|
सबको मन कहा हुन्छ एकै बराबर
चाहेजस्तो कहा हुन्छ सबै सराबर ।
अल्झिदिन्छ कहिलेकाहि सानो तुनामा
थन्किदिन्छ कहिलेकाहि मन्कै कुनामा
सबको भाग्य कहाँ हुन्छ एकै बराबर
चाहेजस्तो कहाँ हुन्छ सबै सराबर।
उड्ने गर्छ कहिले मन चंगा बनेर
राख्न कहाँ सकिन्छ र मनै बाँधेर
भाग्य कहाँ दैवले दिन्छ बराबर
चाहेजस्तो कहाँ हुन्छ सबै सराबर।
टुकर लाईन्स, सेरिया, ब्रुनाई |