literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 21, 2016 | Author : अशोक राई
Category : Review / समिक्षा | Views : 404 | Rating :

  
अशोक राई

केही अघि कवियत्री मनु कन्दङ्वाको कविता संग्रह "बलिहाङतङनाम मेरो मानसपटलमा" फेसबुक वालमा धेरैले सेयर गरे । कालो रंगको भुँइमा पुस्तकको नामलाई रक्त रन्जित बनाइएको आवरण रहेछ । कुनै हरर सिनेमाको पोस्टर शैलीको यस्तो आवरणले पुस्तक रहस्यमयी जस्तो बनाएको छ । फेरि 'बलिहाङतङनाम' लिम्बू किराँतहरूको सांस्कृतिक शब्द हो । यसरी हेर्दा यो पुस्तक सांस्कृतिक निबन्ध या आख्यान हो की जस्तो भान पनि भयो तर तेसो नभएर यो त कविता संग्रह पो रहेछ ।

पुस्तक हातमा पर्नासाथ मेरो कौतुहलता दुर गर्न शिर्षक कवितालाई पहिलो चोटी हेरेँ । यो कवितामा त माओवादि जनयुद्धले शहीद बनाएको दाइको शोकमा बैनीको मार्मिक भावना पो रहेछ । परिबर्तनको सपना बोकेर हिडेको दाइ नफर्किने बाटोमा गएपछि बैनीले प्रत्येक तिहारमा उसलाई संम्झन्छिन् । कस्तो बिदिर्ण भो मन । तब थाह पाएँ आवरणको रहस्य । मलाई थाह छैन यो घटना स्वयं कवियत्री कै यथार्थ घटना हो या प्रतिनिधी कथा ।

सरसर्ती सबै कविताहरू हेरेँ । सरल र मीठा भावनाहरू कवितामा पस्किएका रहेछन । धेरै जसो कवितामा जीवन कै अनुभव र त्यसबाट प्रस्फुटित तिता मीठा कुराहरूको भावना छ ।

भोगाइ लेखकको पहिलो श्रोत हो । जीवन चल्दै चलाउदै जाँदा आइपर्ने बिबिध रंगहरू र तरंगहरू पोख्ने एउटा माध्यम कविता हो । त्यहाँ प्राय अनिच्छत स्वीकृतिहरू धेरै हुन्छन् । ती निजी बिषयबस्तु प्रकारान्तरले सबैसग हुन्छ । तर मनको बह कसैलाई नकह भने जस्तो मानिसले पिडा लुकाउँछन र बाहिर हास्छन् ।

'बहार' कवितामा मनको उत्कण्ठाहरू यसरी पोखिन्छन्- "दिन रिसाएर ठुस्स पर्छ समय हिडिरहेछ म हेरिरहन्छु ।"

यस्तो लाग्छ यो पाठकको आफ्नै भावना हो । तेसैगरि 'कक्तेल' कवितामा जीवन भोगाइका मिश्रित अनुभूतिलाई यसरी पोखिएको छ-

"जिन्दगि कक्तेल रहेछ

पल पललाई फिटेँ

अनि आँखा चिम्लिएर भएपनि टन्नै पिएँ ।"

 

"समुद्र, जुनकिरी र म"मा

रात कता कता सन्त्रासमय छ

तर कलरफूल जुनकिरीहरूको

मौन नृत्यले मन भुलेको अबस्था छ ।

"म भने जहाँको तहिँ छु

मेरो समुद्र मेरो रातको जुनकिरी

मेरो फस्टफेरी मलाई सधैं साउती मार्ने

समुद्रमाथिको मेरो जुनकिरी ।" (समुद्र, जुनकिरी र म)

 

आफ्नो भावनालाई मीठो गरि पस्किन्छिन मनु-

"कहाँ पुगिन म ?

हिउँफूलको बगैँचा

सुनगाभाको शहर

जुनताराको देश

बादलको घर समुद्रको आँगन ।" (कहाँ पुगिन म ?)

 

यी कविताहरूमा जीवन पाईन्छ र जिउने क्रममा प्राप्त अनुभूतिहरू पाईन्छ । जिजीवीषाको दौरानले ल्याएको समय खण्डहरू पाईन्छ।

हङकङको परिवेशमा लेखिएका केही कविताहरूको चर्चा गरौँ ।

डलरको हतार', 'सण्डे मामा', 'बुलबुल चरी', 'टाइफ़ून-३', एडिग पार्क' 'समुन्द्र जुनकिरी र म' हङकङको परिवेशमा लेखिएका कविताहरू हुन् । 'डलरको हतार' कविताले सबै बिदेशी जीवनको बर्णन गर्छ । 'सण्डे मामा'ले अबकास प्राप्त लाहुरे तथा पाँच दशक उमेर माथिका छोरा मान्छेले हङकङमा बिताउने सालाखाला जीवनको तरिकाको कुरा गर्छ । 'बुलबुल चरी'ले हङकङमा बैभवताको आवरणमा खण्डित नेपाली परिवारको मार्मिक चित्रण गर्छ । 'टाइफ़ून-३' त्यहाँ आइरहने सामुद्रिक आँधीको नाम पनि हो । यसले मानिसको मनमा एक रोमांचित एबं त्रासको संम्बेग दिलाउँछ तेहि कुरा कवितामा छ । 'एडिग पार्क'ले कुलतमा लागेका नेपाली युबा युवती र तिनीहरूको असामाजिक कृयाकलाप अनि तिनीहरूको लापरवाहीले सिर्जेको कालो पक्ष जाहेर गर्छ । केही कवितांशहरू- 'हतारमा अनि झोलामा लन्चबक्स हाल्छु र निस्कन्छु ।' (डलरको हतार)

'बाहिर टाइफून ३

म निदाएकी छैन

झ्यालमा बतास ठोक्कीएर

पर्दाहरू लतारि रहयो ।' (टाइफून ३)

 

'छेँ चाइमा लाप्साप थंग राखेर

मिंगपाउको झोला झुण्डाउदै

छेँ चाइ गुडाउँछिन छ्यामा ।' (बुल बुल चरी)

 

अन्य केही कवितामा, 'बलिहाङतङनाम र मेरो मानसपटलको अतीत'ले एउटा कालो र कारूणिक अतीतलाई देखाउँछ । यो उसबेलाको प्रतिनिधी परिवेश हो । मावोबादी युद्धताका हिंसाले परिवार, समाज र देश कस्तो बिपत्तिमा थियो भन्ने कुरा यो कवितामा पाईन्छ ।

'एउटाले भन्यो कामरेड !  लागौँ हामी टाडा पुग्नु छ ।'

-'जन्म पहिचान'ले पहिचान बोलेको छ । म किन भुकुल्ली, मोटी र पोक्ची भएँ ? कारण म नजन्मदै मेरो आमाले फाक्सा र पेना थी खाएको थियो । मेरो बाजे र बोजूले मलाई हाक्पारे ख्याली र साकेला सिली गाउदै हुर्काएको हो । तेसैले मसँग पालाम छ, ख्याली छ, हाक्पारे छ, मुन्धुम र मिथकहरू छन् । 'जब म हुर्कदै हुर्कदै केही कुरा बुझ्ने भएँ बाजेले नागरा निसान, ढाल तरवार र लालमोहरका इतिहास सुनाए मानसिंह चेम्जोंग र श्रीजंगा चिनाए ।'

-प्रणय कविता 'किनारा'ले पैसा र महात्वाकांक्षाले दुखेको समन्धको कुरा गरेको छ । के जीवन सिम्फोनी रंगहरू मात्रै हो त ? भन्ने भावुक प्रश्न छ कवितामा । समय र बाध्यताले किनारा लाएको जोडीको प्रेमिल भाव पनि हो यो कविता । "तिम्रा चोटहरूमा म किन साँझको घाम ? मेरा तृष्णाहरूमा तिमी किन क्षितिजको जून ?"

-बकैनाको रूख लाई देशको बिम्ब बनाइएको छ 'बकैनाको रूख' कवितामा । बकैनाको रूख राम्ररी नहुर्कदै र बुढो भइन्जेल लुछिएको छ । टोड्का पारिएकोछ । कुरूप बनाइएको छ । "म यिनै कुराहरूसँग सम्बाद गरिरहेछु । काभ्राको रूखमा पिपल हुर्कन्छ भने के बकैनाको रूखमा काभ्रा हुर्कन सक्दैन ? रोप्ने हिम्मत त गरौँ ।

क्लिष्टतालाई अब्वल कविताको मानक बनाइएको पनि पाईन्छ तर कवि उपेन्द्र सुब्बा सरल कविता लेखेरै सेलेब्रिटी भएका छन् । मनुका कविता पनि सरल छन् । अनाबस्यक लामा पनि छैनन । कुनै जटिल बिषयहरू पनि छैन । सामान्य पाठकहरूले पनि कविताको स्वाद लिन सक्छन् । अन्तमा, -मनु कन्दङ्वाले आफ्नो भनाइमा "मैले हिड्ने जीवनका हरेक बाटोहरूमा जे जति बिम्बहरू भेट्छु तिनै बिम्बहरूलाई टिपेर 'कविता' भन्दै उन्ने गरेकी छु ।" भन्नु भएको छ । प्रायः कविताहरू जीवनकै आरोह, अबरोह र परिवेशमा बगेका छन् तर बिम्ब प्रयोग भने कमजोर छ । बिम्ब प्रयोग एक काब्य कला हो जस्ले थोरैमा धेरै कुरा सम्प्रेषण गर्छ । उदाहरणार्थ कवि उमेश अकिन्चनको सानो कवितांश राख्न चाहन्छु "जोगवनी, यति पूँजीप्रेमी छ कि नीतिश कुमारका तस्विरहरू उतै लुकाएर लालु प्र.यादवका पोष्टरहरू नेपाल तर्फ पठाइरहन्छ ।"

कविता आख्यान नहोस त्यहाँ थोरैमा ब्रम्हाण्ड अटावोस तेस्तो कविता शक्तिशाली हुन्छ । केही सांस्कृतिक चर्चाहरू र देशभक्ति कवितामा पाइए पनि राजनैतीक चेतका कविताको कमी देखियो । कविताहरू मीठासपूर्ण र सरल छन तर बौध्दिक पाठकलाई बिचारोत्तेजक खुराक दिन नसकेको अबस्था चाहि छ । तेस्तै पुस्तक सामान्य भन्दा सानो आकारमा आएको छ । अहिलेको बजार अनुसार जाने हो भने पुस्तक आकार, कागजको गुणस्तर र सजावट पनि ध्यान दिनु पर्ने हुन्छ । बैनी मनुको कविताको त म पारखी नै हुँ । सधैँ राम्रा कविताहरू श्रृजना भइरहोस । शुभकामना ।

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

   
Column / स्तम्भ

    Random Pick
रमरम रातो देखिने
ब्ल्याक होलको बिरोधाभासी दुनियामा
म पाइतला टेकि रहुँ
मानौ -
मेरो अस्तित्व
तिम्रो छातीमा टाँसी रहोस
जहाँ -
मलाई मन परेको
एउटा आकाश छ
त्यहाँ तिम्रो प्रतिबिम्ब
नाची रहोस

    Statistics
Total Articles
668
Total Authors
229
Total Views
403742
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com