सम्पादकीय

Author : नरेश सुनुवार
Published on : October 23, 2008


  
नरेश सुनुवार
 
सृजनशील साहित्य समाज हङकङद्वारा प्रकाशित कृतिहरू मध्ये छैठौं कृतिको रूपमा सृजनशील साहित्य अर्धवार्षिक पत्रिकाको पहिलो अंक पाठक सामु पस्किने काम भैसकेको छ । सृजनशील साहित्यलाई नियमित प्रकाशित गर्दै जाने लक्ष्य रहेकोमा उक्त लक्ष्यलाई समयमा पूरा गर्न असमर्थ भयौं । यसप्रति पाठक सामु क्षमा याचना गर्दछौं । समयको तिब्र गति र हङकङको जटिल र व्यस्त परिवेशलाई समन्वय र व्यवस्थित गर्ने भरमग्दुर प्रयास गर्दागर्दै पनि समयले साथ दिएन । एउटा कारण त व्यस्तता नै हो, तर यही कारणले मात्र हामी कदापि रोकिने पक्षमा थिएनौं । हाम्रो यस पत्रिकाका योजनाकार मध्येका एक व्यक्तित्व तथा अंग्रेजी तर्फका सम्पादक कुलदीप सुनुवार इडिपसको असामयिक निधन हुनु पत्रिका अनियमित हुनुको अर्को कारण बन्न पुग्यो ।

कुलदीपको दुःखद निधनले सृजनशील साहित्य परिवारलाई दुःखी र विक्षिप्त त बनायो नै, त्यो भन्दा पनि उनी जस्ता उदियमान होनाहार नवप्रतिभाको निधनले सिङ्गो नेपाली साहित्यलाई नै ठूलो क्षति हुन पुगेको छ । यस दुःखद घडीमा उनको आत्मको चिर शान्तिको कामना गर्दै उनको नामबाट नेपाली साहित्य फाँटको विकासमा टेवा पुर्याउन सकिन्छ कि भन्ने उद्देश्य लिएर "स्व. कुलदीप सुनुवार स्मृति कोष" विधिवत स्थापना गर्नुको साथै www.kuldeeptrust.org.npवेभ साईट निर्माणतर्फ जुट्यौं । यसको अलवा देश सुब्बाको उपन्यास "आदिवासी" नरेश सुनुवारको "जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेकसेलेले" देवेन्द्र खेरेसको "रुङरीको बयान र नदी किनारा" गरी ३ थान कृतिहरू पनि यही अवधि भित्रै प्रकाशित गरेको छ । पत्रिका प्रकाशन नगरे तापनि सृजनशील साहित्य समाज हङकङले कुनै न कुनै रूपमा आफ्नो गतिलाई निरन्तरता दिई आएको छ, दिइरहने छ ।

प्रकाशित सृजनशील साहित्यको पहिलो दस्तामा नै समय सापेक्ष आवश्यक्ता हेरी भविष्यमा विद्युतीय माध्यमलाई पनि अपनाउन सकिने कुरा अवगत गराएका थियौं । सो अनुसार समय र परिस्थितिलाई मध्ये नजर राख्दै साइबर युगले गाँजेर आजको सिङ्गो भूगोललाई ग्लोबल भिलेजको सानो घेराभित्र सिमाङ्कृत गरेको अवस्थालाई स्विकार गर्दै हाल सृजनशील साहित्यलाई विद्युतीय माध्यम वेबमार्फत पाठकसम्म पुग्ने र पुर्याउने जमर्को गरेका हौं । यसो भन्दैमा सृजनशील साहित्यलाई प्रिन्ट प्रकाशनबाट बन्चित गराउन खोजिएको चाहिँ होइन । बरु व्यापक, सुगम र फराकिलो बनाउने चेष्टा हो । समय अनुकलता विचारेर भविष्यमा प्रिन्ट प्रकाशन गरिने कुरा पनि यसैमार्फत अवगत गराउँदछौं ।

स्वदेश लगायत विश्वमा छरिएर रहेका स्थापित लेखक, कवि, श्रष्टा र नवप्रतिभा लेखक, कवि, श्रष्टाहरूलाई एकै थलोमा समन्वय गराउँदै साहित्यप्रेमी पाठक समक्ष विविध साहित्य सामग्री पस्कनु र नेपाली साहित्यको स्तरलाई माथि उठाउनु हाम्रो मूल लक्ष्य हो । विषेश गरेर नेपथ्यमा रहेका, पिछडिएका, ��"झेलमा परेका प्रतिभाहरूलाई प्राथमिकताका साथ अवसर प्रदान गरी प्रोत्साहित गर्दै, सबैसँग समन्वय र सहकार्य गर्दै नेपाली साहित्यलाई वृहत र सशक्त बनाउनु नै सृजनशील साहित्यको ��"चित्य हो र त्यहि नै सृजनशील साहित्य पनि हो । यहाँहरूको सृजनात्मक सहयोग र निरन्तर सहभागिताको लागि अनुरोध गर्दर्छौं ।धन्यवाद ।

 

नरेश सुनुवार