literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
11111
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 22, 2017 | Author : ईन्द्र थेगीम
Category : Poetry / कविता | Views : 590 | Rating :

  
ईन्द्र थेगीम

ओ कवि !

भावनामा हराउनलाई,

रुख, पात, लहरा झुलिरहेछ्न्

कविता मिलेको लेख्नलाई

गद्य, पद्य, छन्दहरू लहरमा छन्

गहन र भाष्ट भावना समेट्नलाई

नेपाली बाहेक लाखौं बिदेशी किताबहरू छन्

दाम छाडेर मात्र 'नाम' कमाउनलाई

रातारात किताब छापिने छापाखानाहरू छन्,

 

के पुगेन तिमीलाई ?

सामाजिक मुद्दा बनाउदा

तिम्रो आफ्नै घरको उदाहरण साक्षी छ

राजनैतिक उथल पुथल चर्किरहंदा

मधेसी, पहाडी पहिचानसंगै जनजाति छ

ब्यक्तिगत अनुभवलाई समेट्दा

दुस्ख कस्ट आफ्नै जिन्दगीमा लामो तांती छ

मायालु र सौर्न्दर्य भाब पस्किदा

बजार भरि कृतिम बस्तुहरू सुपथ मुल्यमा थांती छ,

 

ट्वां परेर कसलाई हेरिबस्छौ ?

ओ कवि ! के पुगेन तिमिलाई ?

आफुले टेकेको जमिनलाई महशुस गर

कविता भित्र कवि हराउ

या

कवि भित्र कवितालाई हराउ

बश-

स्वत: पोखिने भावहरू

आक्रोश र बिचल्लित मनहरू

कुन्ठित र तिरस्कृत आत्माहरू

तृष्णा र बितृष्णाहरू

जीवन र भोगाईहरू

सौर्न्दर्य र रोमान्सहरू

योवन र चाहनाहरू

स्वतन्त्र र बिकृतीहरू,

 

लेख्दै जाउ

लेख्दै जाउ

यो युगको तिमी 

 जिउँदो जाग्दो कवि बन्नेछौ।

 

(बिश्व कविता दिवश २०१७)

 





1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

   
Column / स्तम्भ

    Random Pick
भर्खरै मात्र "पाँचौ पोखरेली झ्याल" को सन्दर्भमा मितेरी सेवा समिति पोखरा, हङकङले कविता प्रतियोगिता आयोजना गर्र्यो । हुन त यस अघी पनि यस्तो प्रतियोगिता बर्सेनी जसो नेपाली साहित्य प्रतिष्ठानले नगरेको होइन, तर यो कार्यक्रम पहिलाको भन्दा यसकारणले भिन्न छ कि प्रथम त यस्को आयोजक आफैमा साहित्य संस्था होइन, दोस्रो निर्णायकहरू पनि स्थानीय होइनन् । नेपाली साहित्यमा सरूभक्त नाम चलेका कलमबाज हुन् भने प्रकट पगेनी र तीर्थ श्रेष्ठ नाम कमाएका कवि । ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
423559
Total Categories
16

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com