैले खाना बनाएँ मात्र हामी दुर्ईको लागि ।

को हुन् उनी अनि को हुँ म हामीदुर्ई अक्षरले खुव रोमाञ्चित बन्छु म । साथमा लाग्छु उनकै पछि अर्को कोठामा ।

डाइनिङ्ग टेबलमा चौरासी व्यञ्जन हामीलाई नै पर्खदै छ, हामी दुई आमने सामने गरी बस्छौं टेबलमा । खानाको परिकारमाथि दृष्टि लगाउँदै खलखल पसिना छुट्छ मलार्ई त्यहाँ मैले खाना खानु भन्दा खानाले चपाउन थाल्छ टुक्रा टुक्रा बनाउँदै ।

तिमीले कति छिटो बनाएकी यी सब ।म संवादको श्रृङ्खला अगाडि बढाउँछु । अनि के त यी सब मात्र नमुना हुन् तपार्ईं मसँग नजिकिदै जानुस् न कस्तो कस्तो खाना खुवाउँछु म ?” छड्के आँखा झिमिक्क बनाउँदै बोल्छिन् उनी ।

उनको भनाइको अर्थ बुझ्न सकिन, दिमाग घुम्छ फुइँफुइँ तर पनि तारेको माछा चपाउन भने छाड्दिन म । जे खायो त्यही असाध्यै स्वादिलो पेट भरिन्छ, मन भरिन्न पटक्कै । जीवनमै पहिलो पटक यस्ता खानेकुरा खान पाउँदा म स्वासले ननिल्ने कुरै भएन । अन्तमा, उनले फ्रिजबाट वियर ल्याएर टेबलको गिलासमा खन्याइन् । हामी दुवै चियर्स भन्दै पिउन थाल्छौं ।

थोरै पिउन नपाउँदै झुमझुम बन्छु म । बसेको कुर्सीबाट उठ्न हम्मे हम्मे पर्छ मलार्ई,आफ्नै दाइने हातको टेको दिएर खुब होसियारी साथ ओच्छ्यानमा पुर्याउँछिन् उनी । जुत्ता मोजा खोलिदिएकी, सर्ट पाइन्ट फुकाली दिएकी कता कताको धमिलो दृश्य हेरिबस्छु म । आधा सपना जस्तो अनि आधा बिपना जस्तो । कोठाको प्रकाश अझ धमिलो हुँदै छ आफूले लगाएको साडी र ब्लाउज खोलेर मसँगै पलङ्गमा पल्टेको देख्छु उनी पनि । थाहा छैन उनका हातहरू मेरो शरीरको कुनकुन अङ्गसम्म स्पर्श गर्न पुग्छन् मलार्ई अझँै अनौठो आनन्द उत्पन्न हुन्छ शरीरभरि तरङ्ग फैलिएर, उनी टाँसिन्छिन् मसँग लपक्क लिसो टाँसिएझैँ त्यसपछि………………

उमङ्ग ! बाबु ए उमङ्ग बाबु ।कसैले घचघच्यााउँदै बोलाएको आवाजले झल्यास्स हुन्छु म । बिस्तारै आँखा खोल्छु वारिपारि डोको बोकेका घाँसेहरू झुम्मेर मलार्ई पो घेर्दै रैछन् । माथि घरे कान्छी आमा निधार छाम्दै बोल्नु हुन्छ, के भयो छोरा ? यो भीरको फेदीमा खोलाको ढाँडमा किन यसरी सुतेको

उहाँको भनाइले आँखा माड्दै जुरूक्क उठ्छु लौ नभन्दै म त दायाँ बायाँ सल्लाघारी, माथि नाक ठोक्किने भीर छेवैमा चिसो हावा ��"कल्दै बगेकी तमोर नदी, अचम्म यस्तो ठाउँमा पो सुतेको रैछु ।

खै त हिजो नदीमा भेटेकी महिला ? अनि त्यो भव्यमहल, चौरासी ब्यञ्जन, पेट छाम्छु भोकले आन्द्रा बाउडिएर कुइँय गर्छ । म त नाङ्गै सुतेको थिएँ एकपटक लाज र शरमले पानी पानी बनेर नियाल्छु आफूले आफूलार्ई नै, शरीरमा कपडा जुत्ता ठाउँको ठाउँमा नै छ । गाउँका घाँसे महिलाहरू टुलुटुलु हेरिबस्छन् मलार्ई नै । म के जवाफ दिऊँ के भन्न सक्छु र जुन कुरा मेरो जीवनमा हिजो बेलुका घट्यो यो सब उनीहरूले पत्याउने पनि छैनन् । आफूलार्ई सहज बनाउने प्रयासमा काकी, ठूलीआमालाई हेर्दै बोल्छु म- उकालो चढदै थिएँ साह्रै थकाइ लाग्यो र यता आएर यसो पल्टेको उज्यालो भैसकेछ । हजुरहरू घाँस काट्न थाल्नुस् म लागेँ घरतिर ।उठेर कपडा मिलाउँदै लाग्छु उकालो बाटैबाटो घरतर्फ ।

मन एक तमास सतहझैँ बन्दै जान्छ, स्तब्ध रहन्छ सोचाइ, बिहानीको कलिलो शिशु किरण लत्पत्त पोत्दै छ डाँडा, पाखा र बुटयानलाई, घामको मायालु स्पर्शमा हेलिएर सुस्तसुस्त बहन्छ हावा, बयली खेलाउँदै रूखका हाँगाहरू । यस्तो लाग्छ राती मेरो जीवनमा घटेको घटनासँग अपरिचित छैनन् उनीहरू । त्यसैले पनि मलार्ई अप्ठेरो लाग्छ उनीहरू सामु आफूलार्ई प्रस्तुत गर्नमा ।

सोचाइको हिमश्रृङ्खलामा पालैपालो हिउँ वर्सिएझैँ थप्पथप्प खस्छ मानसपटलमा, कति राम्री थिई ऊ, उसको हँसाइमा सारङ्गीको धुन गुन्जने थियो, बोलाइमा पियानो, हेराइमा त झन जहर नै पो घोलिने यस्ती आइमाई देखिन आज सम्मको जीवन भोगाइमा ।

त्यो वनको खोँचमा कहाँ गयो भव्यमहल, यस्तो अनौठो घटना मलार्ई नै किन आइलाग्यो भावनाको छालले निथ्रुक्क भिजाउँदा उकालो कटेर घर आएको पत्तै भएन मलार्ई । आँगनमा खामोझैँ ठिङ्ग उभिएको देख्दा बहिनी खुसीले पुलकित भै छाँद हाल्न आउँछे र पो मलार्ई आफू घर पुगेको आभाष हुन्छ ।

म त भन्दै थिएँ आज भोलि नै मेरो छोरा आउँछ, हजुरले नपत्याउनु भएको हैन देख्नु भो त ।हातमा पूजाको थाली समातेर दैलोबाट बोल्नुहुन्छ आमा । उहाँको ममत्व पोखिन्छ शब्दबाटै ।

ल त तेरै कुराको जीत, जा कान्छी एक गिलास दूध तताइदे दाजुलार्ई, उकालो बाटो थाकेर आछ ।हुक्कामा नली लाएर टर्र टर्र तमाखु तानेर बुङ्ग धुवाँ उडाउँदै बोल्नु हुन्छ बुबा । बहिनी बुबाको वचन भुइँमा झर्न नपाउँदै तुफान बनेर घर भित्र भित्रिन्छे । म फलैंचामा झोला फ्यात्त फालेर त्यहीँ पल्टन्छु ।

थाकिस् बाबु, के गर्नु यो पाखो जग्गा, दुर्गम ठाउँ । सबै ठाउँमा विकास पुग्छ, बाटो घाटो पुल कुलेसा बन्छन् हाम्रो यो ठाउँमा भने विकासको वि सम्म अनुभव गर्न पाएनौँ हामीले, न मोटरबाटो देख्न पाएँ न बिजुली बाल्न नै यसो सहर जानु आउनु र सदरमुकाम मानै जान परे पनि नाक ठोक्किने उकालो पार गर्नै पर्छ जुनै शासन आए पनि जो सुकैले सत्ता लिए पनि हामीलाई के न के ।

लामो सुस्केरामा बुबा आफ्नै सुरमा गुनगुनाउनु हुन्छ मेरो ध्यान भने उहाँको गुनगुनाइभन्दा राती आफूले भोगेकै घटनामा केन्द्रित रहन्छ । बडो अजिबको अखण्ड भोगाइ भयो त्यो । अँ साँच्ची उनले गा.वि.स.सचिवकी छोरी छायाँदेवी भनेकी थिइन् । भएन म छायाँलाई भेट्न उनकै घर जान्छु । मनले मनसँग योजना बनाइरहेकै बेला नानीले एक गिलास दूध ल्याएर अगाडि राखिदिन्छे र शरीरको पसिना पनि ओभायो अब  फलैंचाबाट जुरूक्क उठेर तातो तातो दूध घटघट पिउँछु र लाग्छु गाउँकै साथी हेम कहाँ ।

खाल्टोको कम्पोस्ट मल कोदालीले फर्काउँदै छ हेम घर पछाडि । उसलार्ई त्यहाँ देखेर सिधै घरमा नगई ऊ भएको ठाउँमै जान्छु । मलार्ई देखेपछि बहुत खुसी हुन्छ हेम ।

के हो यार सहर पसेपछि गाउँ र गाउँका साथीभाइलाई चटक्कै बिर्सने, आज कताबाट याद आयो नि मेरो तँलाई ?” मलखाल्टोको डिलमा कोदाली ओच्छ्याएर बस्दै बोल्छ ऊ ।

ल ल तंैले जे भनेपनि तेरो भन्ने पालो आफ्नो सुन्ने पालो, हैन सबैजना मेरो विवशता चाहिँ किन बुझ्दैनन् आउँदा आउँदै पसिना नओभाई आउँछु आफू ऊ त्यसो भन्छ ।

म पनि मुन्टो बटारेर जवाफ दिन्छु । भैगो भैगो चित्त नदुखा ल भन सहरको हालचाल, तेरो जागिरे जीवन कसरी बित्दैछ ?” केही बेर हाम्रो यस्तै सवाल जवाफ, घोचपेच चल्छ । त्यहीँ दुर्ईकप चिया लिएर एउटी अपरिचित महिला आउँछिन् ।

चन्दु ! यही त हो मेरो फटाहा साथी उमङ्ग, साला स्वार्थी मतलबी ।

यसरी परिचय गराउँछ ती महिलासँग हेमले । मलार्ई उनी दुर्ईहात जोडेर नमस्कार गर्छिन् ।

बुझिस् उमङ्ग मैले बिहे गरे नि यी मेरी श्रीमती चन्दू ।

ए उहाँ भाउजू पो ल बधाइ छ तँलाई ।

उनी लाजले रातो बन्दै धोतीको सप्को स्याहार्दै भित्र पस्छिन् । फेरि हाम्रो वार्तालाप सुरू हुन्छ ।

साँच्ची हेम म तँलाई एउटा कुरा सोध्छु ।

यसरी विषय प्रवेशतिर लाग्छु म, “गा.वि.स. सचिव अमरनाथकी छोरी छायाँ कता छिन् अचेल ?”

मेरो कुरा सुनेर ट्वाल्ल पर्छ हेम । हैन तैले थाहा पाएको छैनस् र ?” के कुरा ?” उत्तेजित बन्दै सोध्छु म ।

ऊ क्या त छायाँको सहरकै केटासँग माया बसेको रैछ । अमरनाथ बूढाले पल्लो गाउँको श्रीनाथ काकाको छोरासँग विवाहको कुरा छिने त्यसपछि बिचरी खहरेको भीरबाट खसेर मरी ।

के रे छायाँदेवी मरि सकी रे ?”

अनि के त एकवर्ष भैसक्यो ऊ मरेको बूढा अहिले पश्चातापले गलेका छन् । जवान छोरीको डोली सजाउने बेला लास उठाउनुपर्दा ।

म हेमको कुराले छटपटिन्छु । बसेकै ठाउँमा लगलग काम्छ शरीर । डरलाग्छ भित्रभित्रै त्यही खहरेको भीरको फेदी, तमोर नदीको किनारमा त हो नि उसले मलार्ई लगेकी । के यस्तो पनि हुन्छ मरेको मान्छे कसरी जीवित भएर खोलादेखि मसँगै सवाल गर्दै आई, नाइ यो हुन सक्दैन, फेरि त्यो महल, उसँग बिताएको रात, खलखल पसिना छुट्छ । चारैतिर अँध्यारो देख्छु, मेरो वाक्य बसेर किलकिली झंै अन्तर कुन्तर घुम्छ फुइफुइ । हेम उठेर मलको चपरी फ्याक्न थाल्छ धमाधम, म भने चारैतिर अँध्यारो छाएको वातावरणमा सोचिरहन्छु रातीको घटना, छायाँ, भव्यमहलसँगै एउटै पलङ्गमा पल्टेको र रात बिताएको अनि ऊ मरिसकेको कुरा …………. । विश्वास र अविश्वासको धुवाँले निल्न खोज्छ मलार्ई आफूभित्र भित्रै ………….

 

 

subisudha9841140180@gmail.com

(कथाकार मेट्रो अनलाइन दैनिक पत्रिका, काठमाडौंको सम्पादक हुन् ।) 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

   
Column / स्तम्भ

    Random Pick
गाउँका मुखिया बूढा भन्थे-
हिँडे छेउ लाग्छ....
अरे ! यहीँ त बसेको छु म
शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर
बसेको बसेकै बसिराखेकै छु
आमाको सालनालसितै

    Statistics
Total Articles
669
Total Authors
230
Total Views
417043
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com