|
धेरै भए हत्या हिंसा धेरै भए जाली
अघि बढौं अत्यचारलाई जरैबाट फाली,
नरुकौ अब हामी
पाईला सबले अघि बढाऔं
संघर्षमा मर्नु परे
देशकै निम्ति बली चढाऔं
चेतनाको दियो जलाई जागौं मेचीकाली
अघि बढौं अत्यचारलाई जरैबाट फाली,
के हुन्न र हामी सबै
एक भै जुट्यौ भने
केही हुन्न एक आपसमा
हामी फुट्यौ भने
गोड मेल गरौं देशको हामी नै हो माली
अघि बढौं अत्यचारलाई जरैबाट फाली ।
|