गीत

Author : विराट किराती
Published on : March 05, 2016


  
विराट किराती

एकादेशको कथा जस्तै भयो हाम्रो माया     

कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ           

      

भन्ने गर्थेऊ तिम्रो म हुँ-म हुँ तिम्रै लागि

लैजाउ अनि जाउँ भन्थ्यौ सधैं भागी-भागी

अझै आउछौ निदरीमा मेरो दायाँ बायाँ

कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ

 

रुँदै हामी छुटेकाथ्योँ छोई देऊराली

बाँकी थियो अझै काटन उकाली-ओराली

गयौ तिमी टाढा-टाढा कस्ती मेरी साया

कैले चल्थ्यो आँधीहुरी कैले घामछायाँ

      

झापा