literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 21, 2012 | Author : आशिष साम्पाङ 'महेश'
Category : Poetry / कविता | Views : 311 | Rating :

  
आशिष साम्पाङ 'महेश'

मेरो कविताको

एक सुन्दर हरफ हेरेर

त्यसै-त्यसै मन कुँडाउने

ए समकालीन कवि !

 

यो सहरको

सागुरो गल्लीतिर

बारम्बार भेट भैरहँदा

नमस्कार गरेन भनेर

रिसाउने ए स्थानीय नेता !

 

कुनै आमसभामा

महान व्यक्तित्व जसरी

गजक्क आसीन हुँदा

राम्रो सम्वोधन गरेन भनी

सधैं दुखेसो पोखिरहने

ए सभाका सभापती महोदय !

 

,

प्रेम दिवसको दिन

एउटा बहुमूल्य उपहार

रातो गुलाफको फूल

"आई लभ यू"

भनेन भनेर आँशु झार्ने

ए मेरी प्रियसी !

 

राष्ट्रिय झण्डा जस्तो

लिएर किन हिडिरहेछौ

पलभरको जिन्दगीमा पूर्वाग्रही भावना  ?

किन राखिरहेछौ पूर्वाग्रहीसोच ?

किन बनाउदैछौ पूर्वाग्रही योजना ?

किन गरिरहेछौ पूर्वाग्रही व्यवहार ?

जस्तो कि गरेकोछु मैले

गर्नै नहुने-जघन्य अपराध,

 

बरु सोध,

दासताको कथा

जीवन जीउनुको पीडा

जीवनको महत्वहरू

सायद, थाहा हुनुपर्छ

माङखिम, गुम्बा, र मस्जिततिर

चर्च, सेमिचोङ र मन्दिरतिर

अनवरत जादै गरेका

त्यी परम भक्तजनहरूलाई,

 

तर कुनैदिन

म सायद,

अमानवीय गोली खाएर

अपहेलनाको होमातिन पाखातिर

निर्घात मारिन्छु विचारा

दिलबहादुर लिम्वू जसरी

निर्दयी वैभवताको पञ्जाले

समातेर थुनिएको छु निरन्तर

विवशताको जन्जालभित्र

जहाँ

लुटिन्छन् मेरा अस्तित्वका अस्मिताहरू

पल-पल मरेर फेरी

जीवन्त मरिदिन्छु सायद

लाचारीको सब्वेंमुनि-छोंमा सरह,

 

तब

आउँनु तिमी त्यहीं

निष्प्रण सेता हिउँका ढिस्कोमाथि

सधैं उदास-उदास भैरहने

सधै आँसुमा नै डुबिरहने

रातो मुर्दाघर छेउ

चढाउँनु एउटा श्रद्वाको फूल

नभए,

फ्यालिदिनु पूर्वाग्रही समवेदनाहरू

र अन्तमा हल्लाइदिनु

नितान्त पूर्वाग्रहरहित अलबिदाका हातहरू ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता
नयाँ बर्ष-पुरानो बर्ष

   
Column / स्तम्भ

    Random Pick
हाम्रो बहुरङ्गवादमार्फ् प्रतिसमालोचनाको सिद्धान्त खेलकको परिचय, पहिचान र प्रक्रियाबाट प्रारम्भ हुन्छ । खेलकले खेलेको जग्गा बाइनरी अपोजिसन हुनुपर्दछ । कथाकार लारा मात्र भन्दा साहित्यमा अमिल्दो एकलकाँटे हुन्छ नै । उनी कथाकार मात्रै होइनन् । लारा एक कथाकार हुन् । लारा एक उद्घोषक हुन्......

    Statistics
Total Articles
669
Total Authors
230
Total Views
417310
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com