|
छरिएका केंशहरु चुल्ठो बनाइ बाटी दिउकी
लज्जाएका आँखाहरु दांउ छोपी चोरी दिउकी
नौनी जस्तो कोमल कोमल
दिलमा चोट लाग्ने हो की
हावा जस्तै चञ्चल चञ्चल
भेटमा ठेस लाग्ने हो की
कोमल कोमल चञ्चल चञ्चल
माया भन्ने यस्तै हो की ?
लत्रिएछ पछ्यौरी धुम्टो बनाइ ओडाइ दिउकी
लज्जाएका आँखाहरु दाउ छोपी चोरी दिउकी
फूल जस्तै सुन्दर सुन्दर
मनमा काँडा विझ्ने हो की
जुन जस्तै शितल शितल
तनमा राप वड्ने हो की
सुन्दर सुन्दर शितल शितल
माया भन्ने यस्तै हो की
पोखिएका किरणहरु ओंठ भरि सारि दिउकी
लज्जाएका आँखाहरु दांउ छोपी चोरी दिउकी । |