literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 23, 2011 | Author : दाजु गुरूङ
Category : Poetry / कविता | Views : 405 | Rating :

  
दाजु गुरूङ

हरेक पल पलका हावाका झोंकाहरूले

निरन्तर दूस्तक दिइरहेछ,

हरेक क्षण क्षणका समयका हातहरूले

अगणित मुक्का हानिइरहेछ

दस्तक सुनेर पनि

मुक्का खाएर पनि

स्वयम्भू मौन छ,

मौन स्वयम्भूका

नयनहरू मूदित छन्, अर्ध-मूदित छन्

यदि मौनता नै जीवनको अभिष्ट आर्दशता हो भने

अर्ध-मूदित नयनहरूले मात्र संसार चिहाउने हो भने

मौन-व्रत पालेर बस

नयनहरू अझ मूदित गरेर बस

जसरी शदियौं देखि बसिरहेछौ ।

 

धेरै भयो हाम्रा घर आँगनले घामका किरणहरू चुम्न नपाएको

धरै भयो हाम्रा गाँम घरले जुनको चहकता हेर्न नपाएको

अनि धेरै भयो हिमाल पहाडका फेदिहरूमा

तराइका फाटहरूमा

घामले पाइला टेक्न नपाएको, जुनले टहल्न नपाएको -

त्यसैले त आफनै मेहनतको खेत बारीहरूमा

आफनै सपनाका वगैंचाहरूमा

फूलका कोपिलाहरू विरुवाहरू मूनाहरू

जीवनका उज्यालो घामको घमाइलो नतापी

जुनको शितलताको अनुभूति नगरि

��"इलाई रहेछन्

यौवनका ठूला-ठूला सपना सजाउने चहानाहरू

हत्केलामा लाली गुराँस र सुनगाभा फूलाउने इच्छाहरू

निराशाका अध्याँराहरूमा

आस्था माथिको घात प्रतिघातहरूमा

बलातकृत भइरहेछ

आफ्नै घर आँगनमा ।

 

तर स्वयम्भू मौन छ , नयनहरू मूदित छन् अर्ध मूदितछन् ।

यदि मौनता नै आर्दशता हो भने

मूदित नयनहरूले मात्र संसार चिहाउने हो भने

मौन व्रत पालेर बस मूदित नयनहरू लिएर बस

जसरी शदियौं देखि बसिरहेछौ ।

 

सगरमाथा भन्दा अग्ला अग्ला सपनाहरू बोकेर

सम्पूर्ण ब्रह्माण्ड अटाउँने चहानाहरू साँचेर

हरेक साँझ बिहान

तिम्रो समर्पणमा जीवन अर्पेका लामा र आनीहरू

ॐ मा ने पेमे हुम्

ॐ मणि पद्मे हुमको मन्त्रोच्चाण गर्दै

शान्तिका दीपहरू प्रज्वलित गरिरहेछन्

शुभ दिनहरूका कामना गर्दै

ध्वाजा पताकाहरूले तिम्रो चैत्य धपक्क बलिरहेछन्

पौराखी शिल्पी हातहरूले तिम्रो बुढो अनुहार र

डाँडा माथिको घाम जस्तो शरिरलाइ पनि झन् झन् तरुण बनाइहेछन्

नित्य शान्तिका मन्त्रोच्चारण र सुगन्धहरू

ढोल ढयाङ्ग्र्रो र शंख घण्टाका दुन्दूभी सँगै तरंगीत भइरहेछन्

लाग्छ, बुद्व र बुद्वत्वको सन्देशहरू

यहिबाट मानव सागरमा गुञ्जयमान भइरहेछन्

अनि, सबैले एउटै चहाना पालेकाछन्, मन भरि एउटै कामना राखेकाछन्-

तिम्रो आँगन भरि परेवाहरूले

संधै संधै पे्रमका गीतहरू गाउदै प्रेमका मालाहरू गाँस्तै

एउटै पधेँरामा प्यास मेटून र

यो श्रृजनाको आकाश माथि स्वछन्दले काँवा खेल्दै उड्न सकुन् ।

तर तिम्रो अनुहार भरि परेवाको आलो रगत पोत्ने गरि

तिम्रो मौनताको उपहास गर्दै

खुलेआम परेवाहरूको शिकार खेलिरहेकाछन्

जल्लादहरू कतै गुलेली मटेग्रा र घुयँत्राहरू

कतै वारुदका आगाका गोलाहरू फयाँकि रहेछन्

निरीह परेवाहरू शिकार भैइरहेछन्

आफनै घर-आँगनमा ।

 

अनि परेवाहरू निरीह बाँचेकाछन आफनै खेत-बारीका गराहहरूमा,

पानी खाने पधेँराहरूमा खोला नदिहरूमा अनि सँधै हिडने गोरेटोहरूमा, सडकहरूमा ,

हिंसाले बलत्कृत छन् आहतले छटपटिएका छन् र

रगतले तर्सिरहेछन्

आफ्नै माटोमा

तर स्वयभू मौन छ,

नयनहरू मूदितछन अर्धमूदित छन्

यदि मौनता नै पि्रत हो भने मूदित नयनले नै संसार हेरिरहने भए

मौन वर्त पालेर बस, मूदित नयनहरू लिएर बस

जसरी शदियौं देखि बसिरहेछौ,

 

आजकल तिम्रो मञ्जुपत्तानमा

दिनहुँ नयाँ नयाँ जात्राहरू मञ्चन भइरहेछ

घोडेजात्रा, गाईजात्रा, बन्दुकेजात्रा अनि जात्रैजात्रा

नत पर्वको जात्रा नत गर्वको जात्रा

के गर्ने मानिसहरू जात्रा हेर्न मस्तछन्

चटकेहरू जात्रामा लुटनमा व्यस्तछन्

त्यसैले त उत्तर र दक्षिणका तिलस्मी चटकेहरू आकाछन्

पूर्व र पश्चिमका पनि भेला भाकाछन्

चटकेहरूले खाकाछन् मातेकाछन् अजिर्णले मरेकाछन्

तर जात्रामा रमितेहरू लुटिएकाछन्

गोरु मोलाइमा बेचिएकाछन, कवाडीको भाउमा साटिएकाछन्

हाट भर्न आ का हुन की मेला हेर्न आ का हुन जस्तो

मानिस मरिसकेका रमितेहरू,

 

के थाहा चटकेहरूले पानी खाने मुहान बेचिसकेको छन् भनेर

के थाहा चटकेहरूले घाँस दाउराको जङ्गलमा अँाखा लाकाछन् भनेर

के थाहा र रमितृलाइ आफू कसैको बन्दकी बनिसकेको छु भनेर ।

लाग्छ, बस्तीमा चटकेहरूको जात्रै जात्रा मौलाएको छ

मानिसहरूमा मानिस हराएको रमितेहरू मात्र बाँचेकोछ

सँधै चुपचाप चिसो चिसो मूर्दाहरूको बस्ती जस्तो

त्यसैले त बस्तीको पधेँरोको मुहान सुकेका छ,

संगै बसेर खाजा खाने चौतरीको आस्था भत्किएको छ

आस्था हराएको छ, बिहानी हराएको छ

तर पनि स्वयम्भू मौन छ ।

 

स्वयम्भू, मञ्जुपत्तानको साक्षी, अनि विश्वासको धरोहर

पेन्सनमा बाँचेको बुढो लाहुरे घाम ताप्न डाँडामा बसे जस्तै

आफै निरन्तर क्षितिज खोजीरहेछ घाम पर्खिरहेछ

स्वयम्भू मौन छ, नयनहरू मूदित छन् अर्ध-मूदित छन्

मौनता नै सहनशिलता हो भने,

मूदित नयनहरूले नै संसार हेरिरहने भए

मौन व्रत पालेर बस, मूदित नयन लिएर बस

जसरी शदियौं देखि बसिरहेछौ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता
नयाँ बर्ष-पुरानो बर्ष

   
Column / स्तम्भ

    Random Pick
मलाई छाडि के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।
झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला ।

    Statistics
Total Articles
669
Total Authors
230
Total Views
417014
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com