गीत Author : कृष्णकला वनेम Published on : August 31, 2011 |
||||||
गीत-१ तिम्रो यादमा छाती दुख्छ त्यसै कताकता घाईते मुटु लिई खोज्छु तिमीलाई जताजता, बगी गयो सपना सबै मनको तरेलीमा बास लियो आशुले आँखाको यो परेलीमा नतोडीने बाचा भन्थ्यौ तोडी गयौ कताकता प्यासी नयन डुलाउछु हेर्दै तिमीलाई जताजता, झुल्किदैथ्यो माया हाम्रो उषा बनि बिहानीमा हेर्दहेर्दै डुबी गयो क्षितिज पारी सागरमा नछुटिने साथ भन्थ्यौ छुटी गयौ कताकता तिम्रै मायाको आभास पाउछु,हिड्छु जताजता । गीत-२ मिलन पछी बिछोड पनि रित नै हो भन्छन आशु पिई जिउनु पनि जित नै हो भन्छन, भेट भयो तिम्रो मेरो दुई नदीको सङ्गम जस्तो छुटि गयो साथ हाम्रो दिन अनि रात जस्तो बिहान पछी साझ पनि रित नै हो भन्छन आशु पिई जिउनु पनि जित नै हो भन्छन, माया रहेछ तिम्रो मेरो मुनामदन कथा जस्तो डुबि गयौ अन्धकारमा छोडि,छितीजको घाम जस्तो जन्मे पछी मर्नु पनि रित नै हो भन्छन आशु पिई जिउनु पनि जित नै हो भन्छन । |