literature.bagaicha.com
Send us your Literature
Literature Home | Archives | Post Literature | Top Rated | Advance Search | Contact Us Welcome Guest ! Please Login or Register a new account for free.

    Main Categories
Editorial / सम्पादकीय
Interview / рдЕрдиреНрддрд░реНрд╡рд╛рд░реНрддрд╛
Poetry / कविता
Story / कथा
Essay / рдирд┐рдмрдиреНрдз
Drama / नाटक
Novel / рдЙрдкрдиреНрдпрд╛рд╕
Criticism / рд╕рдорд╛рд▓реЛрдЪрдирд╛
Article / लेख
Lyrics / рдЧреАрдд/рдЧрдЬрд▓
Memoir / рд╕рдВрд╕реНрдорд░рдг
New Talent / рдирд╡ рдкреНрд░рддрд┐рднрд╛
Review / рд╕рдорд┐рдХреНрд╖рд╛
English / рдЕрдВрдЧреНрд░реЗрдЬреА
Others / рд╡рд┐рд╡рд┐рдз

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
सम्पादकीय

परिवर्तित र गतिशिल समयसँगै जीवन जगत पनि परिवर्तनशिल र चलयमान हुँदै जानु साविक प्रक्रिया हुन् र त्यसै अनुरुप मानवीय जीवनका प्रत्येक गतिविधिहरूमा पनि परिवर्तन र गतिशिल बन्दै जानु स्वभाविक कुरा हुन् । यस प्रक्रियालाई विकासक्रम भनि बुझिदिए पनि हुन्छ । तसर्थ, हामीले पनि समयको माग र यसको गतिलाई पच्छ्याउँदै अगाडि बढ्नु पर्ने हुन्छ । यस कारण सृजनशिल साहित्य समाज हङकङ पनि समयको माग र गति अनुरुप अगाडि बढ्ने पक्षमा प्रयासरत रहि आएकोछ । उदारणार्थ- हिजो हामीले आफ्नो साहित्य गतिविधि र विचारलाई सृलनशील साहित्य अर्धवाषिर्क पत्रिकाको पि्रन्ट माध्येमबाट पाठक समक्ष पस्किदै आएकोमा दोश्रो अंक देखि विद्युतिय माध्यम -वेभ साईट) लाई आप्नायौं । अनलाईनमा प्रक्ष्येपण गरेएता करिव १ वर्षसम्म सृजनशील साहित्यलाई परिक्षणकालको रुपमा संचालन गरिएको र यस अवधिमा पाठकहरूको उल्लेखनीय उपस्थिति, सहयोग र सहभागिताले हामीलाई थप हौसला र उर्जा प्राप्त भएको छ र यसलाई अरु सुधार र परिमार्जन गर्दै शसक्त रुपमा अगाडि बढ्ने, बढ्ाउने प्रण गर्दछौं ।

सस्तो लोकपि्रयतालाई भन्दा स्तरीयतालाई मान्यता दिनु हाम्रो लक्ष्य र उद्देश्य हो, तथापि चाहेजस्तो स्तरीयता भने प्रदान गर्न सकिएको छैन, तर लक्ष्य प्राप्तिको निम्ति हामी निरन्तर प्रयासरत रहने छौं । सृजनशील साहित्यलाई अनलाईन मार्फत पाठक सामु पस्किने क्रममा केवल साहित्यलाई मात्र नअप्नाई वृहत रुपमा हरेक तह, क्षेत्र र जीवनका गतिविधिको सबै पाटोलाई समेटेर लैजाने अभिप्रायले विविध सामाग्री दस्ताकासाथ उपस्थित भएका हौं र हाम्रो वेभ साईट विविधताको सङ्गम भएको हुनाले यसको नामाकरण पनि (www.bagaicha.com) राखेका हौं । तर बगैंचामा कति फूल फुलाउन सकियो वा सकिएन त्यो चाहीँ तपाई सम्पूर्ण पाठकवर्गले भन्ने-सुझाउने कुरा हो र हामी तपाईहरूको प्रतिक्रिया, सुझाव सल्लाहको अपेक्षा गर्दै त्यसको हमेसा कदर गर्दै जानेछौं । स्तरियता भएकोले हो वा बढि लोकपि्रय भएको ले हो या त दुवै चरित्र समेटिएको कारणले हो, प्रक्ष्येपण गरेको ६ महिना नबित्दै अमेरिकाको ईण्डियाना देखि ह्याकरहरूको शिकार पनि बन्न पर्यो बगैंचा डट कमले । पछिल्ला दिनहरूमा पनि पटक पटक ह्याक गर्ने प्रयासहरू हुँदै आएका छन् र हामीले त्यसको प्रतिरोध गरिरहेका छौं । जीवनको सामान्य गतिविधिलाई पाठक र दर्शक सामु प्रवाह गर्ने एउटा साधरण वेभ साईट भनि ठानेको हाम्रो यो (बगैंचाडटकम) ह्याकरहरूको गिध्दे नजरमा पर्नुलाई हामीले एउटा उपलब्धि नै ठानेको छौं ।

धरै भन्दा धेरै सामग्रीलाई एउटै थलोमा अटाउन त्यति सजिलो छैन रहेछ र सबै सामाग्रीलाई होमपेजमा छरपष्ट पारेर राख्नु पनि अव्यवस्थित र स्तरहिन देखिन जाँदोरहेछ । तसर्थ, प्रत्येक सामाग्रीलाई विविध शिर्षकमा वर्गिकृत गरी व्यवस्थित रुपमा प्रस्तुत गरिएको हुनाले हाल चलनचल्तिमा आईरहेका अन्य वेभ साइटभन्दा बगैंचा डट कम अलि पृथक र बृहत हुनु स्वाभाविकै हो । वृहत र व्यवस्थित भएकै कारणले नै होला, कतिपय भिजिटरहरूले आफूले चाहेको र खोजेको सामाग्रीसम्म पुग्न असमर्थ भएको प्रतिक्रिया र गुनासाहरू आएरहेका छन् । यसको लागि हामी सम्पूर्ण आदरणीय पाठकवर्गलाई बगैंचा डटकममा प्रवेश गरेर सबैभन्दा पहिले होमपेजमा राखिएको शिर्षकहरूलाई छनौट गरेर आफूले हेर्न चाहेको सामाग्रीलाई क्रमवध्द रुपमा हेर्न सकिने कुरा पनि अवगत गराउँन चाहन्छौं । जस्तो- सृजनशील सहित्य पेजमा जानुपर्‍यो भने (Literature) मा क्लिक गरेपछि सृजनशील साहित्यको होमपेजमा प्रवेश गर्न सकिन्छ र त्यहाँ समावेश गरिएका सामाग्रीहरूलाई आफ्नो ईच्छा अनुसार सजिलै हेर्न सकिन्छ । त्यसैगरी अन्य विषयहरू पनि सन्बन्धित शिर्षकको होमपेजमा प्रवेश गरेपछि मात्र त्यहाँ समेटिएका विविध विषयवस्तु र सामाग्रीहरूलाई हेर्न सकिन्छ । यहि सुत्रलाई अप्नाएर आफूले चाहेको सामाग्रीलाई ग्रहण गर्न आग्रह गर्दै यस सम्बन्धि आफूलाई लागेको कुनै जिज्ञासा र सुझावहरू भएमा मेल मार्फत पठाईदिन अनुरोध गर्दछौं ।

अन्तमा, सृजनशील साहित्य समाज हङकङलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान दिनुहुने सम्पूर्ण पाठकवर्ग तथा आफ्नो लेख रचना पठाएर अमूल्य सहयोग गरिदिनुहुने सबै कवि, लेखक, समिक्षक, समालोचक श्रष्टाहरू र सिङ्गो बगैंचा डटकमलाई आ-आफ्नो स्थानबाट सहयोग गरिदिनु हुने सबैलाई धन्यवाद दिंदै निरन्तर सहयोग र सहभागिताको लागि अनुरोध गर्दछौं ।



   
Column / स्तम्भ

    Random Pick
рдореЗрд░реЛ рдкрд┐реНрд░рдп рдХрд╡рд┐, рдЖрджрд░рдгреАрдп рдХрд╡рд┐ рдмрд▓ рджрд╛рдЗ ред рдмрд▓ рджрд╛рдЗ рдЕрд░реНрдерд╛рддреН рдХреГрд╖реНрдгрднреВрд╖рдг рдмрд▓ ред рдирд╛рдо рд╕реБрдиреНрдиреЗ рдмрд┐рддреНрддрд┐рдХреИ рдо рд╢реНрд░рджреНрдзрд╛рд▓реЗ рдирддрдорд╕реНрддрдХ рд╣реБрдиреНрдЫреБ ред рддреАрд╕рдХреЛ рджрд╢рдХрдорд╛ рдЙрджрд╛рдЙрдиреБрднрдПрдХрд╛ рд╢рд┐рд╖реНрдЯ рддрд░ рд╡рд┐рд╢рд┐рд╖реНрдЯ рдХрд╡рд┐ рдмрд▓ рджрд╛рдЗрдХрд╛ рдХрд╡рд┐рддрд╛рд╣рд░реВ рдкрдвреЗрд░ рдореИрд▓реЗ рдзреЗрд░реИ рд╕рд┐рдХреЗрдХреЛ рдЫреБ ред рд░рд╛рдЬрдзрд╛рдиреАрджреЗрдЦрд┐ рдмрд╛рд╣рд┐рд░ рдореЛрдлрд╕рд▓рдорд╛ рд░рд╣реЗрд░ рдкрдирд┐ рдиреЗрдкрд╛рд▓реА рдХрд╛рд╡реНрдпрд┐рдХ рдХреНрд╖реЗрддреНрд░рдорд╛ рдЙрд╣рд╛рдБрд▓реЗ рдкреБрд░реНтАНрдпрд╛рдЙрдиреБрднрдПрдХреЛ рдЕрдВрд╢рджрд╛рди (Contribution) рдХреЛ рдмрдЦрд╛рди рдЧрд░реА рд╕рд╛рдзреНрдп рдЫреИрди ред ......

    Statistics
Total Articles
283
Total Authors
110
Total Views
40743
Total Categories
15

    Advertisement

  More Links
Mulbato dot com
Shrijana dot com
BlackLiterature dot com
NepaliKavita dot com

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2009 © www.literature.bagaicha.com