तिमी यस्तो पहिले थियौ नै कहाँ र
प्रेमरस पिलायौ केवल पियौ नै कहाँ र
भित्र भित्रै म मात्रै जली रहेँ एक्लै
म भएर तिमीले जियौ नै कहाँ र
तिम्रा लागि महत्वहीन भएँ उसबेला
बे'भाउको मेरो वास्ता लियौ नै कहाँ र
म भत्कीएर पनि सम्हालीएँ मुस्कीलले
त्यो फाटेको मनलाई सियौ नै कहाँ र
गल्ती मेरो नै थियो भन्छौ अझै मलाई
मनको कुरा भन्ने मौका दियौ नै कहाँ र ।